बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पशुपालन व्यवसायमा गर्नु पर्ने अग्रगमन

बुधबार, साउन २३ २०८१
9 views
पशुपालन व्यवसायमा गर्नु पर्ने अग्रगमन

समाचार शेयर गर्नुहोस्

Share this news

नेपाल कृषि प्रधान देश हो । ६६ प्रतिशत जनताले कृषिमा रोजगारी पाएका छन् । राष्ट्रिय कुल गार्हस्थ आयको ३३ प्रतिशत कृषिबाट नै पूर्ति हुन्छ । कृषि कुल गार्हस्थ आय (ब्न्म्ए) को २५.६८ प्रतिशत हिस्सा पशुपालन क्षेत्रले ओगटेको छ । ब्न्म्ए मा दुग्ध व्यवसायले १२.३६ प्रतिशत योगदान गरेको छ । वर्तमान अवस्थामा दुध उत्पादन १४९६ हजार मे.ट.मासु उत्पादन २४९ हजार मे.ट. र फुल उत्पादन ६४  करोड गोटा छ ।

स्वदेशी खपतमा पनि दुध, फुल, मासु न्यून भएर गएको अवस्था छ । तसर्थ यो अवस्था सुधार्न पशु तथा पशुजन्य पदार्थको मूल्य अध्ययन गरी निम्न अनुसार कार्य गर्न जरुरी छ ।

१. दुध तथा दुध जन्य पदार्थ  : 

बजारमा दैनिक ४ लाख लि. दुध न्युन भएको तथ्य छ । हाल दुग्ध विकास संस्थाले प्रतिदिन ३० हजार लि. दुध पटना (बिहार) बाट आभार गरेको छ । चैत्र–श्रावणसम्म धुलो दुधमा नै दुग्ध डेरी आश्रित हुन्छन् । तसर्थ यो अवस्थामा सुधार ल्याउन समन्वयात्मक रूपमा यी कार्यहरू गर्न जरुरी छ 

- काठमाडौं उपत्यकमा दुध आपूर्ति गर्ने नजिकको दुध उत्पादन गर्ने थलो काभ्रेपलान्चोक जिल्ला  हो । जहाँ भैंसी पालन मुख्य पेशा छ तर थारो हुनासाथ भैंसी मासुको लागि बेचिन्छ । तसर्थ यो कुचक्र तुरुन्त बन्द गर्नुपर्छ । भैंसीलाई मासुमा बेचबीखन गर्न रोक लगाई थारो भैंसी व्यवस्थापन कार्यक्रम, कार्यविधि स्वीकृति गराइ यस्ता समस्या भएका क्षेत्रमा अधिक्तम सुरु गर्नुपर्छ ।  पाडा÷पाडी जन्मनासाथ मार्ने÷फ्यांक्ने अवस्थामा सुधार गर्ने र जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरू संचालन गर्नुपर्छ ।

- राष्ट्रिय दुग्ध उत्पादन ६० प्रतिशत भैंसी र ३० प्रतिशत गाईको योगदान रहेको छ । जबसम्म गाईको दुधले ५० प्रतिशत बजार ढाक्दैन तबसम्म दुध आपूर्ति अवस्था न्यून हुन जान्छ । तसर्थ उन्नत गाई पालन अभियानको रूपमा डेरी क्षेत्रमा एकीकृत रूपमा आहार व्यवस्थापन, चरन व्यवस्थापन गर्नुपर्छ ।

-  दुधको उत्पादन लागत बढी भै बजारमा प्रतिस्पर्धी हुन नसकी भारतीय दुध आएको अवस्था छ । तत्काल यो अवस्थामा सुधार गर्न घाँस नीति बिस्तार गर्ने, परालमा युरिया १–२ प्रतिशत उपचार गरी हिउँदमा खुवाउने, ग्चभब mयभिककभक mष्लभचब
िदयिअप पशुलाई दिने र दानामा आधारित भन्दा घाँसमा आधारित पशुपालनमा बढावा दिए उत्पादन बढाउन सकिन्छ ।

-  तराई क्षेत्रमा उन्नत भैंसी बढाउनुपर्ने देखिन्छ । यसको लागि भारतबाट आयात गर्न प्रोत्साहन गर्ने र भारतसँग सहकार्य गर्न सकिन्छ । पहाडमा भंैसीमा सुधार गरी ६२ प्रतिशत द्ययियम भिखभ िमुर्रामा  राख्ने । गाईमा जर्सी ६२ प्रतिशत द्ययियम भिखभ
तथा होलीस्टीन गाई राम्रो व्यवस्थापन अन्तर्गत पालन गर्नुपर्छ । कृत्रिम गर्भाधान कार्यक्रम सघन रूपमा प्रत्येक विकास क्षेत्रमा १ जिल्लामा लान सकिन्छ, जस्तै पूर्वमा इलाम, मध्यामाञ्चलमा काभ्रे,  पश्चिमान्चलमा रुपन्देही आदि । कृषकको माग अनुसार जर्सी र होलीस्टीन साढेको बीर्य उपलब्ध हुनुपर्छ । जिल्लाका भित्री भागमा भंैसीमा प्राकृतिक  गर्भाधान गर्ने र सुगम ठाउँमा कृतिम गर्भाधान गर्दा राम्रो हुन्छ । पशु प्रजनन केन्द्र बिस्तार गरी सेवा   सर्वसुलभ पार्दै निजी क्षेत्रका प्रविधिहरूलाई पनि कृत्रिम गर्भाधान सेवा तालिम, उपकरण सहज पार्नुपर्छ । बीचको ढुवानीमा राष्ट्रिय पशु प्रजनन केन्द्र, पशु उत्पादन निर्देशानालय र सम्बन्धित क्षेत्रिय पशु सेवा निर्देशानालयलाई सशक्तिकरण  गर्नुपर्छ ।

-  कृषि सडक बिस्तारसँगै उन्नत पशुपालनमा जोड दिने, दुग्धको निति २०६४ लागू गर्न राष्ट्रिय दुग्ध विकास बोर्डले पहल गर्नुपर्छ । कृषकमा सरल कर्जा उपलब्ध गर्ने, दुधको बजार, संरक्षण केन्द्र मिटिङ सेक्टर र दुग्ध सहकारी संस्थालाई उपकरण, ढुवानीमा क्रमिक अनुदान कम्तीमा ५ वर्ष सुनिश्चीत गर्नुपर्छ । युवा रोजगारको लागि पशुपालन व्यवसाय आर्कषक गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।

- कृषि जैविक विविधता कायम राख्न अछामी गाई, पारकोटे, ठिमी गाई, भैंसीको क्षेत्र पहिचान गरी उक्त स्थानमा कृत्रिम गर्भाधान कार्यक्रम संचालन गरी स्थानीय जातको पशुको संरक्षण गर्ने । उन्नत गाई, भैंसी र बथानमा खरेत, चरचरे र भ्यागुते खोप नियमीत रूपमा वर्षमा २–३ पटक लगाउने । आन्तरीक परजीवि विरुद्ध औषधी चैत्र–
वैशाख र असोजमा गरी दुई पटक खुवाउने । पशु स्वास्थ्य व्यवस्थापन हमेशा गर्ने र पशु विमा डेरी   पकेटमा अनिवार्य गर्नुपर्छ ।

२. मासु उत्पादन : 
मासु उत्पादनको ६४ प्रतिशत हिस्सा राँगो, भैंसीले लिन्छ । १६ प्रतिशत हिस्सा खसी, बाख्राले लिन्छ भने   ७ प्रतिशत भाग कुखुरा र ७ प्रतिशत भाग बंगुरको मासुले लिन्छ । नेपालले वार्षिक १५ अरब बराबरको मासु आयात गर्दै आएको छ । यसमा प्रमुख रूपमाराँगो, खसी, च्याङ्रा भेंडा आदि पर्दछन् । कुखुराको मासुमा नेपाल आत्मनिर्भर छ । तसर्थ मासु उत्पादन बढाउन निम्न अनुसार कार्य गर्नु उपयोगी ठहर्छ ।

- पाडा/ पाडी हुर्काउने कार्यक्रम : दुध छुटाएको पाडा/ पाडी सहकारी गठन गरी हुर्काउने कार्यक्रममा सरकारी अनुदान ५ वर्ष दिने र उत्पादित राँगोको   बजार व्यवस्थापनमा पशु: पंक्षी बजार प्रवद्र्धन निर्देशानालयले सहजकर्ताको भूमिका निर्वाह   गर्नुपर्छ ।

- बाख्रा पालन पकेट प्याकेज कार्यक्रम संचालनभएका ठाउँमा खसी संरक्षण केन्द्र खोली मासुको राष्ट्रिय बजारसँग आवद्ध गर्ने । खाद्य संस्थासँगसहकार्य गरी करारमा बाख्रा पालन गरी खसी, बोका आपूर्ति गर्ने व्यवस्था गर्ने र यो कार्यमा  पशु उत्पादन निर्देशानालयले प्रमुख भूमिका निर्वाह  खेल्नुपर्छ ।

- उच्च पहाडमा भेंडापालन गर्ने कृषकमा सहज ऋण दिने । चरन, सुधार, घुम्ती गोठको लागि जि.प.सं.मा. ले सहजकर्ताको भुमिका खेल्ने ।

- स्थानीय नस्लका पशुलाई संरक्षण, सम्बद्र्धन गर्ने ।

- पशु स्वास्थ्य व्यवस्थापन सुदृढ पार्ने । भेंडा,   बाख्रामा जुका विरुद्ध चैत्र–वैशाख र असोज–  कात्र्तिकमा दुई पटक परजीवि विरुद्ध औषधी   खुवाउने । पाडा÷पाडीमा नाम्ले विरुद्ध २ पटक औषधी वैशाख र असोजमा खुवाउनुपर्छ र एएच् खोप वर्षमा १ पटक भेडा, बाख्रामा लगाउनुपर्छ ।

Source : 

सम्बन्धित विषय

थप समाचार