बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

लिकुरो– घना जंगलका ओसिला क्षेत्रमा पाइने

बिहीबार , साउन ३१ २०८१
46 views
लिकुरो– घना जंगलका ओसिला क्षेत्रमा पाइने

समाचार शेयर गर्नुहोस्

Share this news

यो प्रजाति १ मिटरसम्म अग्लो हुन्छ । जमिन मुनिको मसिनो लामो काण्डबाट निश्चित
दूरीमा बोटहरू आएका हुन्छन् ।

कलिला लामा डाँठहरू गुलाफी रङका हुन्छन् । डाँठहरू मोटा हुन्छन् जसको फेददेखि केही माथिसम्म मसिना, अण्डाकार, फिक्का पहेँला कत्लाहरू छरिएर रहेका हुन्छन् । पातहरू (pinnules) डाँठ (rachis) को दुवै भागमा साना ठूला नभइ एकनाश  (symmetrical) हुन्छन् ।

अग्ला पहाडहरूका घना जङ्गलका ओसिला भिराला पाखाहरूमा २,२०० मिटरदेखि ३,०० मिटरसम्मको उचाइमा यो प्रजाति उम्रन्छ । जुम्ला लगायत पश्चिम नेपालमा कलिला पातहरूको तरकारी खाइन्छ । जुम्लामा यसलाई लिकुरो/ लिकुणो भनिन्छ ।

सम्बन्धित विषय

थप समाचार