बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

सारस चरा

मंगलबार, साउन २९ २०८१
9 views
सारस चरा

समाचार शेयर गर्नुहोस्

Share this news

सारस चरा Gruiformes Order र Gruidae Family मा पर्दछ | नेपाल, अस्ट्रेलिया, क्याम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा यो चरा रैथाने हो | सारस स्थानीय रुपमा मध्य पश्चिम नेपालको तराइमा आवाशीय चरा हो | रुपन्देही र कपिलवस्तु जिल्ला स्थित लुम्बिनीका खेतहरु यस चराले नियमित प्रजनन समेत गर्ने मुख्य बासस्थान हो |

लुम्बिनी फार्मल्याण्डलाई बर्ड लाइफ इन्टरनेसनल समेतले पहिचान गरेको नेपालको चरा एबं जैविक बिबिधताको लागि महत्वपुर्ण क्षेत्र मानिन्छ | शुक्लाफाँटा वन्यजन्तु आरक्षको बेलडांडी र कालिकिच ताल (२००३), बर्दियाको बढैयाताल (२०११), बाँके जिल्लाको नेपालगंज (२०१०|२०१५), दांग जिल्ला (२०१५), जगदीशपुर रामसार क्षेत्र (२००६-२००८) र चितवन राष्ट्रिय निकुन्जको नवलपरासी र चितवन जिल्ला (२००८-२०११) मा पनि यो चराको रेकर्ड भएको छ |

नेपालमा यस चराको संख्या ७०० वटा भन्दा बढी होलान भनेर अनुमान गरिएको छ | विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाई संवेदनशीलको सुचिमा राखेको छ भने नेपाल बर्ड रेड डाटा बुकले  पनि यसलाई संवेदनशीलको सुचिमा नै राखेको छ |

Source : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

सम्बन्धित विषय

थप समाचार