बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

साल्मोनेलोसिस भनेके के हो ?

मंगलबार, साउन १ २०८१
10 views
साल्मोनेलोसिस भनेके के हो ?

समाचार शेयर गर्नुहोस्

Share this news

साल्मोनेलोसिस भनेके के हो ?
यो सवै जनावर र मानिसमा लाग्ने रोग हो । यो धेरै मृत्युदर हुने सरुवा रोग हो । यस रोगका किटाणुले पशुहरूमा छेरौटी लगाउने, तुहाउने, थुनेलो गराउने आदि विभिन्न समस्या उत्पन्न गराउँछन् । यो रोग पशुबाट मानिसमा पनि लाग्दछ र रोग लागेमा पाचन प्रणाली सम्बन्धि समस्या देखिन्छ ।

साल्मोनेलोसिस कसरी सर्दछ ?
निम्न जातका किटाणुले साल्मोनेलोसिस सार्ने काम गर्दछ ।
गाई :  Salmonela typhimurium, Shalmonella dublin,
भेडाबाख्रा :  M Salmonella typhimurium, Salmonella dublin
बंगुर :  Salmonella typhimurium, Shalmonella cholera-suis
घोडा :  Salmonella typhimurium
कुखुरा : Salmonella pullorum, salmonella gallinarum, Salmonella
enteritidis 

यो रोग मानिसमा दुषित पानी, दुध र मासुको लसपस र संक्रमणबाट सर्दछ । यो रोगको बढी असर बंगुरको राम्ररी नपाकेको मासु र कुखुराको मासु र अण्डा सेवन गर्नाले हुन्छ । यसले मानिसमा  Food Poisoning गराउँदछ ।

यो रोग कसरी सर्दछ ?
- दुषित दानापानी, सोत्तर सामाग्री, त्यसमध्ये पनि दुषित पानीलाई रोग सर्ने प्रमुख माध्यम मानिन्छ ।

- रोगी पशुको गोबर÷पंक्षीको सुलीको लसपस निरोगी पशुको आहारा÷घाँसमा भएमा पनि रोग लाग्दछ ।
- रोगी कुखुराको फुल र मासु पनि रोग सार्ने प्रमुख माध्यम हो ।
- केहि पशुहरू कुनै कारण तनावग्रस्त वातावरणमा पुगेमा (जस्तैः आहाराको कमी, धेरै जाडो) बढि मात्रामा जीवाणुहरू शरीर बाहिर निस्कन्छन्र वातावरणलाई दुषित बनाउँदछन्। प्रदुषित वातावरणमा राखिएका अन्य पशुपंक्षी पनि यी जिवाणुबाट संक्रमित भै रोगी हुन्छन्।

यो रोगका लक्षणहरू : 
- रोगी पशुहरूमा दानापानी नखाने, झोक्राउने, दुब्लाउदै जाने र ज्वरो आउने हुन्छ ।
- रोगी पशुमा शुरुमा कब्जियत हुन्छ र पछि पखाला लाग्ने गर्दछ ।
- यो रोगबाट प्रभावित बाच्छा÷पाडाहरूले दुर्गन्धयुक्त सेतो र पहेंलो मिसिएको पातलो दिशा गर्दछन्। कहिलेकाहीं रगत मिसिएको पखाला पनि गर्न सक्दछन्।
- बाख्रामा भर्खरै जन्मेका पाठापाठीहरूले रोगको खासै लक्षण नदेखाइकन झोक्राउदै ३६ घण्टाभित्र मर्न सक्दछन्।
- २ हप्तादेखि ८ हप्ता उमेरका पाठापाठीमा यो रोग लागेमा पशुहरू झोक्रिने, दानापानी नखाने र एकदमै गन्हाउने छेरौटी लाग्ने र छेरौटी लागेको १–२ दिनमै मर्न सक्दछन्।
- गर्भ तुहिने ।
- बिरामी पशुको मृत्युदर बढि हुन सक्छ ।

- कुखुराहरूमा यो रोगले ७ देखि १३ हप्तासम्मका र खासगरी ३ हप्तासम्मका चल्लाहरू मा बढि नोक्सानी पु¥याउँछ ।
- चल्लाहरू अचानक मर्ने, दानापानी नखाने, झोक्राउने, एकै ठाउँमा बस्ने, पातलो दिशा गर्ने गर्दछन्।
- रोगी कुखुराको मलद्धार नजिक सेतो लस्सा जस्तो पातलो दिशा टाँसिएको हुन्छ ।
- मरेको कुखुराको कलेजोमा सेता–सेता थोप्ला हुनुको साथै मुटुको चारैतिरको झिल्ली सुन्निएको हुन्छ ।
- यो रोग लागेर बाँचेमा  को काम गर्दछ ।
- मृत्युदर ४०–५० प्रतिशतसम्म हुन सक्दछ ।
- बंगुरमा यो रोग लागेमा झोक्राउने, उच्च ज्वरो तथा २४ देखि ४८ घण्टामा मर्ने गर्दछन्।

यो रोगको निदान
- रगत र दिशाको कल्चर
- सिरोलोजिकल टेस्ट

यो रोगको उपचार
-  बायोट्रिम÷सल्कोप्रिम÷ओरिप्रिम बोलस आदि ग्रुपका औषधिको प्रयोग गर्न सकिन्छ ।
- पुनरजलीय उपचार पनि गर्नु पर्दछ । नजिकैको भेटेरिनरीमा सम्पर्क राख्नु पर्दछ ।
-  अन्यत्रबाट पशु किनेर आफ्नो हुलमा मिसाउँदा पशुहरू राम्ररी परीक्षण गरेर मात्र मिसाउने गर्नु पर्दछ ।
- सरसफाइमा ध्यान दिने गर्नु पर्दछ र जैविक सुरक्षामा बढि ध्यान दिनु पर्दछ ।
-  शंकास्पद रोगी पशुहरूलाई हटाउने गर्नुपर्दछ ।
-  मानिसमा यो रोग लाग्न नदिन ब्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ । साथै दिशा पिसावबाट प्रदुषित भएको र हुन सक्ने खानेकुरा तथा पानी खानु हुँदैन । कुनै पनि खानेकुरा राम्ररी उमाली सफा पानीले धोएर पखालेको भाँडाकुडामा मात्र खानुपर्दछ र बासी तथा सडेगलेका खानेकुरा नखाने ।

Source : 

 

थप समाचार