बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

आलुबालीमा लाग्ने प्रमुख भाइरस रोगहरु तथा रोकथामका उपायहरु

बुधबार, साउन ९ २०८१
10 views
आलुबालीमा लाग्ने प्रमुख भाइरस रोगहरु तथा रोकथामका उपायहरु

समाचार शेयर गर्नुहोस्

Share this news

आलुबाली नेपालको प्रमुख बालीहरु मध्ये एक हो। उत्पादनको हिसाबले नेपालमा यो बाली धान मकै, गहुँ पछि चौथो र विद्यमा तेश्रो स्थानमा रहेको छ । उच्च पहाडी क्षेत्रहरुमा आलुलाई मुख्यखाष बाली तथा मध्य र तराइका क्षेत्रहरुमा प्रमुख तरकारी बालीको रुपमा लिइन्छ ।

नेपालका सबै किसिमका भौगोलिक क्षेत्र उच्च पहाड देखि तराइ सम्म सफलता पूर्वक आलुखेती गरिदै आएको छ। आलुमा लाग्ने विभिन्न किसिमका रोग तथा किराहरुले उत्पादनमा -हास पुर्याउने गर्दछन् । बालू माटो मुनी फल्ने नरम प्रकृक्तिको हुने तथा प्राय आलुको दाना नै विउको रुपमा प्रयोग हुने भएकोले जालुको पात. डाट जरा तथा आलुका दानामा विभिन्न किसिमका रोग तथा किराहरुले सजिलै आक्रमण गर्ने गर्दछन् ।

यस्ता विनाशकारी रोग तथा किराहरुको समयमै पहिचान गरी रोकथाम गर्न सकेमा आलुबालीलाई नोक्सान हुनबाट जोगाउन सकिन्छ । आलुबालीमा लाग्ने प्रमुख रोगहरुमा डढुवा खैरोपिपचके, कालोखोस्टे. ऐजेरु, दाद तथा विभिन्न किसिमका भाइरस रोगहरु पर्दछन्। आलुबालीमा २५ भन्दा बढी प्रकारका भाइरस रोगहरु लाग्ने भएता पनि नेपालमा हाल सम्म जम्मा छ प्रकारका प्रमुख भाईरस रोगहरुको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा पहिचान गरिएको छ। यहाँ आलुमा लाग्ने उक्त छ प्रकारका भाइरस रोगहरुका बारेमा जानकारी दिने प्रयास गरिएको छ।

- पिभिएक्स (PVX = Potato virus x) यो पटेक्स भाइरस (Potex virus) वर्गको अल्फाफ्लेक्सीभाइरिडि (Alfaflexiviridae) परिवारमा पर्ने भाइरस हो। यो रोग लागेमा आलुको पातगुजुमुज हुने तथा छिर्केविके (mosaic) हुने लक्षण देखिन्छ। यो भाइरस अरु भन्दा बढी पाइने गर्दछ र आलुको जात र भाइरसको प्रजाती अनुसार १० % भन्दा बढी उत्पादनमा कमील्याउन
 सक्दछ। कुनै कुनै आलुको जातहरुमा यी लक्षणहरु धेरै हल्का वा आँखा ले प्रस्ट नदेखिने पनि हुन सक्छन। कडा खालको प्रजातिले पात गुद‌मुटिने हुन सक्दछ र कुनै जातमा टुप्पाहरु सुक्न पनि सक्दछन। उच्च पहाडमा यो भाइरस सबै भन्दा बढी पाईन्छ। यो रोग रोग ग्रस्त आलुका दानाको प्रयोग तथा संपर्कबाट सर्दछ। हावा चल्दा, औजारहरुबाट जनावर तथा मानिसको ओहोर दोहोरबाट र आलुका टुसा पात र जरा एकापसमा हुँदा सर्दछ। गोलभेडा, खुर्सानी, सुर्ती आदी वालीहरुबाट पनि यो रोग आलुमा आउन सक्दछ ।

- पि.भि.बाइ. (PVY) यो पटीभाइरस (Poty virus) वर्गको पटिभाइरिडि (Potyviridae) परिवारमा पर्ने भाइरस हो। यो भाइरस लागेमा आलुको पात गुजुमुनु हुने तथा छिर्केविके (mosaic) हुने, वोट झुप्प हुने पातहरु तलतिर बटारिने, बोट होचो हुने जस्ता लक्षणहरु देखिन्छ। पातहरुमा स-साना सुकेका दागहरु देखा पर्ने तथा डाँठमा धर्काहरु हुने प्रमुख लक्षण हुन् । वातावरण आलुको जात र भाइरसको प्रजाती अनुसार लक्षण फरक हुन सक्दछ। यो रोगको प्रकोप अन्य भेगमा भन्दा तराइमा बढी हुन्छ । उत्पादन घट्ने आलुको दानामा खैरो गोलो दाग (necrotic ring spot) हुने हुँदा आलु अनाकर्षक भई बजारभाउ घटाऊने हुन्छ। यो भाइरस लाही किरा (Myzus persicae) का अलवा अन्य किराहरु, ग्राफ्टिङ तथा बिरुवाको रस (plant sap inoculation) का माध्यमबाट सर्ने गर्दछ। पखेटा भएको लाही किराको प्रकोप बढ्न जाँदा भाइरस फैलने क्रम पनि तिव्र भई क्षति १० देखी १०० प्रतिसत सम्म पुग्न सक्दछ ।

- पि.भि. बाइ. (PVY) पि.भि.ए. (PVA)- यसलाई मध्यम खालको छिकैविके भाइरस (potato mild mosaic virus) पनि भन्दछन्। यो भाइरस पटीभाइरस (Poty virus) वर्गको पटिभाइरिडि (Potyviridae) परिवारमा पर्ने भाइरस हो। यसको लक्षणहरु भाइरस वाइ (Y) सँग मिल्दि जुल्दो हुन्छ तर यसले उक्त भाइरसले भन्दा कमै क्षति पुर्याउछ। यो भाइरस एक्लैले पनि मध्यम खालको आलुको पातहरु साना, गुजुमुजु हुने तथा छिकेंबिके (mosaic) हुने, पातहरु टल्के जस्तो देखिने लक्षण अथवा लक्षण नदेखाइ कनै रहन पनि सक्दछ। यो भाइरस लाही किराको माध्यमबाट सर्ने गर्दछ।

-  पि.भि.एम. र एस. (PVM and PVS) यी भाइरसहरु कार्लाभाइरस (carlavirus) वर्ग अन्तर्गत विटाफ्लेक्सी भाइरिडि (Betaflexiviridae) परिवारमा पर्दछन्। यी भाइरस रोगको लक्षण पि. भि. एक्स. को जस्तै हुन्छ। अरु भाइरस (PVX, PVY, PVA) सँग मिलेमा रोग अझै ससक्त हुन्छ र धेरै क्षति पुर्याउछ। यी भाइरस लाही किरा रोगग्रस्त आलुका दानाको प्रयोग तथा संपर्कबाट सर्दछन् । नि एम र एस् आलुको पात दोब्रिने भाइरस (Potato Leaf Roll Virus - PLRV) यो पोलिभाइरस (Polyvirus) वर्गको लुटोभाइरिडि (Luteoviridae) परिवारमा पर्ने भाइरस हो। आलुको कलिलो पात माथि तर्फ दोब्रिने ठाडो भएर बढ्ने (upright growth) नै यो भाइरस रोगको प्रमुख लक्षण हो।

- छिप्पिने अवस्थाका पातहरु बाक्ला र चाम्रा हुन थाल्दछन्। रोग बढ्‌दै जाँदा बोट  बढ्न छाड्ने सबै पातहरु दोब्रिने तथा दानामा कालो दाग हुने गर्दछ। यो भाइरसले पनि अरु भाइरसहरुसँग मिलेर विभिन्न लक्षणहरु (severe mosaic, mottle, crinkling and rolling leaves) देखाउने र बढी क्षति पुर्याउने गर्दछ। यो भाइरस लाही किरा, रोगग्रस्त आलुका दानाको प्रयोग तथा संपर्कबाट सर्ने गर्दछ। आरुको हरियो लाही (Myzus persicae) रोग सार्ने प्रमुख माध्यम हो। पात दोब्रिने भाइरस रोग लागेको समय तापक्रम आलुको जात तथा भाइरसको प्रजाती (strain) अनुसार लक्षणहरु फरक फरक हुने भएकोले लक्षण देखिएका बोटलाई ल्याव परीक्षण (Serology, Nucleic acid detection techniques, etc.) गरेर मात्र सही पहिचान गर्न सकिन्छ।

रोकथामका उपायहरु  :

भाइरस रोगका लागि विशादिहरु प्रभावकारी नहुने भएकोले रोग लाग्न नदिने तर्फ नै बढी ध्यान दिनु पर्दछ । जसका लागि निम्न लिखित उपायहरु अपनाउनु पर्दछ ।

- रोग सहन सक्ने आलुका जात तथा प्रमाणित बिउको प्रयोग गर्ने। मेरिस्टेमकल्चर (Meristem culture) प्रबिधी वा टिस्युकल्चर (Tissue culture) बाट उत्पादित पूर्व मूल बिउ आलुको प्रयोग गर्ने।

- एकै ठाउमा एउटै जातको आलु लामो समय सम्म नलगाउने। 

- सोलानेसी वर्गका अन्य तरकारी तथा झारहरुले रोग फैलाउन मद्धत गर्ने हुँदा त्यस्ता तरकारीहरु सगै नलगाउने ।

- नावो बोट तथा झारहरु उखेलेर हटाउने।

- लाही तथा अन्य किराहरुले रोग सार्ने हुँदा किराहरुको नियन्त्रण गर्ने।

- बाली लगाउने समय मा हेर फेर गरी रोग तथा लाही किराको प्रकोप छल्ने।

- कृषि औजारहरुको सरसफाइमा ध्यान दिने।

- रोग लागेको ठाउमा प्रयोग गरेका औजारहरु अर्को ठाउमा निर्मलिकरण गरेर मात्र प्रयोग गर्ने।

- रोगका लक्षण देखा पर्नासाथ उक्त बोटलाई उखेलेर हटाउने।

सन्दर्भ सामाग्रीहरु : 

आलुबालीका प्रमुख रोग तथा किराहरु, २०६२, कृषि सूचना तथा संचार केन्द्र। प्रशिक्षक म्यानुअल आलुबाली, २०७०, राष्ट्रिय आलुबाली विकास कार्यक्रम, खुमलटार ललितपुर । Dauglas DR. Pravek JJ, 1972. Net necrosis of potato tubers associated with primary, secondary and tertiary infection of leafroll. American Potato Journal 49:330-333. FrasserRSS., 1987. Biochemistry of virus infected plants. Research studies press: 

सम्बन्धित विषय

थप समाचार