बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

आँपको रेड ब्यान्डेड क्याटरपिलर

मंगलबार, साउन ८ २०८१
7 views
आँपको रेड ब्यान्डेड क्याटरपिलर

समाचार शेयर गर्नुहोस्

Share this news

आँप फल्ने उष्ण प्रदेशीय हावापानी भएका एसियाली, अस्ट्रेलियाली र केहि अफ्रिकी क्षेत्रहरुमा आँपको मुख्य शत्रुजिवको रुपमा रहेको यो रेड ब्यान्डेड क्याटरपिलर भनिने रत्रिचर पुतली समुहको कीरा आँपको ठूलो शत्रु बनेर पछिल्लो समय नेपालमा पनि विकास भैरहेको छ । पपुआ न्यु गिनीमा ४०- १५ प्रतिशत अस्ट्रेलियामा १०-१५ प्रतिशत र त्यस्तै गरी भारत, पुर्वी यसिया र दक्षिण एसियामा पनि १०-१५ प्रतिशत सम्म आँपको क्षति गरेको पाईन्छ ।

भारतमा गरिएको एक अध्ययनका अनुसार यो किराले पश्चिम बङ्गाल, उडिसा, आन्ध्र प्रदेश र बिहारमा ४२ प्रतिशत सम्म क्षति गरिएको उल्लेख गरिएको छ । नेपालमा भने राष्ट्रिय शत्रुजीव स्तिथि अभिलेखमा सुचिकृत नभएको यो किरा Quarantine Pest भएकोले यसको यकिन तथ्यांक र क्षति विवरण भने उपलब्ध छैन ।

आँपको उत्पादन र निकासीमा अग्रणी छिमेकी मुलुक भारतसंगको मुलुक भारतसँगको खुल्ला सिमाना र हाम्रो कमजोर पारवहन जैविक सुरक्षा प्रणालीका कारण यो किरा नेपालमा आँप खेति गरिने तराईका भूभागमा देखिन थालेको छ । बेलैमा यो किराको व्यवस्थापनमा ध्यान नपुग्ने हो भने यसले नेपालको आँप खेतिमा पनि समस्या उत्पन्न नगर्ला भन्न सकिन्न ।

किराको पहिचान : 

आँपको रेड ब्यान्डेड क्याटरपिलर आँपको विशिष्ट किरा हो । यो किरा खैरो रंगको, चुच्चो सुड जस्तो मुख भएको र पखेटा चम्किलो निलो धुलो जस्तो भएको रत्रिचर पुतलीको लार्भा हो । यो किराको लार्भा अवस्थाले नै आँपको फलमा क्षति पुऱ्याउने गर्छ । यसको लार्भा भने गोलाकार राता र सेता धर्शाहरु भएको भित्र विशेषताको हुने भएकाले चित्र सजिलो हुन्छ ।

क्षतिको प्रकृति : 

आँपको रेड ब्यान्डेड क्याटरपिलरको लार्भाले फलको विकासका सबै अवस्थामा क्षति पुऱ्याउने सक्छ । पहिलो र दोश्रो अवस्थाका लार्भाहरु फलको बोक्रामुनी खाँदै कोयातर्फ अघि बढ्छन् र तत्पश्चातका अवस्थाका लार्भेहरु कोया खान थाल्छन् । पहिलो देखिने लक्षण चाँहि फलको टुप्पामा जम्मा हुने मैलो रंगको टाटो देखिन्छ जुन कालान्तरमा गाढा हुँदै जान्छ र स्पष्ट्र देखिने हुन्छ ।

किराले प्वाल पारेको ठाउँमा सकाणुहरुको संक्रमण  हुन गई खेरौ भिजेको जस्तो धब्बा देखिने सक्छ । यसरी किरा लागेका फल अन्त्यमा बोटबाट अल्पायुमै झर्दछन् र नोक्सान हुन्छ । विशेष गरी फुल फुलेको ७५-८५ दिन सम्मका मध्यम आकारका फलहरुमा अत्याधिक क्षति हुने गरेको पाईन्छ । एउटा आक्रमित फलमा ११ ओटा सम्म लार्भाहरु पाईएको भए पनि सामान्यतामा एउटा फलमा एउटा नै लार्भा रहेको पाईन्छ ।

व्यवस्थापन : 

नेपालको सन्र्दभमा यो यहाँको रैथाने किरा नभएकाले यसका प्राकृतिक शत्रुहरु पनि नहुन सक्छन् जसले गर्दा छोटो समयमै यो किराको फैलावट व्यापक हुन सक्छ । त्यसैले व्यवस्थापनमा सम्बद्ध सरकारी निकायले बेलैमा ध्यान दिनु पर्छ । यसको व्यवस्थापनका लागि अन्य ठाउँहरुमा निम्न बमोजिमका उपायहरु अपनाउने गरिएको पाईएको छ।

क) संक्रमित र झरेका फलहरुको उचित व्यवस्थापन गर्नु पर्दछ, जस्तै गहिरो खाडल खनेर पुर्न पनि सकिन्छ ।

ख) फेरोमोनमा आधारित RBMC पासोको प्रयोग  गरेर यस किराका भालेहरु नियन्त्रण गर्न सकिन्छ, जसका कारण पोथी पुतलीहरुले बतासे फुल पार्दछन जसबाट लाभीको विकास हुदैन र किराको जनसंख्या घटना गई क्षतिको जोखिम पनि घटन जान्छ ।

ग) अण्डाको परजीवी ट्राईकोग्रामा किरा (Trichogramma chilonis / Trichogramma chilotraeae) को प्रयोग गरेर पनि यो किराको नियन्त्रण गर्न सकिन्छ ।

घ) Thiacloprid 48% SC, Chloripyriphos अथवा Spinosad जस्ता किटनाशक विषाधि फलको चिचिला लागेको ६०, ७५, ९० र १०५ दिनमा प्रयोग गरेर पनि यो किराको नियन्त्रण गर्न सकिन्छ ।

Source : 

सम्बन्धित विषय

थप समाचार