बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

वैज्ञानिक नाम : Acacia catechu (L. f.) Willd 
वनस्पति परिवार : फाबेसी (Fabaceae) 
नेपाली नाम : खयर
संस्कृत नाम :   खदिरा, खदिर
अंग्रेजी नाम :  Catechu tree, White catechu

वानस्पतिक विवरण : 

यो मझौला खालको रुख प्रजाति हो । यसको बोक्रा फुस्रो–कालो हुन्छ भने हाँगामा स–साना बाङ्गा काँडाहरु लागेका हुन्छन् । यसको संयुक्त पात १५ से न्टिमिटर सम्म लाम्चो हुन्छ र २५ देखि ४० को संख्यामा मसिना पत्रकहरु लागेका हुन्छन् । पहँेलो–सेतो रंगको फूल  लामो झुप्पामा फुल्दछन् । फल करिब ५ देखि १५ सेन्टिमिटर सम्म लाम्चो कोसा आकृतिको खण्ड खण्ड परको हुन्छ र कोसा भित्र ५ देखि ८ वटा सम्म बीउ लागेका हुन्छन् । प्राकृतिक वासस्थान यो खुल्ला ठाउँमा पाइन्छ ।
फूल  लाग्ने समय ज्येष्ठ – श्रावण
फल लाग्ने समय आश्विन – पौष

भौगोलिक वितरण पाकिस्तान देखि म्यानमार सम्म पाइन्छ । नेपालमा समुद्री सतहबाट २०० मिटर देखि १४०० मिटर सम्मको उचाइमा पाइन्छ । एकता टोलको पानी ट्याङ्की भन्दा माथिको फाँटको वन जङ्गलमा पाइन्छ ।

उपयोगिता : 

यसको काठ र खोटो बहुउपयोगी हुन्छ । काठ प्रशोधित गरी बनाइएको कत्था
पानको सेवन गर्दा प्रयोग गरिन्छ । पखाला, रगतमासी, पिसाबको समस्या, सेतो दुबी र महिनावारीमा हुने गडबडीको आयुर्वेदिक औषधी निर्माणमा कत्थाको सम्मिश्रण रहेको हुन्छ । यो प्रजाति नेपाल वन ऐन २०४९ र नियमावली २०५१ अनुसार व्यापारिक प्रयोजनका लागी कटान, ओसार पसार र विदेश निकासी गर्न प्रतिबन्धित प्रजाति भित्र पर्दछ ।

Source  : 

सम्बन्धित विषय

थप समाचार