बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पशुहरूमा लाग्ने किर्ना, तथा जुम्रा को उपचार र रोकथाम

आइतबार, साउन ६ २०८१
101 views
पशुहरूमा लाग्ने  किर्ना, तथा जुम्रा  को   उपचार  र  रोकथाम

समाचार शेयर गर्नुहोस्

Share this news

कृषकहरूले पालेको पशुहरूमा किर्ना, तथा जुम्रा लाग्ने एक प्रमुख समस्या हो । कुनै–कुनै जुम्रा,
किर्नाहरू नाँगो आँखाले प्रष्ट देखिने हुन्छ भने कुनै  अति साना हुन्छ, जुन कि नाँगो आँखाले नदेखिने
खालका हुन्छन् ।

यसबाट प्रभावित पशुहरूको मृत्यु चाँडै नभए पनि उत्पादनमा निकै कमी आउँछ । गोठ, खोरहरूको सरसफाईमा ध्यान नपु¥याएको कारणले किर्ना, तथा जुम्रा उत्पन्न गर्ने किटाणुहरू को वृद्धि हुन्छ । कृषकहरूले जुम्रा, तथा किर्नाको औषधी प्रयोग गरिसकेपछि पनि पुनः केही दिनमा नै किटाणुको आक्रमण हुन्छ तर यसको कारणबारे कृषकहरू अनभिग्ज्ञ रहेको देखिएको छ ।

यसको कारण के हो भने कृषकहरूले पशुको शरीरको किटाणुहरूलाई मात्र मार्ने औषधी प्रयोग गर्ने गरेका हुन्छन् तर फोहरको कारण नाँगो आँखाले नदेखिने किटाणुका अण्डाहरू गोठ÷खोरको भित्ता, छाना, ढोकाको चेपमा रही नै रहन्छन् र केही दिनमा अण्डाबाट बच्चा भई पुनः पशुको जिउभरी फैलिन्छन् ।

लक्षण : 

- रौ नभएको ठाउँमा प्रशस्त मात्रामा किर्ना देखिने ।

- चिलाई रहने कारणले पशु अशान्त रहने ।

- ठाउँ ठाउँमा रातो रातो थोप्ला देखिने ।

- गोठको भित्ता, किलामा जिउ दल्ने ।

- रौहरू झर्ने ।

- दुब्लाउदँै जाने ।

उपचार : 
- हातले टिप्न सकिने टिपेर मट्टीतेलमा हाली मार्ने ।

- २०० ग्राम खाने नुन ४ लिटर पानीमा घोली जिउमा राम्ररी दलिदिने ।

- १०० एम.एल. तारपिनको तेलमा १० ग्राम कपुर राखेर

-तताउने र चिसो भएपछि जिउमा दलिदिने ।

-५० एम.एल.नरिवलको तेल १०० ग्राम गन्धक तथा ५० ग्राम अदुवालाई पिनेर मिसाउने र त्यसलाई
तताउने अनि सेलाएपछि पशुको जिउभरी लगाइदिने ।
- ३०० ग्राम सुकेको सूर्तिको पातलाई १ लि. पानीमा भिजाउने र त्यसमा १५ ग्राम नुन हाली १०
घण्टा पछि छानेर झोल निकाल्ने र जिउमा लगाइदिने ।

- ३० ग्राम सुकेको बकाइनोको बीउलाई पानीसित राम्ररी पिन्ने र तयार पारेको लेदोलाई जिउमा
दलिदिने ।

-नरीवल आगोमा पोली धुलो बनाई नरीवलको तेलमा मिसाउने र जिउमा दलिदिने ।

-१ के.जी. सूर्तिको पात र ५०० ग्राम निमको पातलाई कुटेर आधा लिटर पानीमा ३÷४ घण्टा
भिजाउने र जिउमा दलिदिने ।

-लेख्ने चकको धूलो ५० ग्राम, नुन ५० ग्राम १०० एम.एल.साबुन पानीको झोलमा घोली जिउमा
दलिदिने ।

रोकथाम : 
- माथि उल्लेखित औषधीहरू मध्ये कुनै एक औषधी प्रयोग गरेकै दिन पशुको गोठ, खोरको भित्ता,
छाना, गोठको बाहिर वरीपरी किर्ना मार्ने औषधी राम्ररी छरेर मात्र पशुलाई गोठमा बाँध्ने ।
- गोठ ÷खोरको नियमित सरसफाई गरिरहने ।
- पशुहरूलाई प्रत्येक दिन नुन खुवाउने ।
- गोठ नजिक कुखुरा वा हाँस पालन गरी किर्नाहरू
- खान दिने व्यवस्थालाई प्रोत्साहन गर्ने ।
- कीरा धपाउन गोठ नजिक निमको रूख  लगाउने ।
- पशुलाई नियमित नुहाइदिइ सफा राख्ने ।
- पशुको जिउमा जुम्रा भएको स्थानको रांै काटेर फाल्ने ।


संदर्भ सामाग्री  : एशिया महादेशमा परम्परागत पशु चिकित्सक पद्धति बारे जानकारी मूलक पुस्तिका प्रथम नेपाली संस्करणः २०५५, हेफर प्रोजेक्टर ईन्टरनेशनल, नेपाल कार्यक्रम ।

सम्बन्धित विषय

थप समाचार