बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पोषिलो घाँस इपिल इपिल

शुक्रबार, साउन ४ २०८१
7 views
पोषिलो घाँस इपिल इपिल

समाचार शेयर गर्नुहोस्

Share this news

 परिचय : 

बाह्रै महिना हरियो रहिरहने भएता पनि वर्षायाममा बढी मौलाउने बहुवर्षीय कोशे जातीको बहुउद्देशीय रुखहरु मध्ये इपिल इपिल सबैभन्दा महत्वपूर्ण र पोषिलो कोशे घाँस बाली हो। सन् १९८० को दशकतिर आक्रमण गरेको सिलिङ कीराको प्रकोप अब घट्‌दै गएकोले कीराको प्रकोपको चिन्ता नभएकोले हाम्रो देशको लागि अन्यन्तै राम्रो संभावना देखिन्छ ।

 साधारणतया अन्य घाँसहरु केही वर्षायाममा मात्र हुने र केही हिउँदमा मात्र हुने तर इपिल इपिल वाहै महिना हरियो भई उत्पादन लिन सकिने भएकोले पनि यसको महत्व बढी देखिन्छ । हालसम्म विश्वमा २२ जातको इपिल इपिलको जानकारी भइसकेको छ। यी मध्ये सबैभन्दा बढी जनावरहरुले रुचाउने र पोषणतत्व बढी भएको जात ल्यूकोसेफला (leucocephala) मानिन्छ । इपिल इपिलको जरा जमिन भित्र गहिरोसम्म जाने हुनाले सुख्खा याममा पनि हरियो भईरहन्छ । हाम्रो देशमा यसको खेती मध्य पहाड र तराईमा हुने भएकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई र मध्य पहाडमा फैलिएको छ।

उत्पति : 

यसको उत्पति मेक्सीको  मा भएको हो। मेक्सीकोमा उत्पति भई संसारभरका गरम हावापानीका भएका देशहरुमा फैलिसकेको छ । कतिपय गर्मी देशहरुमा त स्थायी ( त्वतगचवष्किभम) समेत भइसकेको छ । ल्यूकिना न्यूकोसेफलालाई अस्ट्रेलियामा ल्यूकिना (Leucaena), फिजीमा भैमै (VaiVai), फिलिपिन्स र नेपालमा इपिल इपिल (Ipil Ipil), कोलम्बीयामा वेलारोसा (Bellarosa) र क्यूबामा अरोमा वाल्न्को (Aroma Blanco) भन्ने नामले चिनिन्छ ।

हावापानी : 

यो गरम हावापानीमा हुने जात हो । यसको खेती तराइदेखि मध्य पहाडको १५०० मिटरसम्मको उचाईमा राम्रो हुन्छ । चिसो हावापानीमा राम्रोसंग फस्टाउन सक्दैन । यो घाँसले तुषारो खप्न नसक्ने हुनाले बढी तुषारो पर्ने स्थानमा हाँगा तथा टुप्पा मर्ने गर्दछ । तर पछि पलाएर आउँदछ । २२ देखि ३०० सेन्टिग्रेड तापक्रम यसको वृद्धिको लागि उपयुक्त हुन्छ। वार्षिक ७५० मिलीमिटर भन्दा बढी पानी पर्ने स्थानमा यो घाँस राम्रो फस्टाउने गर्दछ । यो घाँसले सुख्खा राम्रो खप्न सक्दछ भने पानी जम्ने स्थानमा यो हुँदैन ।

माटो : 

यो घाँस लगा उन खासै राम्रो माटोको आवश्यकता पर्दैन । तर पानीको निकास हुनु जरुरी छ। धेरै अम्लीय माटोमा यो राम्रोसंग हुर्कन सक्दैन ।

जग्गा  तयारी तथा लगाउने तरीका : 

यसलाई दुई तरीकाले लगाउन सकिन्छ । सिधै बीउ छर्ने वा नर्सरी बनाएर विरुवा सार्ने । बीउ छर्नु भन्दा अगाडि बीउलाई उम्लिएको पानीमा डुवाएर तुरुन्तै झिक्ने र छाहारीमा सुक्न दिने गर्दा बीउको सुषुप्तपन हराएर जान्छ र बीउ चाँडै उम्रन्छ । सोझै बीउ छर्दा प्रति १ मिटर दूरीमा १० वटा बीउ छर्ने । नर्सरीबाट विरुवा सादी विरुवा उखेली पात हटाएर सार्ने । पोलीथिनको थैलोमा विरुवा उमारी रहनु पर्दैन । आवश्यक विरुवाको लागि फागुनको शुरुतिर नर्सरी स्थापना गर्ने र वर्षादको शुरुवातमा अग्लो भएको विरुवा सार्ने गर्नुपर्छ । बीउ सिधै बारीमा छर्ने हो भने जेठको अन्त्य वा असारको शुरुमा बीउ छर्नु पर्दछ। विरुवा रोपेको पहिलो वर्षको शुरुमा गोडमेल तथा विरुवाको सुरक्षा गर्नु पर्दछ । यस घाँसलाई हेज रोको रुपमा विकास गर्नु उत्तम हुन्छ ।

घाँस उत्पादन : 

इपिल इपिललाई ठूलो रुख बनाएर राख्नु हुँदैन । यसलाई जमिनबाट अलिकति माथि काट्‌ने गर्नु पर्दछ र चाँडो चाँडो काट्‌ने गरेमा राम्रो गुणस्तरीय घाँस उपलब्ध हुन्छ । साधारणतया वर्षायाममा प्रत्येक दुई महिनामा एक पटक काट्‌दा उचित हुन्छ । ढिलो गरेर काट्‌ने गरेमा वा रुख बनाएमा घाँस उत्पादन कम हुन्छ। काट्यो भने अति राम्रोसंग पलाउने गर्दछ तर भाच्यो भने राम्रोसंग पलाउँदैन । यो घाँस उग्राउने पशुहरुको लागि अति पोषिलो मानिन्छ । यसबाट वर्षेभरी हरियो घाँस उत्पादन गर्न सकिन्छ तर हिउँदा भन्दा वर्षायाममा बढी उत्पादन हुन्छ ।

जातहरू : 

हालसम्म विश्वमा २२ जातका इपिल इपिल (Leucaena) को विकास भईसकेको छ। तर ती मध्ये मुख्य मुख्य यी हुन् । L. collinsii, L.confertiflora, L.cuspidata, L.diversifolia, L. esculenta. L. greggii, L. involucrata, L. lanceolata, L. lempirana.. L. leucocephal, L.macrophylla L.magnifica, L.pulverulenta, L.multicapitula, L. pallida, L.pueblana, L.retusa, L.salvadorensis, L.shannonii, L.trichanadra, L.trichodes. L.matudae
[4:34 PM, 7/19/2024] Krishi Gyan:

इपिलका समस्याहरू : 

मिमोसीन : 

यो विषालु एमिनो एसीड हो जसले इपिल इपिललाई जोडदार रुपमा विश्वमा फैलाउन रोकेको थियो । तर यसको समस्या उग्राउने जनावरमा त्यति नहुने भएको र इपिल इपिलमा खाने बानी परिसकेका जनावरहरुलाई यसको समस्या नहुने भएकाले हालका वर्षहरुमा यसलाई समस्या रुपमा लिइएको छैन ।

सिलिड : 

यो एउटा हरियो रङ्गङ्गको सानो किरा हो । यसले इपिल इपिलको पालुवालाई नष्ट गर्दछ । यसको आक्रमण सन् १९९० को दशकमा विश्वमा असाध्यै चर्को थियो तर आजकल प्राकृतिक रुपमा यसको संख्या घट्‌दै गइरहेकोले यसलाई समस्याको रुपमा लिइएको छैन ।

पोषण तत्व र पाचनशीलता

यो घाँस जनावरको लागि असाध्यै मिठो घाँस हो। प्रोटिनको हिसाबले यो घाँस असाध्यै महत्वपूर्ण छ । यसमा सुख्खा पदार्थको हिसाबमा २५ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ । साथै यसको पाचनशीलता ७५-८५ प्रतिशतसम्म हुन्छ । इपिल इपिललाई पौष्टिकताको दृष्टिकोणबाट लुसंन घाँससंग तुलना

whis whis.JPG
ATIC 

 गर्दा यो लुर्सन जत्तिकै पोषिलो भएको पाइयो । ईपिईपिल र लुर्सनको पातमा पाइने पौष्टिकताको तुलना सन्दर्भ सामाग्री १. घाँस तथा घाँसे बाली विकास पुस्तिका, TLDP-2057 २. Skerman, P.J., Tropical Forage legumes ३. Humphreys, L.R. and Partridge Ij, Better Pastures for the Tropics and Subtropics.

- पकाश चन्द्र तारा 

Source : 

थप समाचार