बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

फलफूल भण्डारण कसरी र कहाँ गर्ने ?

शुक्रबार, माघ ५ २०८०
23 views
फलफूल भण्डारण कसरी र कहाँ गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

ताजा तरकारी तथा फलफूलमा उत्पादनोपरान्त गरिने विभिन्न क्रियाकलापहरूमा २०-३० प्रतिशतसम्म भएको क्षति पाइन्छ । फलफूल टिपेपछि चाडैँ नै बिगे्रर वा नाश भएर जाने भएकाले यसलाई सामान्य अवस्थामा भण्डारण गर्न सकिदैन । जैविक अजैविक विभिन्न कारणहरूले गर्दा भण्डारणमा गुणात्मक र परिमाणात्मक दुवै क्षति हुन जान्छ । तसर्थ यो क्षतिलाई कम बनाइ लामो समयसम्मको फलफूल तरकारी राख्नको लागि उचित तरिकाले भण्डारण गर्नुपर्दछ ।

भण्डारण किन गरिन्छ ?

१. कम तापक्रमको व्यवस्था गरी फलफूलको जैविक क्रियाकलापलाई कम/ढिलो गराउन,

२. फलफूलको सतहमा हुने चिस्यान कम गरी सुक्ष्म जिवाणुहरूको क्रियाकलापलाई न्यून वा ढिलो गराउन,

३. भण्डारण कोठामा रहेको हावामा उच्च आद्रता र उचित तापक्रमको व्यवस्था गरी फलफूलबाट बाष्पीकरण हुन नदिई फलफूलको तौललाई घटन् नदिने ।

भण्डारणका किसिम

१. थुप्रो पारेर गरिने भण्डारणः फललाई बगैँचाबाट टिपेर छोटो समयलाई गरिने भण्डारण हो ।

२. जमिनमुनि खाल्डो खनी गरिने भण्डारणः यो परम्परागत भण्डारण प्रविधि हो । पानीको निकास राम्रो हुने ठाउँमा खाल्डो खनिन्छ । सो खाल्डोको वरिपरी पराल वा खर ओछ्याइन्छ । त्यसमाथि भण्डारण गरिने फलफूलहरू राखिन्छ र जमिनको सतहसम्म खरले छोपिन्छ । त्यसमाथि १५–२० से.मि.बाक्लो हुने गरी माटोले छोपिन्छ ।

३. कोल्ड स्टोरः उच्च प्रविधियुक्त्त भण्डारण हो जसमा बिजुलाीको प्रयोग गरी कम तापक्रम तथा उच्च आद्रता कायम गरिन्छ । यो खर्चिलो हुने भएकाले ठुलो परिमाणको लागि थोक व्यापारीले प्रयोगमा ल्याउछन् ।

४. शून्य शक्ति भण्डारणः यो एक किसिमको सरल प्रविधि हो । जसमा ग्याँस, बिजुली जस्ता बाहिरी शक्तिको प्रयोग बिना नै भण्डारण गर्न सकिने वातावरण तयार गर्न सकिन्छ । त्यस्तो भण्डारणलाई शून्य शक्ति भण्डारण भनिन्छ ।

५. रष्टिक स्टोरः यो पनि एक सामान्य तथा सरल प्रविधि हो । यस किसिमको प्रविधिको लागि उचाई १२०० मि.भन्दा बढी उत्तर फर्केको ठाउँ छनोट गर्नुपर्दछ । यसको लागि जमिनबाट उठाएर घर बनाइन्छ र सोही घरभित्र खापाहरू निर्माण गरी भण्डारण गरिन्छ । यो प्रविधि मुख्य गरी आलु भण्डारणको लागि प्रयोग गरिन्छ ।

६. सेलार स्टोरः सेलार स्टोर भनेको भिरालो गह्रा कान्ला परेको जग्गालाई खारेर अर्थ भूमिगत अवस्थाको घर निर्माण गरी कम तापक्रम र बढी आद्रताको व्यवस्थापनद्वारा फलफूल भण्डारण गर्ने एक सरल प्रविधि हो ।

सेलार स्टोर निर्माणका उद्देश्यः

 बेमौसममा उपभोत्ताको मागअनुसार फलफूलको आपूर्ति गर्न ।

 ग्रामिण क्षेत्रमा बैकल्पिक आय श्रोतको अवसर सृजना गर्न ।

 सुन्तला खेती गर्ने कृषकहरूलाई अझ बढी प्रोत्साहित गर्न ।

 सुन्तला जात फलफूललाई बजारमुखी बनाई बजारीकरण गर्न ।

निर्माण स्थल छनौटका आाधारहरू

 सामान्यतयाः निर्माण स्थलको उचाई १२०० मिटर र अन्य आधारभूत अवस्था ठिक भएमा निर्माण कार्यको थालनी गर्न सकिन्छ ।

 निमार्ण स्थलको आधारभूूत अवस्थाहरुमा निर्माण स्थल सकभर उत्तरतर्फ फर्केको, ओसिलो, निर्माण स्थल छेउछाउ झ्याम्म परेको रुख विरुवा भएको उपयुक्त हुन्छ ।

घरको नजिक भएमा रेखदेख तथा आवश्यक व्यवस्था गर्न सजिलो हुने हुँदा सेलार भण्डार गृह घरको नजिक भए राम्रो हुन्छ ।

सेलार स्टोर निर्माण गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरू

 सेलार स्टोर बनाउन कृषकहरूसँग प्रशस्त सुन्तला उत्पादन हुन्छ कि हुँदैन त्यो हेर्नुपर्दछ ।

 निर्माण स्थल प्राविधिक दुष्टिले उपयुक्त छ छैन विचार पु-याउँनुपर्दछ ।

 निर्माण खर्च किसानले बेहोर्न सक्छ कि वा सहयोग पनि चाहिन्छ त्यसमा समेत बिचार पु-याउनु पर्दछ।

 कृषकहरूसँग फलफूल भण्डारणसम्बन्धि आधारभूत ज्ञान छ कि छैन हेर्नुपर्दछ ।

 कृषक सहयोगी र वास्तविक रूपमा यो प्रविधि प्रति रुचि राख्ने गर्दछ कि त्यसमा समेत विचार पु-याउनु पर्दछ ।

भण्डारण गर्दा ध्यान दिनुपर्ने कुराहरू र भण्डारण तरिकाः अध्ययन परीक्षणअनुसार फलको अमिलोपना शीत भण्डारमाभन्दा सेलार घर र कोठे भण्डारणमा चाडैँ घटेको पाइयो । यसरी अमिलोपनको मात्रा कम हुने र गुलियोको मात्रा बढी हुने अवस्था श्रृजना हुँदा भण्डारणमा राखिएको फलको गुणस्तरमा छिट्टै ह्रास आउँछ ।

सोलार भण्डारको अवस्था ठिक भएमा ९ देखि १३ हप्ताजतिको अवधिसम्म सुन्तला, कागती, जुनार जस्ता फलफुलहरूलाई सुरक्षित साथ भण्डारण गर्न सकिन्छ । भण्डार कोठा सफा राख्ने र तातो चिसो हावा खेल्ने सुविधा मिलाउनुपर्दछ ।

कुहिएका फल हटाउँदै जाने र १० प्रतिशतभन्दा बढी फल कुहिएमा फललाई भण्डारबाट झिकी बिक्री गर्ने वा खाने गर्नुपर्दछ । भण्डारको लागि राम्रो मानिएको सामाग्रीहरू जस्तै : सल्लाको हरियो पात, कोदोको भुस र अखबारहरू सुविधाअनुसार व्यवस्था गर्नुपर्दछ ।

थप समाचार