बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

वन डढेलो : एक चिनारी

बुधबार, साउन ९ २०८१
7 views
वन डढेलो :  एक चिनारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय वन जंगल, भिरपाखा, घाँसे मैदान तथा खरवारीमा हुने आगलागीलाई वन डढेलो वा डढेलो भनिन्छ । यो वन विनाशको प्रमुख कारकतत्वहरू मध्येको एक हो ।

डढेलोका कारण

(अ) प्राकृतिक

• चट्‌याङबाट

• ढु‌ङ्गाको घर्षणबाट

• रूखको घर्षणबाट

• ज्वालामुखीबाट

(आ) मानवीय

(क) लापरवाही

• खेतवारी तथा खरवारी सफा गर्न लगाइएको आगो अनियन्त्रित भई वनमा प्रवेश गरेर

• चुरोट, बिडी, सलाईका काँटी ननिभाई बनमा फ्‌याँकेर

• खाना पकाएर/वनभोज खाई आगो ननिभाई वनमा छाडेर

• वनमा गोल पोली/मह काडी आगो ननिभाई छाडेर

• राँको बाली वनको बाटो भएर हिड्दा आगो खसेर

• अग्निरेखा सफा गर्ने क्रममा आगो फुत्किएर

• वनभित्रबाट जाने विद्युत लाईन सट भएर

• शिकारीको बन्दुकको गोलीबाट निस्केको आगोको झिल्को फैलिएर

(ख) जानीजानी

• राम्रो घांस पलाउने आश गरेर

• डढेलो पछिको मलिलो माटो खेतवारीमा भित्र्याउन

• खोरिया फँडानी गरी खेती गर्न

• रूख विरूवा सुकाएर काठदाउरा प्राप्त गर्न

• गैरकाष्ठ वनपैदावार संकलन गर्न

• दिएक वन्यजन्तु धपाउन

• वन्यजन्तु शिकार गर्न

• वन अपराध लुकाउन

• सुकेका पातपतिङ्गरले बाटो हिड्न अप्ठेरो हुन सक्ने हुँदा सहज बनाउन

डढेलोका प्रकार

(क) सतही डढेलो (Surface fire)

• सतहमा भएका सुकेका पदार्थ जल्दछन
* स-साना विरूवा जलेर नोक्सान भए पनि वनलाई धेरै मात्रामा नोक्सान पुन्याउँदैन

• नियन्त्रण गर्न सजिलो हुन्छ

(ख) जमिन डढेलो (Ground fire)

• सतहका सुकेका पदार्थ साथै जमिन मुनिका प्रा‌ङ्गारिक पदार्थ समेत जल्दछन् ।

• कहिलेकाहीं त जमिन भित्र आगो लागी जमिन वाहिर धुँवा मात्र निस्कन सक्छ ।

• स-साना विरुवाका साथै ठूला रूखलाई समेत हानि पुग्दछ

• नियन्त्रण गर्न कठिन हुन्छ ।

(ग) छत्र डढेलो (Crown fire)

• जमिन मुनिका प्रा‌ङ्गारिक पदार्थसहित रूखका हांगाविगा तथा पातहरू एकैसाथ जल्दछन् ।

• यस प्रकारको डढेलो कोणधारी प्रजातिको वनमा लाग्ने सम्भावना बढी हुन्छ ।

• यो डढेलो सबैभन्दा खतरा र धेरै नोक्सान पुन्याउने खालको हुन्छ । डढेलोका परिणामहरु (क) रुखविरुवालाई हानि

• बीउहरू डढ्ने, स-साना विरुवाहरू डढ्ने/मर्ने

• ठूला रूखहरूका पनि बोक्रा र पात सुक्न सक्ने, काण्डमा घाउ बनेर रोग किराको आक्रमण हुन सक्ने एवं रूखको वृद्धिमा नकारात्मक असर पर्ने

• काठ दाउरा, घांस एवं गैरकाष्ठ वनपैदावारको नोक्सानी

• वनको पुनरूत्पादनमा नकारात्मक असर

• वनको उत्पादन क्षमतामा ह्रास

• खोटो संकलन गरेका क्षेत्रमा बढी नोक्सानी

• लगातारको डढेलोले महत्वपूर्ण सदावहार प्रजाति हटी कमसल खाले पतझड एवं डढेलो प्रतिरोधी प्रजातिको वृद्धि

(ख) वन्यजन्तुलाई हानि अण्डा, वच्चा लगायत सबै उमेरका वन्यजन्तुको नोक्सानी

• वन्यजन्तुको वासस्थान विनाश

(ग) माटोमा असर

• माटोको प्रा‌ङ्गारिक पदार्थ डढेर सतह ना‌ङ्गो भई हावा. घाम र वर्षाको लागि खुला हुने एवं माटोको पानी
क्षमतामा ह्रास हुनाले भू-क्षयमा वृद्धि

• प्राङ्‌गारिक पदार्थ डढेर माटोको संरचना नै विग्रने

• माटोका शुक्ष्म जीवाणुमा असर परी उर्वरा शक्तिमा हास

• कम्पोष्ट उत्पादनमा कमी

• माटोको नाईट्रोजन भण्डारमा हास Pub

(घ) प्रदूषण

• वायु प्रदूषण

• ताल/नदीनाला प्रदूषण

(ङ) जलवायु परिवर्तनमा असर

• कार्वन भण्डारका स्रोतको रूपमा रहेका रूखविरूवा नासिएर

• रुखविरुवा जल्दा कार्बनडाईअक्साइड जस्ता हरितगृह ग्यास निस्केर

(च) वनको शूक्ष्म हावापानीमा असर

(छ) जैविक विविधतामा ह्रास

(ज) पारिस्थितिक प्रणालीमा असर

(क) पानीको स्रोतमा असर

 वनको सुन्दरतामा ह्रास डढेलो नियन्त्रणका उपायहरु

(अ) प्रतिरोधात्मक (Preventive)

• रेडियो, टेलिभिजन, सिनेमा, पत्रपत्रिका, पोष्टर, पम्पलेट, होर्डिङ बोर्ड, नित्तेलेखन, नाटक, प्रवचन, चेतना शिविर, गीत प्रतियोगिता, शैक्षिक भ्रमण, सभा, गोष्ठी, तालिम जस्ता कार्यक्रमहरू मार्फत डढेलो विरुद्धमा जनचेतना अभिवृद्धि गराउने ।

• तापक्रम, हावा र आद्रताको अध्ययनबाट खतरनाक डढेलो लाग्ने दिनहरूको भविष्यवाणी गर्ने । • डढेलोबाट वर्षेनी हुने क्षतिको जानकारी सार्वजनिक गर्ने ।

• हिउँदको समयमा वनभित्र जाँदा डढेलो सम्बन्धी अपनाउनु पर्ने सावधानी सम्बन्धमा सम्बन्धित स्थानहरूमा सूचना टाँस गर्ने ।

• वनमा घाँस एवं काठ दाउरा संकलन गर्न तथा गाईवस्तु चराउन जानेहरूका लागि चुना संचालन गर्ने । कार्यक्रम • प्रचलित ऐन नियममा सम्बन्धी द जरिवानाका प्रावधानहमारी गराउने । 

Source : डिभिजन वन कार्यालय, काठमाडौँ 

सम्बन्धित विषय

थप समाचार