बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

तेस्रो पुस्ता कटिङ ( 3G Cutting ) : लहरे बाली उत्पादन वृद्धिका लागि प्रभावकारी विधि

आइतबार, साउन १३ २०८१
102 views
तेस्रो पुस्ता कटिङ ( 3G Cutting ) :  लहरे बाली उत्पादन वृद्धिका लागि प्रभावकारी विधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : लहरे तरकारी बाली भन्नाले काँक्रा, फर्सी, घिरौला लौका, करेला, चिचिन्डो, स्कुस आदिलाई बुझिन्छ । लहरे तरकारी बालीको एक बिरुवामा पनि भाले र पोथी फूल फरक–फरक हुने गर्दछन् । पोथी फूलमा सुरुमै चिचिला बसेको हुन्छ भने भाले फूलमा चिचिला हुँदैन । यी भाले र पोथी फूलहरु फुल्ने समय पनि फरक फरक हुन्छन् । यस्ता लहरे बालीहरुमा भाले फूलको सङ्ख्या बढी र पोथी फूल कम सङ्ख्यामा फूल्ने हुँदा उत्पादनमा कमी हुने समस्या देखिन्छ ।

भाले फूलबाट निस्कने परागकणलाई मौरी, भमरा लगायत अन्य परागसेचकहरुले पोथी फूलमा पुर्यायर   परागसेचन भएपछि मात्र फल अडिने हुन्छ अन्यथा कुहिएर झर्छ । धेरै जसो लहरे तरकारीमा परागसेचन नभएकै कारण फल नलाग्ने वा सानैमा फलका चिचिलाहरु कुहिने सामस्या देखिन्छ । यस्तो समस्यालाई समाधान गर्न मानिस आफँले कृत्रिम परागसेचन गराइदिने  अथवा परागसेचनमा सहयोग पुर्याउन मौरीको घार लगेर राख्नुपर्ने हुन्छ ।

तसर्थ, बोटमा पोथी फूलको सङ्ख्या धेरै भएमा र फुलेका मध्ये धेरै पोथी फूलहरु सेचित भएमा मात्र लहरे तरकारीको उत्पादनमा वृद्धि हुन्छ । लहरे तरकारी बालीमा पोथी फूलको सङ्ख्या बढाउन कृत्रिम हर्मोन जिब्रेलिक एसिड  को प्रयोग व्यवसायिक कृषकहरुले गरेको पाइन्छ । कृत्रिम हर्मोन प्रयोग नगरी प्राकृतिक रुपमै लहरे बालीमा पोथी फूलहरुको सङ्ख्या बढाउने प्रभावकारी प्रविधि भनेको तेस्रो पुस्ता कटिङ  पनि एक हो ।

तेस्रो पुस्ता कटिङ  भनेको के हो ?
अङ्ग्रेजीमा थ्रि–जी  भनेको थर्ड जेनेरेसन तेस्रो पुस्ता हो । क्रमैसँगले पहिलो पुस्ताको हाँगा र दोस्रो पुस्ताको हाँगालाई काट्दै तेस्रो पुस्ताको हाँगाबाट बाली उत्पादन लिने प्रविधिलाई नै थ्री–जि कटिङ भन्ने गरिन्छ । यो प्रविधिको मुख्य उद्देश्य भनेको बिरुवामा भाले र पोथी फूलको उचित अनुपात कायम गर्नु हो जसले गर्दा बढी उत्पादन लिन सकियोस् ।

3g cutting .jpg

लहरे तरकारी बालीका बीउ उम्रिए पश्चात जुन मुख्य हाँगाको विकास हुन्छ त्यस हाँगालाईपहिलो पुस्ताको हाँगा भनिन्छ भने पहिलोबाट निस्कने अर्को सहायक हाँगालाई दोस्रो पुस्ताको हाँगा र दोस्रो पुस्ताको हाँगाबाट निस्कने सहायक
हाँगालाई तेस्रो पुस्ताको हाँगा भनिन्छ । तेस्रो पुस्ता कटिङ भन्नाले पहिलो तथा दोस्रो पुस्ताको हाँगाको वृद्धि विकासलाई निश्चित स्थानमा रोकी तेस्रो पुस्ताको हाँगाहरुको वृद्धि विकास गर्नु हो ।

पहिलो र दोस्रो पुस्ताको हाँगाहरुमा पोथीफूलहरुको तुलनामा भाले फूलहरुको सङ्ख्या बढी हुन्छ जसका कारण फूलहरु धेरै देखिए पनि फल थोरै लाग्ने हुन्छ । तेस्रो पुस्ता कटिङ गर्दा तेस्रो पुस्ताका हाँगाहरुमा धेरै सङ्ख्यामा पोथी फूल फुल्ने र फल धेरै लाग्ने भएकाले
उत्पादनमा वृद्धि हुन्छ । यो प्रविधि विशेष गरि लहरे तरकारी बालीहरु जस्तै काँक्रा, घिरौला, फर्सी, लौका, करेला, चिचिन्डो, स्कुस, आदि बालिहरुमा बढी प्रयोग गर्ने गरिन्छ । यो प्रविधि लहरे तरकारीमा मात्र सीमित नभई अन्य तरकारी
तथा फलपूmलहरु जस्तै गोलभेँडा, भेण्टा, भिण्डी, खुर्सानी, अङ्गुरमा पनि उत्तिकै प्रभावकारी भएको पाइन्छ ।

तेस्रो पुस्ता कटिङ गर्ने तरिका
तेस्रो पुस्ता कटिङ गर्ने बिरुवाको फेददेखि पाँचवटा पातसम्म कुनै पनि हाँगा आउन दिनु हुँदैन । यदि हाँगा आएमा त्यसलाई हटाउनुपर्दछ । अनि सो भन्दा माथि पलाएका हाँगालाई वृद्धि हुन दिनुपर्दछ ।  जब बिरुवा ७ देखि ८ फिट (लौका, करेला, घिरौला आदिको हकमा) अथवा ५ देखि ६ फिट (काँक्रा र फर्सीको हकमा) अग्लो हुन्छ तब त्यस

बिरुवाको मुख्य हाँगा/ काण्डको टुप्पा : 
पट्टीको करिब ४ देखि ५ इन्च भागलाई काटेर फाल्नुपर्दछ । यस्तो अभ्यासलाई अङ्ग्रेजीमा पिन्चिङ भनिन्छ । यसो गर्नाले उक्त काण्डको वृद्धि रोकिन गई विरुवाले दोस्रो पुस्ताको हाँगाहरु दिन थाल्दछ । जब मुख्य काण्डको टुप्पो काटे पश्चात पलाएको दोस्रो पुस्ताका हाँगाहरु हुर्किएर २ देखि ३ फिट अग्लो हुन्छन्, तब दोस्रो पुस्ताका  हाँगाको टुप्पा पट्टिको भागलाई समेत काटेर फाल्नुपर्छ । यसरी दोस्रो पुस्ताका हाँगाबाट पलाउने तेस्रो पुस्ताका हाँगाहरुमा धेरै भन्दा
धेरै सङ्ख्यामा पोथी फूलहरु फुल्दछन् ।

तेस्रो पुस्ता कटिङका फाइदाहरु : 
- यस प्रविधिको प्रयोग गरी पोथी फूलको सङ्ख्या बढाउन तथा फल झर्ने समस्या कम गर्न सकिन्छ ।
- यस प्रविधि मार्फत लहरे बालीको उत्पादनमा तीव्र रुपमा वृद्धि हुन्छ (लगभग ३ देखि ४ गुणाले वृद्धि हुन्छ) ।
- यो प्रविधिको प्रयोग गरी सानो क्षेत्रबाट बढी उत्पादन हुने हुँदा   धेरै लाभ लिन सकिन्छ । यस विधिबाट उत्पादित तरकारीको गुणस्तर तथा आकार राम्रो
हुन्छ ।
- यस प्रविधिबाट धेरै फूलहरु फुल्ने हुनाले परागसेचक कीराहरुको चरन / खानामा वृद्धि हुन्छ ।
- यो कम खर्चिलो छ र सामान्य प्राविधिक ज्ञानले आफैं गर्न सकिन्छ ।

तेस्रो पुस्ता कटिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु : 
- बिरुवाको फेददेखि पाँचवटा पात आउने उचाइसम्म कुनै पनि हाँगा आउन दिनु हुँदैन । यदि हाँगा आएमा त्यसलाई हटाउनुपर्दछ ।
- यो विधिको प्रयोग गर्दा माटोमा पर्याप्त मात्रामाचिस्यान कायम गर्न सिँचाइको उचित प्रबन्ध मिलाउन पर्दछ ।
- पहिलो पुस्ताको मुख्य काण्डको टुप्पो हटाए पश्चात सहायक हाँगाहरुको विकास हुने हुँदा फूल फुल्ने, फल लाग्ने प्रक्रिया ढिलो हुन्छ ।
- हाँगाहरु काट्दा छड्के हुनेगरी काट्नु हुँदैन । छड्के काट्दा ठुलो चोट लाग्ने हुनाले सङ्क्रमणकोजोखिम बढी हुन्छ ।
- हाँगाहरु काटेको ठाउँबाट ढुसी र ब्याक्टेरिया जस्ता जीवाणु तथा कीराहरुको आक्रमण हुनबाट बचाउन
  उत्पादन एकै समयमा तयार हुने हुँदा बजारको व्यवस्थापनमा ध्यान नदिए ठूलो क्षेत्रफलमा खेती गर्दा नोक्सानी व्यहोर्नु पर्ने हुनसक्छ ।
- ठुलो क्षेत्रफलमा गरिएको खेतीमा तेस्रो पुस्ता (थ्रि–जी) कटिङ त्यति व्यवहारिक नहुन सक्दछ । ७–८ फिट ४–५ पात भएको अवस्थामा कुनै पनि ह्रास  आउन दिनु हुन्न । दोस्रो पुस्ताको हाँगा  २–३ फिटको लम्बाई भएमा टुप्पो काट्नुपर्छ । तेस्रो पुस्ताको  पोथी फूल मात्र फुल्दछ । पहिलो पुस्ता दोस्रो पुस्ता तेस्रो पुस्ता ४–५ पात भएको अवस्थामा कुनै पनि हाँगा आउन दिनु हुन्न । दोस्रो पुस्ताको हाँगा २–३ फिटको लम्बाई भएमा टुप्पो काट्नुपर्छ ।
तेस्रो पुस्ताको हाँगामा पोथी फुलहरु धेरै मात्रामा फुल्दछ ।
- तेस्रो पुस्ता कटिङ गरेका बालीलाई अलि बढी मल, सिँचाइ, हेरचाहा आवश्यक पर्ने हुँदा व्यवस्थापनमा उचित ध्यान र समय दिन नसकेको खण्डमा नोक्सान हुनसक्दछ ।
- तेस्रो पुस्ता कटिङ पश्चात बिरुवाको वनस्पतिक वृद्धिलाई प्रोत्साहान गर्नको लागि प्रशस्त मात्रामा सूर्यको प्रकाश पर्ने स्थानमा खेती गर्नु आवश्यकता हुन्छ ।
- मुन्टा खाने प्रयोजनको लागि लगाइने बालीको (जस्तै फर्सी) हकमा यो विधि उपयुक्त नहुनसक्छ ।

क्र.सं. विवरण कृषकको अभ्यास तेस्रो पुस्ता कटिङ
१ ५०% पोथी फूल फुलेको दिन ३०.४ दिन ३२.८ दिन
२. प्रति बोट भाले फूलको सङ्ख्या २३६ ११९
३. प्रति बोट पोथी फूलको सङ्ख्या ६५ ७२
४. भाले : पोथी फूलको अनुपात ४.३८ १.८९
५. फल झर्ने समस्या धेरै कम
६. फलको गुणस्तर र आकार फरक आकारका (साना, ठुला) एकै आकारका, एकरुपता
७. प्रति बोट फल सङ्ख्या ८.८ १२.८
८. औसत फलको तौल ७७५.६ ग्राम ८२७.२ ग्राम
९. उत्पादन (प्रति बोट) ७.९ के.जी. ९.५ के.जी.
१०. उत्पादन (प्रति हेक्टर) ७९.३ के.जी. ९५.२ के.जी.

सन्दर्भ सामग्री: 
वीकीपिडया
गुगलका विभिन्न श्रोत तथा   सामाजिक संजाल
Chapagain, U., Bhandari, S., Shrestha Y.M., Bista, S. and Dahal, J. (2022). Effect of Pruning and Fertilizers on Growth, Flowering and Yield of Cucumber (Cucumis sativus L.) under Protected Structure in Panchthar, Nepal. Internation Journal of Applied Science and Biotechnology
(IJASBT). Vol 10(3): 171-181. Chaurasiya, D. K., Kumar, M., Sahni, S., & Singh, S. (2020). 3G Cutting: A wonderful technique to redouble the production of cucurbits. Biotica Research Today, 2(12), 1308-1310. Razauddin, Subhash, V., Singh, P., Singh, V., Kumar, S., & Verma, S. S. (2023). 3G Cutting: A 21th century revolutionary technique to enhance the production of cucurbitaceous crops. Recent Trends in Horticulture. Shah, S. A. A., Ayub, G., Shah, S. A. A., Khan, M., Ayaz, A., Zeb, S., Ahmad, S., Azeem, I., Sun, N., & Xu, M. G. (2022). Influence of gibberellic acid on the growth and yield of bitter gourd in semi-arid climate. Applied Ecology and Environmental Research, 20(6), 5209-5221.

सम्बन्धित विषय

थप समाचार