बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बाख्राको खोर, आहारा व्यवस्थापन र दानापानी दिने भाँडाहरूको सरसफाइ

सोमबार, साउन ७ २०८१
8 views
बाख्राको खोर, आहारा व्यवस्थापन र दानापानी दिने भाँडाहरूको सरसफाइ

समाचार शेयर गर्नुहोस्

Share this news

नेपाली पशुपालक कृषकहरूले बाख्रा पाल्ने गोठको सुधारमा कम ध्यान दिएको पाइएको छ । नेपालका गाउँघरका किसानहरूले बाख्रा पालन गर्दा परम्परागत तरिकाले खोर (गोठ) बनाई बाख्रा पालन गर्ने चलन छ जसअनुसार बाख्रा पालन गर्ने खोर पुरानो, घाम नलाग्ने र ओसिलो हुन्छ र त्यसमा रहेको मल पनि चिसो हुन्छ ।

त्यस्तो ठाउँमा सुक्ष्म जीव र जुकाका अण्डाहरू राम्रोसँग बाँच्ने, मौलाउने मौका पाउँछन् र बाख्राहरूलाई हानि पुर्याउछन्  । त्यसैले बाख्राको खोर र दानापानी दिने भाँडाहरू सफा, सुख्खा तथा स्वस्थ्य राखेमा बाख्राको स्वास्थ्य सम्बन्धी धेरै समस्याहरू रोक्न सकिन्छ । यसै प्रसंगसँग एउटा भनाई छ कि ‘रोग लागिसकेपछि उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु राम्रो  । त्यसैले खोर (गोठ) निर्माण गर्नुभन्दा पहिले नै त्यसको लागि आवश्यक उपयुक्त ठाउँ छनौट गर्नु पर्दछ ।

बाख्राको ठाउँ छनौट गर्दा निम्न कुाराहरूमा ध्यान पुर्याउन  आवश्यक देखिन्छः
- गोठ र चरन अग्लो पारीलो पूर्वी मोहडा भएको र पानीको निकास भएको ठाउँमा हुनुपर्दछ ।
गोठ बनाउने ठाउँ प्रदुषणबाट मुक्त हुनुपर्दछ ।

- चरन ठाउँ अक्सर आलोपालो गर्नुपर्छ, यसो गर्दा सुक्ष्मजीव र जुकाका अण्डाहरूको संख्या घट्न
जान्छ ।

- ब्याएको बाख्रा र पाठापाठीलाई छट्टै सफा ठाउँमा राख्नुपर्दछ ।

- पानी वा दाना भुइँमा राख्नुहुँदैन । त्यसलाई बाटा वा कुनै भाडोमा राखिदिनु पर्दछ ताकी पशुले त्यसभित्र गएर गोब्या्रउन नसकोस अन्यथा बाख्रालेदानापानी खाँदा नै सुक्ष्म जीव र जुकाका अण्डाहरू खाने हुन्छ ।

- सोतर बारम्बार फेरी ओभानो पार्नुपर्छ ।

- गोठलाई सम्भव भएमा फिनायलको झोलले सफा गर्नुपर्दछ ।

- हिउँदमा जाडोबाट बचाउन जुटको बोराहरू झुण्डाउने र घाम लागेका बेला घाम ताप्ने व्यवस्था पनि गर्नुपर्छ । त्यस्तै गर्मीमा गर्मीबाट जोगाउन भेन्टीलेसन, हावाको आवत जावतको व्यवस्था मिलाउनुपर्छ ।
- जंगली जनावरबाट बच्नको लागि सुरक्षा व्यवस्था मिलाउनुपर्छ ।

- नयाँ बाख्रालाई ल्याउनुभन्दा केही महिनासम्म खाली गरेर चुन छरेरमात्र राखिदिनुपर्छ ।
जैविक सुरक्षाको व्यवस्था मिलाउन बिरामी पशुसँग लसपस भएको मानिसलाई खोर गोठमा आउन
दिनु हुँदैन र बिरामी भएका बाख्राको लागि छुट्टै खोरको व्यवसथा मिलाउनु पर्दछ ।

- रोग लागेर मरेका बाख्राहरको सिनो गाड्नु पर्छ ।

- बिरामी बाख्राको लागि प्रयोग गरिएका भाँडाकँुडातुरुन्त चलन गर्नुहँुदैन, सफा गरी घाममा - - -

-सुकाउनु पर्दछ । बड्कुला दिन दिनै बटुलेर कम्पोष्ट पिटमा राखिदिनु पर्दछ ।

- दाना पानीको भाँडाहरू बराबर निर्मलीकरण  गर्नुपर्छ ।

- फिनेल १∞ को झोल बराबर छर्किनु पर्दछ । यो झोलको प्रयोगले जिवाणुलाई बढ्न नदिने काम
गर्छ र २ देखि ५∞ को झोलले जिवाणुलाई मार्ने काम गर्छ । वातावरण अर्थात खोरको वरिपरि
सफा गर्न फिनेल एकदम थोरै र पानी अलि बढी राखी प्रयोग गरिन्छ ।

- बाख्रा मरेको गोठ÷खोरमा चुनको धुलो छर्कन सकिन्छ । यसको प्रयोग गोठ र खोरको मलमूत्रको
दुर्गन्ध कम गर्नमा पनि प्रयोग गर्न सकिन्छ ।

- २∞ ब्लिचिङ्ग  (Bleaching)  पाउडरको झोलले पट्के रोगको जिवाणुलाई प्रायः १ मिनेटमा मार्ने
काम गर्छ । यसको ५∞ ब्लिचिङ्ग  (Bleaching)   को झोल तयार पारी मलमूत्र भएको ठाउँमा प्रयोग
गर्न सकिन्छ ।

- गोठखोर वरिपरि सफा गर्न प्रयोग गर्दा महङ्खवपूर्ण कुरा यो छ कि कुनै रसायनहरू विषालु प्रक हुन सक्छ । त्यसैले त्यसलाई होसियारीका साथ प्रयोग गर्नुपर्छ, नत्र पशुको साथसाथै मानिसको
लागि पनि हानिकारक हुन सक्छ । दानापानीको भाँडाहरूलाई विषालु रसायनले सफा गरेको भए
फेरी पानीले राम्रोसँग सफा गर्न बिर्सनु हुदैन ।

खोरको प्रकार
बाख्राको खोर धेरै तरिकाबाट बनाउन सकिन्छ । गाउँमै उपलब्ध स्रोत तथा साधनहरूको (काठ, इट्टा, बांस) प्रयोग गरी दुई प्रकारका खोर बनाउन सकिन्छ ।

१. भुईँको सतहमा निर्माण गरिने गोठः
भुईको सतहमा नै बारबन्देज र छानाको व्यवस्था गरी यस प्रकारको खोर बनाउन सकिन्छ । बारबन्देजको लागि बाँस, काठ, इट्टा, ढुङ्गा जस्ता सामग्रीहरूकोप्रयोग गर्न सकिन्छ । छानाको लागि छ्बाली,जस्ता आदि प्रयोग गर्न सकिन्छ छ्बाली प्रयोग गरी बनाइएको खोरमा बाहिरी जन्तुहरूको डर हुन जान्छ । सोत्तरको प्रयोग गर्ने र समय समयमा सफा गर्ने गर्नुपर्दछ ।

२. भुईँको सतहभन्दा केही माथि निर्माण गरिने : 
गोठः यस प्रकारको खोर बनाउँदा जमिनमा काठको खम्बाहरू गाडी खोरको भुई जमिनको सतहभन्दा केही माथि पारेर बनाइन्छ । वरिपरि काठ, बाँस तथा तार जालीले बार्न सकिन्छ । यस्तो प्रकारको खोर माउ बाख्रा पाठापाठी तथा बोका÷खसी राख्ने आवश्यकता अनुसार छुट्टै छुट्टै  बनाउन सकिन्छ । मलमुत्र सजिलै काठमा नबसोस र चिसो नहोस भन्नाका लागि खोरको भुईँमा काठ ठोक्दा
हरेक काठको बीचमा करीब १२ से.मी को खाली ठाउँ राखेर टाँड बनाउनु उपयुक्त हुन्छ ।

खोर निर्माण गर्दा बिरामी बाख्रा राख्ने छुट्टै खोर र अरू बाख्राहरू राख्ने खोर भन्दा अलि टाढा बनाउनु
पर्दछ । किनकी यो खोरमा बिरामी बाख्रा राखिने हुँदा यसले अरू बाख्राहरूलाई संक्रमित पार्न सक्तछ ।  बिरामी राख्ने खोर अरू खोर भन्दा केही सानो बनाउन उपयुक्त हुन्छ ।

बाख्रा बाँधेर पाल्ने हो भने दिनमा घुमफिर गर्न, घाम ताप्न र घाँस खाने थप ठाउँ चाहिन्छ र यसको लागि आँगनको व्यवस्था गर्नुपर्छ । चरन छ र चरनमा जान्छन् भने यस्तो प्रकारको आँगनको खास आवश्यक पर्दैन । चरनमा जाने बाख्राको लागि बाहिरी परजिविबाट बच्न नियमित रूपमा म्ष्उउष्लन को व्यवस्था गर्नुपर्छ ।

टाट्नोको व्यवस्था कस्तो ?
बाख्राको लागि घाँस, स्याउला खुवाउनको लागि एक ठाउँमा काठ अथवा बास ठोकेर टाट्नो बनाउनु पर्दछ । टाट्नो बनाउँदा बाख्राको संख्याअनुसार बनाउनु पर्दछ । टाट्नोको मुखको चौडाई ४० सेमी र पिँधको १५ सेमी गरी प्रति बाख्राको लागि ३० सेमी लम्बाई पुग्ने गरी बनाउन सकिन्छ ।

टाट्नोको माथिल्लो भाग टाँडदेखि ९० से.मी.को उचाईमा हुनुपर्दछ । जमिनमा दुईतिरबाट लस्करै छड्के किला ठोकी टाट्नो बनाउन सकिन्छ । यदि टाट्नो नबनाउने हो भने डोरीमा झुण्डयाएर पनि घाँस दिन सकिन्छ । यसरी दिँदा बढीमा ७÷८ वटा बाख्रालाई एक ठाउँमा घाँस दिन सकिन्छ ।

पानीको व्यवस्था कति ?
१८ देखि २० किलो जिवित तौल भएको एउटा बाख्राको  एक दिनमा ४५० देखि ६८० मिली लिटर
र स्वच्छ पानी आवश्यक पर्दछ । माथि उल्लेख भएअनुसारको तरिकाबाट स्वच्छ पानी दिनमा २
पटक उपलब्ध गराउनु पर्दछ ।

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन 

 

सम्बन्धित विषय

थप समाचार