बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

एकिकृत एवं जैविक विषादी प्रयोगबाट तरकारी बाली संरक्षण

बिहीबार , साउन १० २०८१
10 views
एकिकृत एवं जैविक विषादी प्रयोगबाट तरकारी बाली संरक्षण

समाचार शेयर गर्नुहोस्

Share this news

नेपाल कृषि अनुसंधान परिषद (NARC), कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, विषादी सम्बन्धि कानुन २०४७, विषादी नियन्त्रण ऐन २०५०, वातावरण संरक्षण ऐन (२०४७), वातावरण प्रदुषण नियन्त्रण ऐन (२०५४) र प्रांगारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्ड सम्बन्धि निर्देशिका २०६४ (संशोधन २०६५) आदि बाट नेपाल सरकारले प्रांगारिक कृषिको पक्षपोषण गर्न थालेको छ । हाम्रो देशमा कृषकहरूले समुहगत रूपमा खेती गर्ने हो भने विभीन्न प्रांगारिक प्रकृया अपनाई हानीकारक रोग किरा मुक्त गर्न सक्दछन् ।

ति प्रकृयाहरू मध्य एकिकृत एंव जैविक विषादीको प्रयोगलाई सकेसम्म मेहनत गरी कृषकहरू माझ दुबै थरिका नियन्त्रणका उपाय यहाँ प्रस्तुत गरिएको छ । तल उल्लेख गरिएको छ यी तरीकाहरू अनुसार का उपाय अपनाएमा रोग कीराहरूको प्रकोप घटाइ रोकथाम गर्न सकिन्छ । 

मित्र जीवका विभिन्न प्रजातिहरू

१. खेती गर्ने तरीकाहरूबाट रोकथाम :

१) घुम्ती वालीको मिश्रित वाली, बहुवाली प्रयोग गर्ने र प्लास्टिक घरमा खेती गर्ने

२) वाली लगाउले समय र खनजोत फरक गर्ने, निकासाको राम्रो प्रबन्ध गर्ने,

३) रोग अवरोधक जात वा रोग सहन सक्ने जात लगाउने

४) रोग लागेको बिउ प्रयोग नगर्ने

५) छिप्पिएको बेर्ना प्रयोग गर्ने

 ६) अग्लो ड्याड्. बनाउने, शत्रुजिव प्रतीकार वाली लगाउने

७) खेतबारी सरसफाई राख्ने,

८) तातो पानीमा बिउ उपचार गर्ने, माटोको सोलराईजेसन गर्ने ।

२. शारीरीक अथवा यान्त्रीक तरीकाहरूबाट रोकथामः

यो तरीकावाट पनि केही हद सम्म रोग कीराको प्रकोप कम गर्न सकिन्छ यी तरीकाहरू मध्ये हातको झुसील कीराको लाभ्रा टिपेर रोग कीरा लागेका पातहरू हटाएर वा टिपेर रोग कीरा नास गर्न सकिन्छ । आकर्षक पदार्थ जस्तैः फोरोमेन ट्याप क्युलियर ५थोपा + मालाथियन ५थोपा एउटा वोतलमा राख्ने र सानो सानो प्वाल बनाई दिने । यसरी राख्नाले भाले सेतो झिङ्गाहरू पोथीको वास्नामा मोहित भई त्यस वोतलमा आई फस्दछन् । त्यस्तै क्युलियरको सट्टामा डी.वि.एम्.लुर. हेलिलुर, स्पोडोलुर आदी प्रयोग गर्न सकिन्छ । पानीको पासो, वत्तीको पासो आदि प्रयोग गरेर पनि टाँसिने सतहमा फसाएर वा रोग लागेको वालीलाई नष्ट गरेर पनि रोग कीराको प्रकोप कम गर्न सकिन्छ ।

 ३ जैविक विषादी एवं सुक्ष्म जिवाणुहरूको प्रयोगबाट रोकथामः

रोग वा कीरानासक जैविक विषादी भन्नाले माटो, हावा, पानी तथा जीवहरूमा पाइने सुक्ष्म जीवहरू जस्तै ब्याक्टेरिया, दुसि, निमाटोड आदि धुलो वा दानादार कुनै पनि माध्यममा तयार गरी बोट बिरुवामा लाग्ने हानिकारक रोग वा कीराको बिरुद्ध प्रयागे गरी तिनीहरूको नियन्त्रण गरिन्छ भने तिनलाई जैवीक विषादि भनिन्छ । त्यस तरिका अन्र्तगत शुक्ष्म जिवाणु शिकारी कीरा परजिवी आदि पर्दछन् । हाल बजारमा जडीवुटी र जिवाणुहरूको मिश्रणबाट तयार पारिएको रोग कीरा नासक विषादीहरू पनि पाईन्छ ।

१. व्याक्टेरियाको प्रयोग गरी रोकथाम :

व्यासिलस थुरीन्जेसीस - पुतली प्रजातिको लाभ्रे आक्रमणमा यो निकै प्रभावकारी मानिन्छ । न्यूक्लिओ पोलिहेडो- भाइरसप्रजातिको लाभेलाई रोग लगाई दिन्छ । ब्यासिलस पोपीली - खपटे कीरा यी ब्याक्टेरीयाहरू सुख्खा थैलामा पाईन्छ यिनीहरूलाई पानीमा राखी छर्नु पर्छ ।

२. फंगसको प्रयोग गरी रोकथाम : यिनीहरूले किराहरूमा रोग ल्याई दिन्छन् । ब्युभेरीया ब्यासियना (दमनं) सेतो भिंगा श्रीप्स एफीड धुन आदि । पस्परजिलस फेलेमस जरा डाठ वेर्ना कुहिने

नेक्ट्रीया इंन्मेन्टा- अल्टरनेरिया चोप्लेरोग रोग ट्राइंकोडमा हारजीयनम-काक्रो जातका लहरे यस्परजिलस नाईजर - जरा डाठ वेर्ना कुहीने रोग

बालीमा लाग्ने सेतो दुसी, डाउनि मिल्डयु, पाउहरि मिल्डयु नर्सरीमा वेर्ना कहिने रोगमा प्रभावकारी देखिएको छ। यसको रोकथामको लागि ५ ग्राम प्रति लिटर पानीमा मिसाउने ।

- ट्राईकोडमांभिरिडी प्रयोग गरेर – माटोबाट सर्ने रोगहरू जस्तै फंगस र व्याक्टेरीयाको वृद्दि हुन दिदैन र वेर्ना कुहीने रोग, सुख्खा जरा कुहिने रोग स्क्लेरोटियम विल्ट, फयुजेरियम विल्ट, डाँठमा लाग्ने राइजोक्टोनिया, फाइटाप्थोरा, डाँठ कुहीने रोग आदि नियन्त्रण गर्न सकिन्छ । यसको रोकथामको लागि ५ ग्राम प्रति लिटर पानीमा मिसाउने ।

माईटसको प्रयोग गरी रोकथाम :

बोसीनीयाक्याम्पी ओलेस -

पुतलीको लाभ्रेलाई रोग लगाईदिन्छ ।

न्युक्लीओपोली हाईड्रो -

गोलभेडा फलको लाभ्रेलाई रोग लगाईदिन्छ ।

तैवीक विषादी एवं सुक्ष्म जिवाणुहरूको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरूः

- माटोमा प्रसस्त चिस्यानको मात्रा हुनु पर्दछ ।

- चर्को घाम लागेको बेलामा वा बढि पानी परेको बेलामा नछर्ने, साझ तिर छदी राम्रो हुन्छ।

- चिसो ठाऊँमा राख्नु पर्दछ ।

- जैविक बिषादीहरूलाई रासायनिक दुसिनासक औषधिहरूसंग मिसाउनु जैविक बिषादीहरूलाई प्रभावकारी बनाउन भेलि वा गुणको घोलमा मिसाउने ।

- छालामा सम्पर्क हुन नदिन हातमा ग्लोब लगाउने ।

- जैविक बिषादीको प्रयोग गर्नु अगाडी बोतललाई राम्ररी हल्लाउनु पर्दछ ।

- जैविक बिषादीको प्रयोग गर्दा बोतल वा बट्टा खोलेको ४ घन्टा भित्र प्रयोग गरि सक्नु पर्दछ ।

प्रयोग भैसकेको बोतलहरूलाई सुरक्षित स्थानमा गाड्नु वा जलाउनु पर्दछ ।

४. शिकारी कीराहरूको प्रयोग गरी रोकथाम :

स्त्री स्वभावका खपटेहरू - कत्ले सेतो झींगा मिलीवग

डालिया खपटे - कत्ले सेता भिंगा घुमक्कड भिंगाहरूको औषा - लाही कत्ले कीरा शंखेकिरा लेस उईगें - एफिडलाई खाइदिन्छ

५. परजिवी कीराहरूको प्रयोग गरी रोकथाम :

कुमालकोटी बारुला आदि व्राकोनाईड वारुला-पुतलीको लाभा चालसिड बारुला- सेतो भिंगा
६ जडिबुटिहरू (वनस्पातिक तरिका) को प्रयोग गरी रोकथामः जमिनमाथि बोट बिरुवामा आक्रमण गर्ने रोग र कीराको नियन्त्रण गर्न जडिबुटिहरू (वनस्पातिक तरिका) को प्रयोग गरेर पनि गर्न सकिन्छ । (प्राडगारिक कृषि पुस्तकर०६३, डिलाराम भण्डारी) र (कृषि सगालो, पाख्रिबास कृषि केन्द्र, दुवाडि र साथिहरू १९९३ र २०६१) ।

• निमको १ किलो ग्राम पातलाई १० लिटर पानीमा मिसाई १२ घन्टा सम्म भिजाएर छर्कदा लाही कौरा, धानको गवारो, फड्‌के किरा, ढुंग्रे किरापात, बेरुवा पतेरो, डाठ कुहिने दुसि, काको फर्सिको खपटे किराको नियन्त्रण गर्न सकिन्छ ।

• २५० ग्राम सुर्तीमा ३० ग्राम साबुन राखी प्रति लि. पानिमा मिलाई छर्कनाले पुतलीको लाभ्रे, झुसिल किरा र लाही कीरा को नियन्त्रण गर्न सकिन्छ ।

• सुर्ती पात वा डाठको १ किलो गाम धुलोमा १५ लि. पानी र १०० ग्राम लुगाधुने साबुन लाई मिलाई ? दिनसम्म भिजाएर भोलिपल्ट छर्कदा थ्रिप्स, फेदकाट्ने किराहरू लाई नियन्त्रण गर्न सकिन्छ । बकाईनोको १० देखि २० भाग हरियो पातको धुलो वा ५ देखि १० भाग फलको धुलोलाई १०० भाग पानिमा मिसाई १२ घन्टा सम्म भिजाएर छर्कदा लाही कीरा, धानको फड्‌के किरा, ढुंग्रे किराको नियन्त्रण गर्न सकिन्छ ।

• असुरोको २०० ग्राम हरियो पातको मसिनो धुलो गरि पिधेर १ लिटर पानीमा मिसाई १२ देखि १५ घन्टा सम्म दिनको घाममा समेत भिजाएर प्रत्येक हप्ताको १ पटक मात्र ४ देखि ५ पटक छर्कदा पुतलीको लाभ्रे झुसिलकिरा, पातखाने लाभ्रे र लाही कीराको नियन्त्रण गर्न सकिन्छ ।

• गोदावरी (पाइरीभ्रम फुल) ३ ग्रामको रसलाई १ लिटर पानीमा राखी तरकारी बालीमा छर्कदा भिंगा, कमिला

• लाहि, पातखन्ने किरा, उफ्रने खपटे किरा लाइ रोकथाम गर्न सकिन्छ साथै गोदावरीका बोट बिरुवा कालामा रोप्नाले पनि लाही कीराको रोकथाम गर्न सकिन्छ ।

• तुल्सीको २०० ग्राम पातलाई पिनेर प्रतिलिटर पानीमा मिसाई छर्कदा पात खन्ने किराको आक्रमणलाई गर्न सकिन्छ ।

• तितेपातिको झोल १ भाग र ३ भाग पानि मिलाई छर्कनाले पुतलीको लाभ्रे, झुसिलकिरा र लाही कीरा को नियन्त्रण गर्न सकिन्छ ।

• बोझोको झोललाई साबुन पानीमा राखी घोल बनाएर छर्कनाले स्क्वायसको धुले रोग, लाही कीरा तथा खपटे किराहरूको नियन्त्रण गर्न सकिन्छ ।

• गाईबस्तुको १ लिटर गहुत १० लिटर पानीमा राखी घोल बनाएर छर्कनाले लाही कीरा तथा खपटे किराका लार्भाहरूको नियन्त्रण गर्न सकिन्छ ।

७. बजारमा उपलब्ध जैविक विषादीहरको प्रयोग :

कम्पनीहरूले हाल विभिन्न जीवाणु जडिवुटीहरू मिसाई बनाईएको रोग तथा किरानाषक जैविक विषादीहरू बजारमा ल्याएका छन् । वोट विरुवाहरूमा तलदेखि माथिसम्म राम्ररी भिज्ने गरी (यसलाई रोगको/विरुवाको अवस्था हेरी) ५-७ दिनको फरकमा स्प्रे गरेमा किराहरूको नियन्त्रण गर्न सकिन्छ ।

सम्बन्धित विषय

थप समाचार