बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कस्तुरी मृग

बुधबार, साउन ३० २०८१
9 views
कस्तुरी मृग

समाचार शेयर गर्नुहोस्

Share this news

कस्तुरी मृग (वैज्ञानिक नाम: Moschus chrysogaster) जोडापाँधे प्राणी वर्ग (Artiodactyla Order) अन्तर्गत कस्तुरी मृग परिवार (Moschidae Family) मा पर्छ। यो मध्य तथा उत्तरपूर्वी एसिया र हिमालय क्षेत्रमा पाइन्छ। नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज र हिमाली संरक्षित क्षेत्रहरूमा यसको अवस्थिति रहेको छ।

कस्तुरी मृगको विशेषता भनेको भालेको पेटमा हुने कस्तुरी थैलो हो जसको तौल ३० देखि ४५ ग्रामसम्म हुन्छ। कस्तुरी मृगको आयु १२ देखि १५ वर्षसम्म हुन्छ। यसको शरीरको रङ गाढा खैरो हुन्छ। लामो कान, छोटो पुच्छर र भालेमा लामो र धारिलो दाँत यसको शरीरको आकारको विशेषता हो। यसको उचाइ ५० देखि ६० सेन्टिमिटर, लम्बाइ ८५ देखि १०० सेन्टिमिटर र तौल १० देखि १५ किलोग्रामसम्म हुन्छ। गर्भावधि १८८ दिनको हुन्छ। यो IUCN को रातो सूचीमा कम जोखिम/संकटापन्न प्रजाति (lower risk/near threatened species) को रूपमा सूचीकृत छ र CITES को परिशिष्ट १ मा सूचीकृत छ।

नेपालको राष्ट्रिय स्तनधारी प्राणीको रातो सूचीले यसलाई तथ्याङ्क अपर्याप्त प्रजाति (data deficient species) को रूपमा वर्गीकरण गरेको छ। नेपालमा यस प्रजातिको कानुनी हैसियत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०३० अनुसार संरक्षित (परिशिष्ट १) छ। यसको बासस्थानको व्यापक क्षति, बासस्थानको विभाजन र चोरी शिकारका कारण यो संरक्षित गरिएको हो। यसको कस्तुरी थैलो र दाँतका कारण यसको व्यापार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा हुन्छ।

Source : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

 

सम्बन्धित विषय

थप समाचार