बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कृषिमा जीवनाशक बिषादीको बढ्दो प्रयोग र चुनौतीहरु

सोमबार, साउन ७ २०८१
10 views
कृषिमा जीवनाशक बिषादीको बढ्दो प्रयोग र चुनौतीहरु

समाचार शेयर गर्नुहोस्

Share this news

सन् १९६० को दशकमा यूरोप र अमेरीकामा ल्याइएको हरित क्रान्तिको अवधारणा पश्चात् विश्व बजारमा घातक विषादीहरुले मनग्य स्थान पाए । नेपालमा सन् १९५० को दशकमा मलेरिया उन्मूलन गर्ने नाममा विषादी भित्रिएको तथ्य फेला पार्न सकिन्छ ।

शुरुमा लामखुट्टे नियन्त्रण गर्ने एकमात्र उद्देश्यले ल्याइएको उक्त बिषादी बिस्तारै कृषिमा पनि प्रयोग गर्न थालियो । बिषादी भन्नाले जीवनाशक पदार्थलाई जनाउँछ । खेत, बारी, घर तथा संचित अनाजमा लाग्ने कीरा मार्ने, मुसा मार्ने, दूसी नाशक र झारपात नियन्त्रण गर्ने बिषादी सबै जीवनाशक बिषादी अन्तरगत पर्दछन् । कीरा नियन्त्रण गर्नमा निकै प्रभाबकारी देखिएका कारण बिस्तारै थुप्रै विषादीले स्थान पाउँदै गए ।

रोग र कीरा नियन्त्रणबाटै खाद्य सुरक्षामा सुधार ल्याउन सकिन्छ भन्ने अभिप्रायले विकास गरिएका यस्ता बिषादीहरु नेपाल भित्रिने क्रम बढ्दै गयो र अझसम्म पनि सो स्थिती कायमै छ । बिदेशी सहयोग र अनुदानका नाममा धनी राष्ट्रहरुले आफ्ना प्रयोग गर्ने अवधी समाप्त भएका र अत्याधिक घातक बिषादीहरु अल्प विकसित देशलाई स्वीकार्न बाध्य गराए । यसबाट नेपाल पनि अछुतो रहन
सकेन र बिस्तारै मृत्युजन्य बिषादीको भण्डार बन्न थाल्यो ।

यस्तै प्रक्रियाद्वारा भित्रिएका हजारौ टन बिषादीहरु अझै पनि नेपालका विभिन्न भागमा भण्डार गरिएर राखिएका छन् । ती बिषादीहरु न त सम्बन्धित पक्षले फिर्ता लैजान चाहेको छ न त हामीसंग त्यसलाई सुरक्षित तबरले निस्क्रिय पार्ने कुनै प्रविधि नै छ । संसारमा हाल थुप्रै बिषादीहरु प्रतिबन्धित भैसकेका छन् । क्लोरडेन, डिडिटी, एल्ड्रिन, डाइएल्ड्रिन, हेक्टाक्लोर, मिरेक्स, टोक्जाफिन, बि.एच.सी., लिन्डेन, फोस्फामिडोन, आदि विषादीहरु नेपालमा समेत प्रतिबन्धित छन् । तर पनि अज्ञानताको कारण र निजी लाभका लागि तिनक बिक्री बितरण पनि भैरहेको पाइन्छ ।

बिषादीको वारे अनभिज्ञताका कारण प्रायजसो सबै कृषकले यसलाई औषधी भन्ने र जथाभाबी प्रयोग गर्ने गरेको पाइन्छ । उदाहरणको लागि बिहान बिषादी छरेर बेलुकी वा आज छरेर भोलीनै उक्त बाली (खासगरी तरकारी) टिपी बजारमा बिक्री गर्नेजस्ता जघन्य अपराधहरु समेत भैरहेका छन् । त्यसैगरी यस्ता प्राणघातक बिषादीहरु माछा मार्ने तथा जंगली जनावर मार्ने जस्ता कार्यहरुमा समेत प्रयोग हुन थालेको छ ।  र तरकारी टिपेपछि बिषादीको घोलमा डुवाएर बेच्ने चलन पनि केही ब्यापारीक स्थानहरुमा देखिएको छ । यस्तो गर्नु अपराध हो । यसरी जीवन र जगत सबैलाई हानी गर्ने बिषादीको आयात तथा बिक्री र प्रयोगलाई नियमित र नियन्त्रित गर्नेउद्देश्यले नेपाल सरकारले जीवनाशक बिषादी ऐन २०४८ र नियमावली २०५० जारी गरेर २०५१ श्रावण १ देखि नेपाल अधिराज्य भरी लागू समेत गरेको छ । जसमा कुनै पनि व्यक्ति, संस्था वा निकायले बिषादीआयात, निर्यात, उत्पादन, प्रयोग वा किनबेच गर्न कानूनले निर्दिष्ट गरेको प्रक्रिया पूरा गरेर मात्र बिषादी सम्बन्धी कृषिमा जीवनाशक बिषादीको बढ्दो प्रयोग र चुनौतीहरुजीवनाशक बिषादीको बढ्दो प्रयोग र चुनौतीहरु
 कारोबार गर्न पाईने उल्लेख छ । तर बिडम्वना ब्यवहारमा त्यस्तो देखिदैन ।

सामान्य किराना पसल गरेर बस्नेव्यापारीले समेत लुकाएर बिषादी बेच्ने गरेको पाइन्छ भने अर्कोतर्फ त्यसको उपयोग मिति, मात्रा र प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी वारे ब्यापारी र प्रयोग कर्ताले दुबैले ध्यान नदिएको पाइन्छ ।  त्यसले गर्दा आज मानव शरीर नै बिषादीको घर बनिरहेको छ । बिषादीहरु तेल र बोसोमा बनाईन्छन् र घुलाउने पदार्थ थपेर पानीमा घुलाउने गरिन्छ । तेल र बोसोको प्रयोगका कारण यसको अवशेष लामो समयसम्म पनि बोटविरुवा, माटो, पानी र वातावरणमा रहिरहन्छ ।
शरीरमा बिषादी प्रवेश गरेपछि बोसोमा जम्मा भएर रहन्छ । परिणाम स्वरुप टाउको दुख्ने, थकाई लाग्ने, काम्ने, पेट दुख्ने, पखला लाग्ने, वाक–वाक लाग्ने, रिङ्गटा लाग्ने, बेहोस हुने जस्ता तत्कालीन असरहरुका साथैलुलो लंगडो हुने र क्यान्सर रोग लाग्ने जस्ता दीर्घकालीन असरहरु देखा पर्दछन् । बिषादीकै कारण चराहरुको अण्डाको बोक्रा पातलो हुने, माछाहरुमा चिसो सहने क्षमतामा
ह्रास आउने जस्ता कुराहरु हुने पनि बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

बिषादीका हानिकारक पक्षहरुलाई राम्रोसंग नियाल्ने हो भने रासायनिक बिषादीहरु तरकारी बालीमा त प्रयोग नै गर्न नहुने देखिन्छ । तर प्रयोग नै नगर्ने हो भने कहिले काहीँ कुनै कुनै बाली त सखापै हुने स्थिति पनि आउँछ । उदाहरणको लागि धानको ब्लाष्ट रोग, आलु र गोलभेडाको डढुवा रोग आदि समयमै नियन्त्रण नगर्नेहो भने उत्पादनमा ब्यापक ह्रास आउँछ । यस्तो अवस्थामा यदि हामीले हाम्रा
कृषकहरुलाई बिषादी छुदै नछोउ भन्ने हो भने त्यसको उपयुक्त बैकल्पिक उपायको पनि जानकारी गराउन सक्नु पर्दछ होइन भने हामी चाहीँ बिषादी प्रयोग नगरांै र बिदेशीले जतिसुकै बिषादी प्रयोग गरे पनि त्यो चाहीँ किनेर खाउँ भनेको जस्तै हुनेछ ।

यस्तो सम्वेदनशील बिषयमा हामी सबैले गम्भिर भएर सोच्ने बेला आईसकेको छ । जैविक विविधताले धनी नेपालमा रोग कीरा नाशक थुप्रैप्रजातिका बोट विरुवाहरु छन् । भनिन्छ यहाँ झण्डै ३११ प्रजातिका बिषजन्य गुणभएका बिरुवा छन् तर तिनको वारेमा खोजी नीति गनेर्,  अध्ययन गर्ने काम ज्यादै न्यून छन् ।  केही भएका अध्ययनहरु पनि की त नेपाल सरकारका कर्मचारीहरुको धर्राभित्र छन् की त दातृ संस्था र बिदेशी अनुसन्धानकर्तासंग छन् । ती अध्ययनका सकरात्मक नतिजाहरु आम कृषक माझ पुगेकै छैनन् र पु¥याउने प्रयासमा पनि धेरै नै सुस्तता भएको छ । २–४ वटा गैर सरकारी संस्थाले उठाएका मुद्दाहरु स्थानीय स्तरमा छिटफुट सुनिए पनि राष्ट्रिय स्तरमा सुनुवाई भएका छैनन् । सुरक्षित विषादीको उचित मात्रा सुरक्षित तवरले प्रयोग गर्ने तर्फ आम समुदायको ध्यान केन्द्रित गर्नु अर्को विकल्प हुनसक्छ ।

बिषादीका लेवल, विषादीको प्रयोग अवधि, बिषको मात्रा, छर्दा अपनाउनु पर्ने सावधानी र बिषादी छरेपछि पर्खनु पर्ने न्यूनतम समयको वारेमा सबैलाई सचेत गराउन अब धेरै ढिला भैसकेको छ । साथै हाम्रो देश लगायत अन्य देशमा समेत प्रतिबन्धित भैसकेका बिषादीहरुको आयात र बिक्री बितरणमा रोक लगाउने र कसैले बिक्री गरेको पाइएमा कडा कारवाही गरिनु पर्दछ ।

बिषादी प्रयोग गरेको कृषकले पर्खन पर्ने अवधिलाई ठीकसंगपालना गरेको छ छैन निरीक्षण गनुपर्र्द  छ । यसको लागि बजारबाट नमूना संकलन गरी प्रयोगशालामा उक्त तरकारीमा बिद्यमान रहेको बिषको मात्रा जाँच गर्नु पर्दछ । पालना नगनेलार्ई  सजायको ब्यवस्था हुनु पर्दछ । जैविक तवरबाटै रोग कीरा व्यवस्थापन गर्नको लागि हामीले  गरिआएको खेती प्रणालीमै ब्यापक सुधार गरी मित्रुजीवहरुको पहिचान एवं संरक्षण गर्नु अर्को प्रमुख आवश्यकता हो । खेतीपातीमा सुधारको लागि एक दुई घर होईन समग्र समाज र सिंगो राष्ट्रनै लाग्नु पर्दछ । पाल डब्लु.टि.ओ. मा समेत प्रवेश गरिसकेको अवस्थामा

अरु चुनौतीहरु थपिएका छन् । बिषादी प्रयोग नै नगरौ त रोग कीरा लागेको देखेपछि उक्त उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाउँदैन र प्रयोग गरौ त बिषादीको मात्रा निश्चित सिमाभन्दा बढी भएका उत्पादनहरु खरीद नै गरिदैन । यस्तो अवस्थामा यदि हामीले हानिकारक बिषादीको न्यूनीकरण गरी रोग र कीरा नियन्त्रण गर्ने बैकल्पिक उपायहरुको खोजी र प्रयोग गरी स्वास्थ्य बाली उब्जाउन सक्ने हो भने त्यो नै ठूलो उपलब्धी हुनेछ ।

Source : सुशील थापा

सम्बन्धित विषय

थप समाचार