बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

अनार खेती र त्यसका फाइदाहरु

सोमबार, असार ४ २०८१
13 views
अनार खेती र त्यसका फाइदाहरु

समाचार शेयर गर्नुहोस्

Share this news

अनार

अनार एक उष्ण र उपोष्ण प्रदेशीय हावापानी मा पाइने फलजन्या वनस्पति हो। खासगरी चीन जापान अमेरिकाकाे क्यालिभोनिया र केही समय यतादेखि भारतमा समेत यसको व्यवसायिक खेती हुँदै आएको देखिन्छ। नेपाल मा १५०० मीटर सम्म को उचाईमा अनार को बोट करेसाबारी मा लगाएको भेटिए पनि यसको व्यवसायिक खेती भने अझसम्म भएको पाइँदैन।

अनारको बोट करिब ५-६ मीटर अग्लो हुन्छ तर उचाई जात अनुसार फरक हुन सक्दछ। साधारणतया: फल गोलो देखि लिएर अण्डाकार सम्म पाइन्छ। अनार को बोक्राको रंग सेतो, पहेंलो देखि लिएर रातो रंगको पाउन सकिन्छ तर फलको रंग हावापानीमा निर्भर गर्दछ। जात अनुसार बोक्रा पात पातलो हुन्छ भने कुनैको अलि बाक्लो पनि हुन सक्दछ।

वनस्पति विज्ञान का अनुसार यसको फललाई बालाउष्टा भनिन्छ यसमा हजारौ को संख्यामा बीउहरू हुन्छन् । यिनै बीउको वरिपरि अतिक बाक्लो रसले भरिएको र कमलो भाग हुन्छ जुन भाग हामीले खाइन्छ।

प्रयोग:

अनारको फलभित्र बीउको वरिपरि हुने भाग खाना भयोग हुन्छ। यसको फलको ६८ प्रतिशत जति भाग खान योग्य हुन्छ। अनार को फल मा ७८% पानी, १६% प्रोटीन, ०.१% चिल्लो पदार्थ, ५.१% फाइबर, १४.५% कार्बोहाइड्रेट र क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन बी एबं भिटामिन सि प्रसस्त मात्रामा पाइन्छ।

अनारको रस कुष्ठरोग का लागि फाइदाजनक हुने बताइन्छ। यसको फलभित्रा को दाना (गेडा) मा १५% जति तेल हुनेहुँदा औद्योगिक प्रयोजनमा समेत प्रयोग गरिन्छ। रक्तअल्पता भएका रोगीलाई यसको रस ले फाइदा गर्दछ भने फलको बोक्राको रस कपडा रंगाउन उपयोग हुन्छ।

हावापानी:

विभिन्न प्रतिकूल हावापानी सहन सक्ने भएतापनि समुद्र सतहदेखि १८५० मिटरसम्मको उचाईमा सफल रूपमा खेती गर्न सकिन्छ। हिउँदमा चिसो हुने ठाउँमा उपयुक्त मानिन्छ। हिउँदमा पात झर्ने भएकाले केही मात्रा मा तुषारो सहन सक्दछ। करिब १८ डि. से. तापक्रममा फल गुणस्तरयुक्त हुने र फलको रस बढी गुलियो हुन्छ। तापक्रम र आद्रता मा धेरै तलमाथि भएमा फल धेरै चर्किन्छ। वार्षिक वर्षा ५००-६०० मि. मी. चाहिन्छ। र यसको यसले सुख्खा पनि सहन सक्छ।

माटो:

सबै किसिमको माटोमा खेती गर्न सकिएरता पनि पानी नजम्ने खेतको छोमत बलौटे माटो उपयुक्त हुन्छ। अन्य फल उत्पादन गर्न नसकिने कमसल खालको बढी चुन र लबन्युक्त माटोमा पनि खेती गर्न सकिन्छ।

सिंचाई:-

प्रारम्भिक वर्ष हरु बाहेक अरु बेला सिंचाई को त्यति आबस्यकता हुँदैन। तर , माटो को आबस्यकता हेरेर गर्मी मा १५ – २० दिन को फरक मा सिंचाई गर्नुपर्दछ । मलखाद दिएपछि र फल तथा फूल लागिसकेपछि बिरुवालाई सिंचाई को आबस्यकता पर्दछ। माटोमा चिस्यान को मात्र काम भएमा फूल र फल झर्न तथा फल भुट्ने बढी सम्भावन हुन्छ । कुलेसो बनाई सिंचाई गर्नुपर्दछ र पनि जम्न दिनुहुँदैन । बढी सिंचाई भएमा अनार कम फल्ने गर्दछ।

काटछाँट:-

जमीन बाट ३०-४५ से.मी. को उचाईमा चारैतिर फैलिएका ३-४ वटा हाँगा निस्कन दिन सुरुमानै एक मीटर को उचाई राखी मूल काण्डको टुप्पो काट्नुपर्छ । फेदबाट निस्केका अन्य पनिसरा (हाँगा) तुरुन्तै हटाउनु पर्दछ । सुकेका रोग तथा किरा लागेका, एक अर्का माथि खन्टीएका अन्य अनावस्यक हाँगा हरु काटछाँट गर्नुपर्दछ।

फूल तथा फल को विकास:-

सदाबहार मा एक वर्ष पुगेका हँगाहरुमा पतझर खालका बोटहरू साउन- भदौ मा फुल्छन् । तर कतिपय जापानिज जात हरु वसन्त ऋतु मा नयाँ पालुवा का साथ फुल्छन् अनारमा पोथी भाले र उमायलिङ फूल हरु हुन्छन् । उमायलिङ फूल का पराकरण भाले फूलका पराकारण भाले फूलका भन्दा बढी उर्वर हुन्छन्। पोथी फूलको परागसेचन स्वाघसेचन र परसेचन दुवै कृयबाट हुन्छ। पर्सेचन क्रिया पूरा भएपछि मात्र फलहरूको विकाश सुरु हुन्छ।

फूल तथा फल को विकाश:-

अनारको सदाबहार जात मा १ वर्ष पुगेका हाँगा हरुमा र पतभर स्वभाव का बोटहरूमा नयाँ हाँगा हरुमा फल लाग्दछ। भाद्र मा फुल्दछन् । कतिपय जापानी जातहरु वसन्त ऋतु मा पालुवा का साथ फुल्दछन्।

फल टिप्ने समय :

फूल फुलेको ५-७ फल हरु टिपीछन् । फलहरू पहेंलो र बिउ रातो भएपछि फलहरुलाई औंलाले हान्दा धातुको जस्तो आवाज आएमा फल टिप्नुपर्दछ ।

फल चर्किने समस्या :

पनि काम ले गर्दा फल चर्किने हुन्छ जसबाट दुसी तथा ब्याक्टेरिया हरुको आक्रमण भई फल खान लायक हुँदैन।

बाली व्यवस्थापन :

अनार लाई सिंचाई नदिई केही जातहरु खलबालाई दिएमा यसको वृद्धि रोकिन गई पातहरू झर्दछ र केहीसमय पछि फूल लाग्ने कोपिलाहरु को विकास हुन्छ। आफूले कुनै बेला फल लिन चाहेको हो ।

त्यस्तै अनुसार फुल्ने क्रिया लाई नियन्त्रण गर्नु पर्दछ। हिउँदे वाली लिने हो भने जेठ- आषाढ मा बोटको वरिपरि कुलेसो बनाएर केही दिन बोटलाई सुख्खा रहन दिई त्यसपछि मलजल गर्नु पर्दछ। यसो आषाढ- श्रामण मा फूलहरू फूल पौष- माघ मा फल लिन सकिन्छ । तर उक्त समय मा पानी पर्ने ठाउँमा यो प्रविधि सफल हुँदैन ।

फूल तथा फलको विकास :

अनारको सदाबहार जात मा १ वर्ष पुगेको हागहरुमा र पतझर स्वभावका बोटमा नयाँ हाँगा हरुमा फल लाग्दछ। पतझर खालका बोटहरू श्रावण – भाद्रमा फुल्दछन्। कतिपय जापानी जात हरु वसन्त ऋतुमा मा नयाँ पलुवाका साथ फुल्दछन्।

फल टिप्ने समय :

फूल फुलेको ५-६ महिना मा फल छिप्पिएर पक्नसक्ने हुन्छ। केही जात का अनारलाई औंला ले हिर्काउँदा धातुको भाँडो बजेजस्तो आवाज आउँछ । बीउको बहिरभग को रङ्ग रातो हुन्छ । पाकेको रस मा घुलनशील ठोस को मात्रा १५% जति हुन्छ। सुख्खा ठाउँ मा खेती गर्दा छि्पिसकेको फल लाई धेरै दिन सम्म बोट मा छोड्यो भने फल भुट्ने हुँदा नपक्दै टिप्नु पर्दछ।

किरा तथा रोगहरु (insect and disease) :

अनार मा ४५ भन्दा बढी प्रजाति का किरा हरुको आक्रमण गर्ने गरेको पाइन्छ। साथै दर्जनौं रोगहरू पनि समस्या को रूपमा रहेको वैज्ञानिकको दाबी छ। कुराहरू तथा रोग हरुको संक्रमण बगैचा को सरसफाइ भौगोलिक अवस्था तथा अन्य व्यवस्थापन पक्ष ले असर गरेको हुन्छ। अनारको प्रमुख समस्या को रूपमा अनारको पुतली (फूल मा प्वल पर्ने किरा) हो भने त्यस पस्चात अनार को बोक्रा खाने झुसिलकिरा, जरामा लाग्ने धमिरा, लाहि किरा, सेतो पुतली, स्केल किरा, थिप्स आदि हुन्।

बजार (Marketing) :

हाल सम्म नेपालमा अनारको बजारमा कुनै समस्या देखिएको छैन। नेपालका प्रमुख शहर हरुमा भारतीय अनारको चर्को मूल्यमा बिक्री भएको पाइन्छ। बारहैमास अनारको मूल्य खासै कमी आएको पाइँदैन। अनार फलको रुपमा मात्र नभएर जुस बनाएर पनि बिक्री भइरहेको पाइन्छ । कृषकहरूले उत्पादन गरेको फलफूल, बजार सम्मको ढुवानी, प्याकेजिङ, भण्डारण, लगायतका सुविधाहरु उपल्ध भए/ नभएको आधार मा विभिन्न तह हरु पार गर्नुपर्ने हुन्छ।

चिसो गर्दा बीचमा हुने नोक्सानी, खर्च, समय, मुलाफा आदिले गर्दा उत्पादन देखि उपभोक्ता सम्म पुग्दा वस्तुको अवस्था, गुणस्तर र मूल्यमा निकै फरक परिरहेको हुन्छ। बीचमा बिचौलिया हरुले काम परिश्रम मा नै मन्ज्ञा पैसा कमाइरहेका हुन्छन्। तर उत्पादकहरुले पनि खासै मूल्य पाउँदैनन्। भने उपभोक्ताहरुले पनि चर्को मूल्य तिर्न बाध्य हुन्छन्। यसैले उत्पादन – उपभोक्ता दुवै थरीको हकहित संरक्षण गरी अधिकतम फाइदा लिन उत्पादनका साथै बजार व्यवस्थामा समेत उत्तिकै विचार पुर्याउनु पर्दछ ।

अनार खानुका फाइदा:-

१. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुनदिदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायक हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुने विज्ञहरुको भनाइ छ ।

२. मुख भित्र आउने घाउ तथा अनुहारका खटिरा बाट मुक्ति पाउन अनारका पातको प्रयोग लाभदायी हुन्छ। अनारको पात पानीमा उमाल्ने पनि कालो बनेपछि त्यसलाई सेलाउन दिने र उक्त पनि ले नियमित रूपमा मुख कुल्ला गर्ने तथा अनुहारका खटिरा, मुख भित्रको दुर्गन्ध तथा गिजा सुन्निने लगायतका समस्याबाट छुटकारा मिल्छ ।

३. पेट दुखेको छ भने अनारको पातको रसमा अदुवाको रस मिलाएर खाँदा फाइदा हुन्छ ।

४. अनारमा एन्टी अ्सिडेन्ट तत्व पनि प्रयाप्त पाइने भएकाले यसको नियमित सेवनले छिट्टै बुढ्यौली का लक्षण देखिने समस्या समेत काम गर्छ


थप समाचार