परिचय
नेपालमा एभोकाडो फललाई ‘ ‘ घ्यूफल’ ’ भनेर चिनिन्छ । यसको वैज्ञानिक नाम Persea armenicana हो र lauraceae परिवार मा पर्दछ । मध्य अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण र उपोष्ण प्रदेशीय फल हो । खाद्य तत्वको हिसावले एभोकाडो ज्यादै पोषणयुक्त मानिन्छ ।
हावापानी
एभोकाडोलाई उष्ण र उपोष्णको मध्य चिसो हावापानी आवश्यक पर्दछ । तुषारो र बढी चिसो हावापानीले यो फललाई नराम्रो प्रभाव पर्छ । ज्यादै बढि चिसो र पानी जम्ने तापक्रममा यो फलको राम्रो उत्पादन लिन सकिँदैन । जातहरू अनुसार ६०० मी. दे खी १३०० मी. सम्मको उचाइमा एभो काडो को खेती सफलतापूर्वक गर्न सकिन्छ । वार्षिक सर दर बर्षा ६६०–१४६० मि.मि. उपयुक्त हुन्छ, र यो फलले सूख्खा सहन सक्दै न । यस फलको लागि १४ देखी २८ डि.से तापक्रम उपयुक्त हुन्छ ।
माटो
माटोको पि. एच. को मान ४—७ सम्म भएको मलिलो , गहिरो पानी नजम्ने निकास भएको माटो व्यवसायिक खेतीको लागि उपयुक्त मानिन्छ ।
जातहरू
नेपालमा खेती गरि प्रमुख जातहरू निम्न अनुसार रहेका छन् :
- मेक्सीकन प्रजाती (Mexican species)
- ग्वाटेमालन प्रजाती (Guatemalan species)
- पश्चिम—भार तीय प्रजाती (West Indian species)
प्रजननका तरिका
बिरूवाको प्रसारण लैङ्गिक तथा वानस्पतिक दुवै तरिकाबाट गर्न सकिन्छ तर बिशेष गरी बिउबाट नै गर्ने प्रचलन रहेको छ । बिउलाई सुख्खा पिटमा भण्डारण गरी राख्न सकिन्छ । बिउको गरी राख्न बोक्रा हटाइ रोपेमा उमार शक्ति बढ्दछ । प्लाष्टिकको थैलामा २ से . मी. गहिराइमा एउटा बिउ राखेर उमारिन्छ । रोपेको को १ बर्षपछि प्रसारणको लागि बिरूवा तयार हुन्छ ।
सिँचाई
एभोकाडोलाई आवश्यकता अनुसार हिँउदमा २१ दिनको अन्तरमा र ग्रिष्ममा १०—१५ दिनको अन्तरमा गोलो चक्का बनाई सिँचाई गर्नुपर्दछ । पाइपबाट वेसिनमा सोझै भिजाउने तरिका राम्रो मानिँदैन । यसले बोटको जरा कुहाउँछ ।
मलको प्रयोग
एभोकाडोको लागि बढी मल चाहिन्छ । हरेक बर्ष २० दे खि २५ के .जी. पाकेको कम्पोष्ट मल र १ः१ः१ अनुपातमा साना बिरूवाहरूको लागि र १० बर्ष भन्दा माथिका बोटबिरूवाहरूको २ः१ः२ अनुपातमा हुने गरी नाइट्रोजन, फस्फोरस, पोटासयुक्त मलको प्रयोग गर्नुपर्दछ । साथै आइरन ३३ देखि २५ ग्राम प्रति बोट अनिवार्य राख्नुपर्दछ।
फुल फुल्ने र फल लाग्ने प्रक्रिया
जात अनुसार एभोकाडो को फुल फुल्ने स्वभाव फरक हुने भएकोले बगैचा स्थापना गर्दा एकै जात वा समूहको एभोकाडो प्रयोग गरेर बगैचाको स्थापना गर्नुहुँदैन र फरक जातहरू मिसाएर बगैचा बनाउनु पर्दछ । सामान्यतया मेक्सीकन जातहरू चाँडो फल्दछन् । परागसेचन मौरी,भमरा आदिबाट भई बिउबन्ने प्रकृया सुरूवात हुन्छ ।
फलको टिपाई र उत्पादन
प्रायजसो रोपेको ५—६ बर्षबाटएभो काडो फल्न सुरू हुन्छ । एभोकाडो बोटमै नपाक्ने (climacteric fruit) फल भएकोले , बोटमा फल परिपक्व भएपछि टिपेर कृत्रिम रूपमा पकाइन्छ । भेट्नो रातो बैजनी (reddish purple) र हरियो फल हुने जातमा गाढा हरियोबाट हल्का हरियो (light green) भएमा वा हल्का बियाँ टाँसिएर रहने जातहरूमा औलाले फलमा हिर्काउँदा hollow sound आएमा फल परिपक्व भएको मानिन्छ । परिपक्व भएकाहरूलाई एक–एक टिपे र झोलामा राखेर संकलन गरि न्छ । शुरूका वर्षमा २०–३० दाना प्रति बोट फले ता पनि परि पक्व (१०–११ वर्ष) बोट वाट १०० दे खी ५०० दानाहरू फल्दछ ।
स्रोत: कृषि कर्जा तथा एमएसएमई विभाग, काठमाण्डौ