बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

ब्वांसो

मंगलबार, साउन २९ २०८१
7 views
ब्वांसो

समाचार शेयर गर्नुहोस्

Share this news

ढेडुवा (क्यानिस लुपस) भनेर चिनिने यो जनावर मांसाहारी वर्ग (कार्निभोरा अर्डर) र कुकुर परिवार (क्यानिडे) अन्तर्गत पर्दछ। यो  विश्वव्यापी रूपमा  पाइने गरेको थियो तर सम्भवतः लोप भइसकेको छ भने आयरल्याण्ड, जापान र युनाइटेड किंगडमबाट लोप भइसकेको छ। नेपालमा यो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र, डोल्पा, मनास्लु संरक्षण क्षेत्र, कञ्चनजङ्घा संरक्षण क्षेत्र र ढोरपाटन शिकार आरक्षणमा पाइन्छ।

विश्वभरमा यसको सङ्ख्या २०० देखि २५० हजारको बीचमा अनुमान गरिएको छ। नेपालमा ३० देखि ५० वटाको हाराहारीमा मात्रै यो जनावर बाँकी रहेको अनुमान गरिएको छ। आईयुसीएन रेड लिस्टमा यसलाई कम चासोको प्रजातिमा सूचीकृत गरिएको भए पनि राष्ट्रिय स्तनधारी प्राणीको रातो सूचीमा यसलाई अतिसंकटापन्न प्रजातिमा सूचीकृत गरिएको छ।

नेपालमा यस प्रजातिको कानुनी हैसियत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित (परिशिष्ट १) छ। साइटिस परिशिष्टमा भुटान, भारत, नेपाल र पाकिस्तानका ढेडुवाहरू परिशिष्ट १ मा र अन्य सबै देशका ढेडुवाहरू परिशिष्ट २ मा सूचीकृत छन्।

Source : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

सम्बन्धित विषय

थप समाचार