ह्याचरी मेसिनबाट चल्ला निकाल्दा यदि फुल संक्रमित भएमा ह्याचरी लगायत चल्ला वितरण गरिने
सबै ठाउँहरू समेत संक्रमित हुने भएकाले चल्ला राख्नु भन्दा अघि माऊको बारेमा पनि जानकारी लिनु
आवश्यक हुन्छ । किनकी ह्याचरीमा एकै ठाउँबाट नभएर विभिन्न ठाउँबाट फुलहरू जम्मा गरेर चल्ला
निकाल्ने विकसित देशहरुमा साधारण भईसकेको छ । अमेरिकामा पनि ह्याचरीहरूले अर्काको फुललाई नै ह्याचरीमा प्रयोग गरेको पाईन्छ । फुललाई मेसिनमा राख्नु अगाडि त्यसको बारेमा बिस्तृत जानकारी लिनु पर्ने हुन्छ । जस्तै माऊको उमेर, जाती, ह्याचिङ मेसिनको व्यवस्थापन, फुल ढुवानी प्रकृया, ढुवानीका लागि प्रयोग गरिएका साधनहरू र त्यसको अवस्था, कहाँ–कतीबेला, कसरी ढुवानी गरिएको आदि ।
ह्याचरीबाट कसरी रोग सर्न सक्दछ :
यदि माऊबाट चल्लामा सर्ने रोगहरू माऊलाई लागेको भए त्यस्ता माऊबाट निस्केका फुलहरूको माध्यमबाट ह्याचरीमा आउँछन् र ह्याचरीबाट ती रोगहरू चल्ला सँगसँगै विभिन्न फार्महरूमा फैलन जान्छ । यसरी माऊमा भएको रोग ह्याचरीको कारण सर्ने भएकाले यी रोगहरू माऊमा लागेको हुनुहुँदैंन ।
फुलको माध्यमबाट माऊबाट चल्लामा सर्ने रोगहरू :
जीवाणुबाट :
सालमोनेला पुलोरम, सालमोनेला ग्यालिनेरम (कुखुराको टाफाईड), सालमोनेला ईन्टेराईटिस, सालमोनेला टाईफिमोरम, माईकोप्लाज्मा ग्यालिसेप्टिकम (क्रोनिक रेस्पिरेटोरी डिजिज), माईकोप्लाज्मा साईनोभी आदि ।
जिवाणुबाट :
ईपिडेमिक टरेमर, कुखुराले फुल घटाउने रोग (ई.डि.एस) रियो भाईरसबाट हुने जोर्नी सम्बन्धी रोग । एभिएन लिउकोसिस भाईरस, चिकन एनिमिया भाईरस । यी माथीका मध्ये कुनै पनि रोग रोकथाम गर्न र, फुलको माध्यमबाट सर्ने रोगहरूलाई रोकथाम गर्न प्यारेन्ट कुखुरामा नै निर्मुल गर्नुपर्ने हुन्छ । कुखुराको खोरमा राम्रोसँग स्वस्थ्य र स्वच्छ वातावरण बनाउन सकेको अवस्थामा रोग घटाउन सकिन्छ । उच्चस्तरीय जैविक सुरक्षाका साथै प्यारेन्टलाई दिनु पर्ने खोपहरू सिफारिस गरे अनुसार दिईएको हुनुपर्दछ । यी सबै प्रकृया राम्रोसँग अपनाएको अवस्थामा रोकथाम धेरैे हदसम्म गर्न सकिन्छ । बेला बेलामा रोगको अवस्था हेर्न रगत, सुलीको नमूना, मलद्वारबाट नमूना लिइ प्रयोगशाला मा पठाई परिक्षण गर्न सकिन्छ ।
चल्ला काढ्ने फुलको बाहिरी खोलको संक्रमण :
चल्ला काढ्ने फुलको बाहिरी आवरण सफा हुनुअति जरुरी हुन्छ किनकी फुलको आवरण फोहोर भएमा मेसिनमा राखेको अवस्थामा पनि संक्रमण हुन सक्दछ । त्यसैले भूईंमा पारेको फुल, खोरको सरसफाई, फुललाई राख्ने वा त्यसमा पनि फुल चकिर्ने वा अन्य समस्या, बाहिरी आवरणको गुणस्तर, फुललाई स्तर निर्धारण गर्ने तरिका, फुललाई धुने तरिका, निसंक्रमण गर्ने तरिका, फुल राख्ने ट्रे, ट्रली, फुलहरू ह्याचरमा राख्ने टोकरी, ह्याचरहरु, सेटरहरू तथा ढुवानीका लागि प्रयोग गरिने ट्रकहरु आदिमा पनि विशेष ध्यान दिनुपर्दछ । यिनीहरुबाट पनि फुल तथा चल्लामा विभिन्न रोगहरुको संक्रमण हुन सक्दछ ।
फुलको बाहिरी आवरणमा प्रशस्त मात्रामा प्वालहरू हुने भएकाले पनि यी सबै तरीकाबाट फुल संक्रमण हुन सक्दछ । फुलको आवरणबाट संक्रमण गर्न सक्ने मुख्य जीवाणुहरू सिउडोमोनाज, प्रोटियन, एस्परजिलस (ढुसी), ई. कोलाई हुन् । ह्याचरीमा एउटा भ्रुणको विकासको साथ साथै विभिन्न थरीका जीवाणु तथा ढुसीको लागि हुर्कने र विकास हुने राम्रो वातावरण हुने हुन्छ । फुल भित्र कुहिने र विषादी उत्पादन गर्ने जीवाणु हुन्छन् जसलाई कृतिम तरिकाबाट पनि प्रयोगशालामा कल्चर गर्दा पनि छुट्याउन गाह्रो हुन्छ । ग्यास उत्पादन गर्ने जीवाणुहरूले फुल भित्र ग्यास उत्पादन गर्न थाल्दछन् जसको कारण फुल ह्याचरीमेसिन भित्रनै फुट्दछ र चारैतिर जीवाणु फैलिएर जान्छ । साधारण भाषामा भनीने फुल नपच्ने वा चल्ला निस्कनु अघि वा पछि हुने नाभीको संक्रमण, ढुसीबाट हुने संक्रमण वा बु्रडर निमोनिया हो । एक दिने चल्लामा देखिने स्वास प्रस्वास सम्बन्धी समस्याहरू
खासगरी फुलको माध्यमबाट चल्लामा आउँदछ ।
ह्याचरीमा एक दिने चल्लामा दिन सकिने खोपहरु :
ह्याचरी भनेको फुल भण्डारण गर्ने, भ्रुण विकास गर्ने र भ्रुणबाट चल्ला निकाल्ने ठाउँ हो । ह्याचरीमा खोप दिन उपयुक्त हुन्छ हँुदैन त्यो हामी आफै वा हयाचरी धनीले बुझ्ने कुरा हो । ह्याचरीमा फुललाई उचित ३७.८ डिग्री सेन्टिग्रेट तामक्रम दिइ १ देखि २१ दिनसम्म राखिन्छ । २१ दिन पछि चल्ला निस्कन्छ जसलाई एक दिने चल्ला भनिन्छ । खासगरी ह्याचरीमा जीवित विषाणुको चल खेल गर्न उचित हुँदैन । तर एक दिने चल्लामा खोप दिनका लागि यो भन्दा उचित ठाउँ
उपलब्ध हुन गाह्रो हुन्छ ।
किनकी एक दिने चल्लालाई तुरुन्तै बिक्री वितरण गर्नु पर्ने हुनाले अन्य ठाउँमा लैजान उचित हुँदैन । ह्याचरीमा नै खोप दिन वैज्ञानिक दृष्टिकोणबाट उपयुक्त नभए पनि संसारभरि नै यहि चलन चली आएको छ । एक दिने चल्लामा मरेक्स, ईस्फेक्सियस ब्रोन्काईटिस र रानीखेत रोग सम्बन्धी खोप पनि दिन सकिन्छ । थप दिन सकिने खोपहरू गम्बोरो, रियो भाईरस, कक्सिडियोसीस, कुखुराको
बिफर आदि हुन् । कुखुराको बिफर पखेटामा दिन सकिन्छ र अन्य सबै खोप सुई, आँखामा थोपा–थोपा गरेर, छर्केर दिन सकिन्छ ।
खोप दिंदा त्यसलाई दिने तरिकाको पूर्ण जानकारी हुनु पर्दछ । कसरी वा कुन तरिकाबाट खोप दिने आदिको जानकारी हुनुका साथै एकदमै होसीयार हुनुपर्दछ । किनकी छाला मुनी भनेको भए छाला मुनी नै र मासुमा भनेको भए मासुमानै पर्ने गरी खोप दिनु पर्ने हुन्छ । नभए खोपले काम गर्न नसक्ने हुन्छ । छर्केर दिने खोपका लागि प्रयोग गरिने उपकरणहरू हाते स्प्रे, नापसाक स्वचालीत स्पे्र, यी सबै उपकरणहरूमा विभिन्न थरीको खोपलाई प्रयोग गर्न सकिन्छ । यसरी एक दिने चल्लालाई स्याहार गर्न सकिन्छ ।
यी सबै माथि भनिएका कुराहरूको अनुसरण गरेको अवस्थामा स्वच्छ एक दिने चल्ला उत्पादन गर्न सकिन्छ ।ह्याचरी मेसिनबाट चल्ला निकाल्दा यदि फुल संक्रमित भएमा ह्याचरी लगायत चल्ला वितरण गरिने सबै ठाउँहरू समेत संक्रमित हुने भएकाले चल्ला राख्नु भन्दा अघि माऊको बारेमा पनि जानकारी लिनु आवश्यक हुन्छ । किनकी ह्याचरीमा एकै ठाउँबाट नभएर विभिन्न ठाउँबाट फुलहरू जम्मा गरेर चल्ला निकाल्ने विकसित देशहरुमा साधारण भईसकेको छ । अमेरिकामा पनि ह्याचरी हरू ले अर्काको फुललाई नै ह्याचरीमा प्रयोग गरेको पाईन्छ । फुललाई मेसिनमा राख्नु अगाडि त्यसको बारेमा बिस्तृत जानकारी लिनु पर्ने हुन्छ । जस्तै माऊको उमेर, जाती, ह्याचिङ मेसिनको व्यवस्थापन, फुल ढुवानी प्रकृया, ढुवानीका लागि प्रयोग गरिएका साधनहरू र त्यसको अवस्था, कहाँ–कतीबेला, कसरी ढुवानी गरिएको आदि ।
ह्याचरीबाट कसरी रोग सर्न सक्दछ यदि माऊबाट चल्लामा सर्ने रोगहरू माऊलाई लागेको
भए त्यस्ता माऊबाट निस्केका फुलहरूको माध्यमबाट ह्याचरीमा आउँछन् र ह्याचरीबाट ती रोगहरू चल्ला सँगसँगै विभिन्न फार्महरूमा फैलन जान्छ । यसरी माऊमा भएको रोग ह्याचरीको कारण सर्ने भएकाले यी रोगहरू माऊमा लागेको हुनुहुँदैंन ।
ह्याचरीमा एक दिने चल्लामा दिन सकिने खोपहरु :
ह्याचरी भनेको फुल भण्डारण गर्ने, भ्रुण विकास गर्ने र भ्रुणबाट चल्ला निकाल्ने ठाउँ हो । ह्याचरीमा खोप दिन उपयुक्त हुन्छ हँदैन त्यो हामी आफै वा हयाचरी धनीले बुझ्ने कुरा हो । ह्याचरीमा फुललाई उचित ३७.८ डिग्री सेन्टिग्रेट तामक्रम दिइ १ देखि २१ दिनसम्म राखिन्छ । २१ दिन पछि चल्ला निस्कन्छ जसलाई एक दिने चल्ला भनिन्छ । खासगरी ह्याचरीमा जीवित विषाणुको चल खेल गर्न उचित हुँदैन । तर एक दिने चल्लामा खोप दिनका लागि यो भन्दा उचित ठाउँ उपलब्ध हुन गाह्रो हुन्छ । किनकी एक दिने चल्लालाई तुरुन्तै बिक्री वितरण गर्नु पर्ने हुनाले अन्य ठाउँमा लैजान उचित हुँदैन । ह्याचरीमा नै खोप दिन वैज्ञानिक दृष्टिकोणबाट उपयुक्त नभए पनि संसारभरि नै यहि चलन चली आएको छ ।
एक दिने चल्लामा मरेक्स, ईस्फेक्सियस ब्रोन्काईटिस र रानीखेत रोग सम्बन्धी खोप पनि दिन सकिन्छ । थप दिन सकिने खोपहरू गम्बोरो, रियो भाईरस, कक्सिडियोसीस, कुखुराको बिफर आदि हुन् । कुखुराको बिफर पखेटामा दिन सकिन्छ र अन्य सबै खोप सुई, आँखामा थोपा–थोपा गरेर, छर्केर दिन सकिन्छ । खोप दिंदा त्यसलाई दिने तरिकाको पूर्ण जानकारी हुनु पर्दछ । कसरी वा कुन तरिकाबाट खोप दिने आदिको जानकारी हुनुका साथै एकदमै होसीयार हुनुपर्दछ । किनकी छाला मुनी भनेको भए छाला मुनी नै र मासुमा भनेको भए मासुमानै पर्ने गरी खोप दिनु पर्नेहुन्छ । नभए खोपले काम गर्न नसक्ने हुन्छ ।
छर्केर दिने खोपका लागि प्रयोग गरिने उपकरणहरू :
हाते स्प्रे, नापसाक स्वचालीत स्पे्र, यी सबै उपकरणहरूमा विभिन्न थरीको खोपलाई प्रयोग गर्न सकिन्छ । यसरी एक दिने चल्लालाई स्याहार गर्न सकिन्छ । यी सबै माथि भनिएका कुराहरूको अनुसरण गरेको अवस्थामा स्वच्छ एक दिने चल्ला उत्पादन गर्न सकिन्छ ।
डा. करुणा शर्मा
Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन ( कृषि चौमासीक )