बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Codiaeum variegatum pictum हो। यो गरम हावापानी मा हुर्कने झाडीदार वनस्पति हो। यसको उचाई १० फुटसम्म हुन्छ । यसको ठूलो, बाक्लो र थरिथरिको रङ्गको र आकारको सदाबहार पात नै यसको विशेषता हो। यसका सैयौं प्रकारहरु पाइन्छ । गरम हावापानी हुने स्थानमा जहाँ तापक्रम हिउँदमा पनि १० डि.से. भन्दा तल जाँदैन, यसलाई घरबाहिर पनि  लगाउन सकिन्छ । जाडो हुने ठाउँमा भने यसलाई घरभित्र वा ग्रिनहाउसमा  लगाउनु पर्दछ ।

आजभोलि क्रोटोन सबैभन्दा बढी बिक्री हुने पत्तेदार बिरुवाहरु (foliage plants)  मध्ये एक हो। क्रोटोनलाई इन्डोर र आउटडोर दुबै तरिकाले लगाउन सकिन्छ । जाडोठाउँमा हिउँदमा घरभित्र लगाउनु पर्दछ । गर्मीमा आउटडोरमा भएका बिरुवाइन्डोरमा ल्याउँदा बिस्तारै अनुकूलिकरण गरेर ल्याउनु पर्दछ ।

गर्मी मौसममा१५ दिनको फरकमा मल हाल्ने र हिउँदमा महिनाको एकपटक मल दिनु पर्दछ ।माटोलाई सधै चिसो बनाइराख्नु पर्दछ । वर्षको १ पटक रिपटिङ्ग गर्नु पर्दछ । यसको प्रसारण हाँगाको कटिङ्गबाट सजिलै गर्न सकिन्छ ।

Source : पुष्प विकास केन्द्र, गोदावरी 

सम्बन्धित विषय

थप समाचार