गाई भैँसीमा लाग्ने रोगहरूले पशु स्वास्थ्यमा मात्रै नभई दूध उत्पादन र मासु उत्पादनमा पनि असर पु-याउँदछ । त्यसैले समयमा नै रोग पत्ता लगाई समाधान गर्न तथा रोग नै लाग्न नदिन सचेत हुन आवश्यक रहेको छ । त्यसैले यहाँ गाईँभैँसीमा लाग्ने विभिन्न रोगको कारण र रोकथाम तथा उपचारबारे चर्चा गरिएको छ
लम्पी स्किन रोग एक गाइभैँसीमा देखिने खतरानाक रोग हो । यो रोग मानिसहरूमा सर्दैन । गर्मी मौसममा टोक्ने झिंगा (डाँस), लामखुट्टे, किर्नी जस्ता कीराहरूले सङ्ख्या बढी तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिन्छ ।
रोगले निम्ताउने समस्याहरूः
दूध उत्पादनमा तीब्र गिरावट आउँछ ।
प्रजनन्मा समस्या आउने तथा गर्भिनी पशुमा गर्भपतन समेत हुन जान्छ ।
भैँसीको छालाको गुणस्तरमा ह्रास आउँछ ।
वजन घट्ने र कहिलेकाहि मृत्युसमेत हुन सक्छ ।
यी सबै कारणले गर्दा गाईभैँसीको ओसारपसार र व्यापारमा प्रतिबन्ध गर्नुपर्ने हुँदा थप आर्थिक नोक्सानी हुने गर्दछ ।
रोग सर्ने तरिकाः
लामखुट्टे, टोक्ने भिंगा र किर्ना जस्ता किराहरूको टोकाइबाट,
संक्रमित गाईवस्तुहरूको ओसारपसार,
सामुदायिक चरन क्षेत्र तथा दाना पानी खाने ठाउँहरूबाट,
प्राकृतिक वा कृतिम गर्भाधानबाट,
पशु उपचार गर्ने क्रममा फरक गाईभैसीहरूमा एउटै सुईको प्रयोगबाट,
संक्रमित पशुहरूको प्रत्यक्ष सम्पर्कबाट ।
लम्पी स्किन रोगका लक्षणहरूः
– ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा माथि), दानापानी कम खाने र दूध उत्पादन घट्दछ ।
– छालामा १–५ सेन्टिमिटरको साह्रो गोलो गिर्खाहरु (सामान्यतयाः सुरुमा टाउको र घाँटीमा) देखिन्छ ।
– लामो रौ भएको गाईभैँसीमा गिर्खाहरू सजिलै देखिदैनन् । जीउ छाम्दा तथा पानीले भिजेको अवस्थामा मात्र पत्ता लगाउन सकिन्छ ।
– सामान्य संक्रमणमा गिर्खाहरूको संख्या थोरै भए पनि गम्भिर सङ्क्रमणहरूमा पूरै शरीर ढाक्ने गरी हुन सक्छ ।
– गिर्खाहरू केही समयपछि हराउन सक्छन् । कहिलेकाही गिर्खाहरू फुटेर गहिरो घाउ भई कीरा तथा झिँगाहरूले (औँसा)ले घाउलाई थप जटिल बनाउन सकिन्छ ।
– थुतुुनो, ओठ, मुख र नाकभित्र घाउ देखिन्छ । आँखा र नाकबाट अत्याधिक मात्रामा तरल पदार्थ आउछँ ।
– -याल काड्छ ।
– लिम्फ नोडहरू सुन्निने हुन्छ ।
– केही सङ्क्रमित गाईभैसीहरूले कुनै पनि किसिमको लक्षण नदेखाउन सक्छन् ।
उपचारः
गाईभैँसीहरूको नियमित निरिक्षण गर्नुपर्दछ ।
रोगको प्रकोपको समयमा वा जोखिममा रहेका क्षेत्रमा पर्ने गाईभैँसीहरूको दैनिक निरिक्षण गर्नुपर्दछ ।
पशुहरूलाई रोग लागेको, शकां भएमा तुरुन्त प्रावधिक, स्थानीय तहको पशु सेवा शाखा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु सेवा विभाग र अन्र्तगतका निकायलाई जानकारी गर्नुहोस् ।
लम्पी स्किन रोग भएको अवस्थामा पशुहरूको आवतजावत तुरुन्त रोक्नुपर्छ ।