बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

डाइफेनब्याकिया (डम्ब केन)

बिहीबार , साउन २४ २०८१
9 views
डाइफेनब्याकिया (डम्ब केन)

समाचार शेयर गर्नुहोस्

Share this news

यसको वैज्ञानिक Dieffenbachia seguine  नाम हो। यो बिरुवामा पनि
क्याल्सियम अक्जालेट तत्व पाइने भएकोले यसको सम्पर्कमा आएमा छालाको
एलर्जि हुन सक्दछ । अचेल यसको थुप्रै हाइब्रिड जातहरुको विकास गरिएको छ ।
ठूला ठूला पातहरुमा सेतो धर्सा वा धब्बा हुने भएकोले यो निकै आकर्षक र
लोकप्रिय इन्डोर बिरुवा मानिन्छ ।

यसलाई हल्कादेखि मध्यम उज्यालो आवश्यक पर्दछ ।   झ्यालको नजिक राख्दा यो राम्ररी फष्टाउँछ । तापक्रम १८–२७ डि.से. उपयुक्त हुन्छ । वसन्त र गृष्म महिनामा २ हप्तामा एक पटक तथा हिउँदमा महिनाको १ पटक  नाइट्रोजनको मात्रा बढी भएको मल हाल्नु पर्दछ । पानी हाल्दा हल्का भिज्ने गरी तर बढी नहुने गरी हाल्नु पर्दछ ।

प्रत्येक वर्ष वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । यसको प्रसारण डाँठको टुप्पाको कटिङ्गबाट सजिलै गर्न सकिन्छ ।    नयाँ पालुवालाई माउबोटबाट छुट्याउने र त्यसको टुप्पातिरको २ वटा पात राखेर अरु पात हटाई रुटिङ्ग   मिडियामा राखेमा १ देखि २ महिनामा जरा हाल्दछ ।   त्यसैगरी यसकोपुरानो छिप्पिएको डाँठको कम्तीमा २ वटा आँख्ला भएको टुक्रालाई पनिमिडियामा रोपेर नयाँ बिरुवा बनाउन सकिन्छ ।

Source : स्रोत  पुष्प विकास केन्द्र, गोदावरी 

सम्बन्धित विषय

थप समाचार