बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

हुँडार

मंगलबार, साउन २९ २०८१
9 views
हुँडार

समाचार शेयर गर्नुहोस्

Share this news

हाइना  मांसाहारी वर्ग (कार्निभोरा अर्डर) र हाइनिडे परिवार अन्तर्गत पर्दछ। यो स्तनधारी प्राणी विश्वको भारत, दक्षिणपूर्व एशिया र उत्तरी अफ्रिकामा पाइन्छ। नेपालमा यो बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण तथा अन्य चुरे र तराई क्षेत्रहरूमा पाइन्छ।

हाइनाको औसत आयु २४ वर्ष हुन्छ। यसको तौल ३८.५ किलोग्राम हुन्छ।हाइनाको उचाइ ०.७५ मिटर र लम्बाइ १ देखि १.५ मिटरसम्म हुन्छ। हाइना कुकुर जस्तो देखिन्छ र यसको रङ फुस्रो खैरो वा फुस्रो रङको हुन्छ। शरीर र खुट्टामा काला धर्सा हुन्छन्। हाइनाको अगाडिको खुट्टा पछाडिको खुट्टाभन्दा लामो हुन्छ। हाइनाको गर्भावधि ८८ देखि ९२ दिनसम्म हुन्छ।

यो आईयुसीएन रेड लिस्टमा कम जोखिम/सबैभन्दा कम चासोको प्रजातिमा सूचीकृत छ। राष्ट्रिय स्तनधारी प्राणीको रातो सूचीमा यसलाई संकटापन्न प्रजातिमा सूचीकृत गरिएको छ। नेपालमा यस प्रजातिको कानुनी हैसियत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित (परिशिष्ट १) छ। यसको बासस्थानको व्यापक क्षति भएकाले यो संरक्षित छ। यसको फरका कारण यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापार हुने गरेको छ।

Source : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

सम्बन्धित विषय

थप समाचार