बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मिनी टिलर वा सानो हाते ट्रयाक्टरमा जडित गहुँ तथा धान काट्ने – रिपर

मंगलबार, भदौ ४ २०८१
11 views
मिनी टिलर वा सानो हाते ट्रयाक्टरमा जडित गहुँ  तथा धान काट्ने – रिपर

समाचार शेयर गर्नुहोस्

Share this news

मेशिनबाट समयमै छिटो छरितो रुपमा धान तथा गहुँ काट्ने मिनी टिलर जडित कृषियन्त्र हो । साना गह्राहरुमा पनि उपयुक्त हुने तर यो मेशिन केही महङ्गो पर्दछ । यसको पछाडि मान्छे हिड्नुपर्दछ । रिपरका भागहरु : हेड, गियर बक्स, फ्रेम, मार्कर, कटर नाइफ, प्यानल र डिभाइडर पर्दछ ।

मेशिनका विशेषताहरु : 
- यो मेशिन मुख्यतया ज्यामीको अभावको अवस्थामा सहजै प्रयोग गर्न सकिने हुँदा बढी प्रभावकारी छ ।
- यस मेशिनले धानको खेत हल्का चिस्यान भएको (खाला खेतमा) अवस्थामा पनि काट्न सक्छ तर धान भने सुकेको हुनुपर्दछ ।
- यो मेशिनको प्रयोगबाट छिटो बाली लगाउन समेत पर्याप्त समय प्राप्त हुनेछ ।
-यस मेशिनले धान तथा गहँु फेदैबाट काट्न सकिने हुँदा नल तथा पराल खेर जाँदैन । तसर्थ पशुपालक कृषकहरुका लागि अत्यन्त उपयोगी छ ।
-  यसको लागि मिनी टिलर इन्जिन ७ हर्ष पावर वा त्यो भन्दा बढीको हुनुपर्दछ ।

मेशिनको कार्य क्षमता : 
-  यसमा इन्धनको निकै कम मात्रामा खपत हुन्छ (प्रति घण्टा १ देखि सवा १ लिटर मात्र) ।
-  मेशिन सानो हुने हुदाँ सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ ।
-  प्लटको आकार वा साइज हेरी १ घण्टामा ३ देखि ५ कट्ठा वा २ देखि ३.५ रोपनी सम्म काट्न सकिन्छ ।

तुलनात्मक आर्थिक विश्लेषण : 
-  प्रति घण्टा रु.६००÷– देखि रु.८००÷– का दरले १ घण्टामा ३ देखि ५ कट्ठा वा २ देखि ३.५ रोपनी काट्न सकिन्छ जुन हातैले काट्दा धेरै मजदुर, समय र खर्च लाग्छ ।

Source : Pmamp 

सम्बन्धित विषय

थप समाचार