बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नेपालामा स्ट्रबेरी खेतिको सम्भावना र खेती प्रविधी

सोमबार, असार ४ २०८१
9 views
नेपालामा स्ट्रबेरी खेतिको सम्भावना र खेती प्रविधी

समाचार शेयर गर्नुहोस्

Share this news

नेपालमा स्ट्रबेरी खेतिको सम्भावना र खेती प्रविधी
 
स्ट्रबेरी – Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ ।
 
✅हावापानीको दृष्टिकोणले यो बाली शीतोष्ण प्रदेशीय हो। यसका विभिन्न जातहरु विभिन्न हावापानीमा अनुकूलित हुने किसिमले विकसित भएकोले यसको खेती समशीतोष्ण प्रदेशसम्म भैरहेको छ। यसको खेती संसारका धेरै देशहरुमा भैरहेको पाईन्छ र पौष्टिकताको हिसाबले महत्वपूर्ण मानिन्छ।
 
✅ यसको खेती समुद्र सतहबाट १००० देखि २००० मिटरसम्म सफलताका साथ भैरहेको छ। प्रशस्त घामको प्रकाश पुग्ने र सिंचाईको सुविधा पुर्‍याउन सकिने ठाउँमा यसको खेती राम्रो हुन्छ।
 
✅यस बालीको वृद्धि र विकासको लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ। ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम हुँदा र तुषारो पर्दा फूल मर्ने समस्या देखिन्छ। अतः हाल त्यस्तो प्रतिकूल मौसम भएका ठाउँहरुमा प्लाष्टिक हाउसमा खेती गर्ने चलन बढेको पाईन्छ।
 
✅प्रशस्त प्राङ्गारिक पदार्थ भएको, पानी नजम्ने तर पानी अडिने, हल्का बलौटे दोमट, हल्का अम्लिय पि.एच. मान ५.७ देखि ६.५ सम्म भएको माटो उत्तम मानिन्छ।
 
✅माटोमापि.एच. को मात्रा बढी भएमा जराको वृद्धि विकास राम्रो हुँदैन। साथै क्याल्सियमको मात्रा बढी भएमा पात ओइलाउने समस्या बढी हुन्छ। एउटै जमिनमा धेरै वर्ष खेती गर्न राम्रो मानिँदैन।
 
✅नेपालमा थुप्रै जातहरु भित्र्याइएका छन् जसमध्ये प्रिमियर, नर्थवेष्ट, रेडकोर्ट, रोयल सोभरिन, आलब्रिटन, न्योहो, ओफ्रा, क्यामारोसा, ब्लेक मोर, ओनो आदि मुख्य हुन्।
 
✅यसका बिरुवाहरु तयार हुन कति अवधि पर्खनु पर्दछ ?
माघ-फाल्गुणमा लगाईएको बिरुवा जेष्ठ-आषाढमा रनर्सको रुपमा विकसित हुन्छन् र तिनीहरुलाई नर्सरी ब्याडमा सारेर हुर्काएपछि आश्विन-कात्तिकमा बगैंचामा सार्नको लागि तयार हुन्छन्।
 
✅यसको लागि माटो निकै मलिलो चाहिने हुँदा प्रति रोपनी २.५ मे.टन गोबर वा कम्पोष्ट मल, ६-८ के.जी. यूरिया, ५-६ के.जी. डि.ए.पि. र ५-७ के.जी. म्यूरेट अफ पोटास आवश्यक पर्दछ। यसको अलावा जिंक सल्फेट ०.५%, क्याल्सियम सल्फेट ०.५%, र बोरिक एसिड ०.२% फोलिएर स्प्रे गर्दा उत्पादनमा वृद्धि हुन्छ।
 
✅यसका बिरुवा बगैंचामा लगाउँदा भाद्र-आश्विन र माघ-फाल्गुणमा लगाउन उपयुक्त हुन्छ। बिरुवा देखि बिरुवाको दूरी ४५ से.मी. तथा लाईन देखि लाईनको दूरी ७५ से.मी. राख्नु उचित हुन्छ। एक रोपनी जमिनको लागि १७५ देखि २२५ वटासम्म बिरुवाको आवश्यकता पर्दछ।
Strawberry (भुइफल) को व्यावसायिक उत्पादनका लागि अन्य विशेष हेरचाह, काटछाट तथा रोगकिरा व्यवस्थापन गर्न आवश्यक हुन्छ।
 
Source:Kisan Care

थप समाचार