सुनाखरी बनस्पति वर्गको ठूलो मध्येको अर्किडेसी परिवारभित्र पर्ने बिरुवा
हो जसअन्तरगत झण्डै २५००० प्रजातिहरु पर्दछन् । यसको लामो समयसम्म
टिक्ने आकर्षक र विविध रङ्ग र आकारमा पाइने हुनाले निकै लोकप्रिय छ । यसलाई
पनि थुप्रै रोग र कीराले आक्रमण गरेर यसको फूलको को गुणस्तर बिगार्ने काम
गर्दछन् । सुलसुले, कत्लेकीरा, थ्रिप्स, मिलिबग, शंखेकीरा र चिप्ले कीराहरु यसका
प्रमुख शत्रु हुन् भने रोगहरुमा डढुवा, सडन, थोप्ले रोग, भाइरस रोग आदि मुख्य
छन ।
१. भाइरस रोगहरु Virus diseases
अन्य बालीहरुको तुलनामा सुनाखरीलाई भाइरसजन्य रोगहरुले बढी दुःख दिन्छ । सुनाखरीमा २५ भन्दा बढी प्रकारका भाइरस रोग लाग्ने गरेको पाइएको छ । तीमध्ये Cymbidium mosaic virus, Tobacco mosaic virus, Cymbidium diamond mottle virus, Orchid fleck virus आदि प्रमुख हुन् । भाइरस रोगले सुनाखरीको बिरुवालाई एकैपटक मारिहाल्दैन तर यसले बिरुवाको बृद्धि र ओजस घटाउनुका साथै फूल को गुणस्तरमा ह्रास ल्याउँछ । भाइरसको प्रकार र सुनाखरीको
जात अनुसार भाइरसले छिर्के धब्बा, पहेँलिने, चक्केदाग, धर्सेदाग, फूल लको रङ्ग
फाट्ने, पात बटारिने जस्ता लक्षणहरु देखिन्छ । यौटै भाइरसले अलग अलग जातको
सुनाखरीमा अलग अलग लक्षण देखाउन सक्छ । भाइरस रोग मुख्यगरी बानस्पतिक
प्रसारणको माध्यमबाट र केही भाइरसहरु लाही कीराले एक बोटबाट अर्कोमा
सार्दछ । केही भाइरस रोग निमाटोडले पनि सार्दछ ।
व्यवस्थापन :
- भाइरस रोग लागेपछि त्यसको कुनै उपचार नहुने भएको हुँदा भाइरस रोगमुक्त
बिरुवा लगाउनु नै यसको व्यवस्थापनको मुख्य उपाय हो ।
- गोडमेल आदि कार्य गर्दा बिरुवामा चोटपटकल लाग्नबाट जोगाउने । सुनाखरीमा काँटछाँट लगाएतका काममा प्रयोग हुने कैची, चक्कु आदि
औजारहरु यौटा बिरुवामा प्रयोग गरेपछि स्प्रीट, स्यानिटाइजर वा अन्य कुनै
उपयुक्त पदार्थले निर्मलिकरण गरेर मात्र अर्को बिरुवामा प्रयोग गर्ने ।
- रोगको लक्षण देखिएका बोटहरुबाट बानस्पतिक प्रसारण नगर्ने ।
- कतिपय भाइरस रोगहरु लाही कीराले सार्ने भएकोले लाही कीराको लागि
उपयुक्त नियन्त्रणको उपाय अपनाउने ।
२. ब्याक्टेरियल पात थोप्ले रोग Bacterial leaf spot :
यो रोग एक Pseudomonas aeruginosa नामक ब्याक्टेरियाको कारणले
लाग्दछ । यो मुख्यगरी फेलानोप्सिस, क्याटलिया र भाण्डा सुनाखरीमा बढी लाग्दछ ।
पातमा पानीले भिजेको जस्तो अनियमित आकारका पहेंलो किनारा भएका खैरो
दागहरु जहाँ थिच्दा त्यसबाट खैरो पिप निस्कन्छ ।
व्यवस्थापन :
- बिरुवा राख्दा पर्याप्त दुरी कायम गरी राख्ने ।
- बिरुवामा पानी हाल्दा बिहानीपख हाल्ने । भिजेको अवस्थामा बिरुवालाई नछुने
वा नचलाउने ।
- रोगको लक्षण देखिएको ठाउँभन्दा केही परसम्म हाँगा वा पात काटेर
जलाइदिने । प्रयोग गरेपछि औजारलाई सेनिटाइजरले उपचार गर्ने । काटेको
भागमा बोर्डोपेष्ट वा कपरअक्सिक्लोराइडको पेष्ट बनाएर लेप लगाइदिने ।
- रोग लागेको बिरुवाबाट प्रसारण नगर्ने ।
- कपरअक्सिक्लोराईड ५०% डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा वा १ ग्राम
स्ट्रेप्टोमाईसिन सल्फेट + ंटेट्रासाईक्लिन हाईड्रोक्लोराईड १००% एस.पि. प्रति ३
देखि ५ लिटर पानीमा वा सिल्भर हाइड्रोजन पेरोक्साइड २ मि.लि. प्रति लिटर
पानीमा मिसाई ७–१० दिनको फरकमा स्प्रे गर्ने ।
३. ब्याक्टेरियल नरम सडन Bacterial soft rot :
यो रोग Erwinia carotovora pv.carotovor नामक ब्याक्टेरियाको कारणले लाग्दछ । यो सुनाखरीको सबैभन्दा खतरनाक रोगहरुमध्ये एक हो र्षायाममा तापक्रम र आद्र्रता अत्याधिक हुने समयमा यो रोग बढी फैलन्छ । शुरुमा पातमा पानीले भिजेका जस्ता पहेंला थोप्लाहरु देखिन्छन् जुन पछि आपसमा जोडिएर ठूलो खैरो रङ्गको धब्बामा परिणत हुन्छ । बिरुवाको डाँठ, गाँनो र छद्म गाँठोमा समेत जीवाणुले आक्रमण गर्न सक्दछ । जमीनको सतहनेर डाँठमा रोगको लक्षण देखिएमा गम्भीर अवस्था बन्न सक्छ र नराम्रो गन्ध आउन थाल्दछ । त्यसपछि गानो पूरै कुहिन्छ र विरुवा मर्दछ ।
व्यवस्थापन :
- रोगमुक्त प्रसारण सामाग्रीको प्रयोग गर्ने ।
-औजार उपकरण प्रयोग गर्दा पटक पटक अल्कोहल वा स्यानिटाइजरले
निर्मलिकरण गर्ने ।
- बिरुवामा पानी हाल्दा बिहानीपख हाल्ने । भिजेको अवस्थामा बिरुवालाई नछुने
वा नचलाउने ।
- कपरअक्सिक्लोराईड ५०% डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा वा १ ग्राम
स्ट्रेप्टोमाईसिन सल्फेट + टेट्रासाईक्लिन हाईड्रोक्लोराईड १००% एस.पि. प्रति ३
देखि ५ लिटर पानीमा वा सिल्भर हाइड्रोजन पेरोक्साइड २ मि.लि. प्रति लिटर
पानीमा मिसाई ७–१० दिनको फरकमा स्प्रे गर्ने ।
४. एन्थ्राक्नोज Anthrancnose
यो रोग Colletotrichum gloeosporioides नामक ढुसीको कारणले लाग्दछ । यो मुख्यगरी सिम्बिडियम सुनाखरीमा लाग्दछ । रोगको जीवाणुले जमीनमाथिको सबैभाग खासगरी पातहरुमा आक्रमण गर्दछ । शुरुमा अण्डाकार वा गोलाकार, केही दबेको जस्तो रातो खैरो वा गाढा खैरो दागहरु पातको नसाको टुप्पा वा बीच भागमा देखिन्छ जुन बिस्तारै बढ्दै गएर पातको अधिकाँश भागलाई ढाक्दछ । पातहरुमा लामो समयसम्म चिसो बसिराखेमा रोगको लक्षण पात, पातको डाँठ र फूल र फूल को डाँठमा समेत देखिन सक्दछ । त्यसैगरी पातहरु टुप्पाबाट तलतिर मर्दै जाने लक्षण पनि देखिन सक्दछ । रोग लागेको ठाउँमा पछि मसिना काला ढुसीहरु समेत देखिन सक्दछ । तापक्रम ३०० से. र आद्र्रता ८०% भन्दा बढी भएमा यो रोगको प्रकोप बढ्दछ ।
व्यवस्थापन :
- रोगको लक्षण देखिनासाथ रोगी बोटहरुलाई ग्रिनहाउसबाट बाहिर निकाल्ने र
रोगी भागलाई काटेर हटाउने । प्रयोग गरेको औजारलाई निर्मलिकरण गर्ने ।
- ग्रिनहाउसभित्र भेन्टिलेशन बढाउने ।
- बिरुवा राख्दा पर्याप्त दूरी कायम राख्ने ।
- १% बोर्डोमिश्रण स्प्रे गर्ने । फूल फूलिरहेको अवस्था छ भने ०.५% को बोर्डोमिश्रण प्रयोग गर्ने ।
- कपरअक्सिक्लोराइड ५०% डब्लु.पी. २ ग्राम वा कार्बेन्डाजिम १२% + म्यानकोजेव ६३% डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको अन्तरमा स्प्रे गर्ने ।
छ ।