वैज्ञानिक नाम : बोमबेक्स सेइबा
Bombax ceiba L.
वनस्पति परिवार माल्भेसी (Malvaceae)
नेपाली नाम : सिमल
अंग्रेजी नाम : Red cotton tree, Kapok tree, Silk cotton tree
वानस्पतिक विवरण :
यो पतझड रुख प्रजाति ४० मिटर सम्म अग्लो हुन्छ । कलिलो अवस्थामा यसको काण्ड काँडै काँडाले ढाकिएको हुन्छ । पञ्जा आकृतिको पातमा ५ देखि ७ वटा पत्रक हुन्छन् । पात झरेको बेलामा रुखमा रातो रंगको फूलहरु लाग्दछन् । कोसा आकृति को फल भित्र नरम रेशम जस्तो भुवा लागेको हुन्छ ।
प्राकृतिक वासस्थान : यो प्रजाति खोला खोल्सी किनार र सेपिला फाँटहरुमा पाइन्छ ।
फूल लाग्ने समय फाल्गुण – चैत्र
फल लाग्ने समय ज्येष्ठ – आषाढ
भौगोलिक वितरण हिन्दकुश हिमालको उष्ण क्षेत्रमा पाइन्छ । नेपालमा समुद्री सतहबाट १०० मिटर देखि १३०० मिटर सम्मको उचाइमा पाइन्छ । तिनाउखोलाको आसपासका क्षेत्रमा पाइन्छ ।
उपयोगिता :
यसको काठ प्लाइउड र सलाई उद्योगमा प्रयोग गरिन्छ । यसको फूलबाट
अचारजन्य खाद्य सामाग्रीहरु बनाइन्छन् । सिमलको फूल, फल र खोटो विभिन्न किसिमका रोगहरुको उपचार पद्धतिमा प्रयोग गरिन्छ । सिमलको भुवाबाट गुणस्तरीय सिरक तथा तकिया बनाइन्छ । कतिपय पंक्षीहरुको वासस्थान भएका कारण पर्यावरणीय सन्तुलन कायम गर्नमा यो प्रजातिको ठूलो योगदान रहदै आएको छ । यो प्रजाति नेपाल वन ऐन २०४९ र नियमावली २०५१ अनुसार व्यापारिक प्रयोजनका लागि कटान, ओसार पसार र विदेश निकासी गर्न प्रतिबन्धित प्रजाति भित्र पर्दछ ।
Source : वनस्पति विभाग पुस्तिका, विकिपिडिया