बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

धार्मिक तथा औषधीय गुण भएको बेल

बुधबार, असार ६ २०८१
11 views
धार्मिक तथा औषधीय गुण भएको बेल

समाचार शेयर गर्नुहोस्

Share this news

१. हावापानी

समुन्द्र सतहबाट ७००–१००० मिटर उचाईसम्म राम्रोसँग खेती गर्न सकिन्छ । विशेष गरेर शुक्क जलवायु उपयुक्त हुन्छ । यसले तुसारो पनि सहन सक्छ ।

२. प्रयोग

बेलको फल विभिन्न प्रकारका रोगहरुको लागि औषधीको रुपमा उपयोग गरिन्छ । यसको फलमा विभिन्न प्रकारका फाइटोकेमिकल्सहरु पाइन्छ । बेलको फलको गुदो मा अत्यधिक मात्रामा उर्जा, प्रोटिन, फाइबर विभिन्न प्रकारमा भिटामिन्स र खनिज पाइन्छ । जसले जिवन रक्षकको रुपमा काम गर्छ ।

३. माटो

राम्रो उत्पादन लिनको लागि दोमट माटो उपयुक्त हुन्छ । तर बंजर र खेर गएको जमिनमा पनि बेलको खेती गर्न सकिन्छ । उपयुक्त पि.एच. मा ६.५–७.५ हुन्छ ।

४. जातहरु

१. नरेन्द्र बेल–५: यो भारतमा विकसित गरिएको जात हो । यसको उचाई मध्यम हुन्छ । वेर्ना रोपेको ४–५ बर्षपछि फल फल्न शुरु हुन्छ । फलको आकार लगभग गोलो र औषत तौल १.५ देखि २ किलोसम्म हुन्छ । प्रति बोट ५०–६० किलो उत्पादन हुन्छ ।

२. नरेन्द्र बेल–९: यो जात पनि मध्यम उचाई भएको हुन्छ । तर फलको आकार भने नास्पातिको जस्तो लामो गोलो औषत तौल १.५ देखि २ किलो प्रतिफल हुन्छ । प्रति बोट उत्पादन ४५–५० किलो हुन्छ ।

५. प्रसारण विधि

बेलको प्रसारण सामान्यतया बीउद्धारा गरिन्छ । तर बेललाई वानस्पतिक प्रसारणद्धारा पनि लगाउन सकिन्छ । जराबाट निस्केका जरालाई हाँगालाई काण्डबाट जरा सहित अलग गरेर पनि सार्न सकिन्छ । यस बाहेक ब्ष्च(बिथभचक र च्ययत अगततष्लन बाट पनि प्रसारण गर्न सकिन्छ । 

६. जमिनको तयारी र विरुवा रोप्ने विधि

Capture.JPG
जमिनको तयारी र विरुवा रोप्ने विधि

 

७. मलखाद

यसको लागि मलखादको सिफारिस गरिएको छैन । तर राम्रो उत्पादन लिनको लागि १०–१५ किलो गोबरमल, ५०
ग्राम नाइट्रोजन, २५ ग्राम फसफोरस र ५० ग्राम पोटास प्रति बोट प्रति बर्ष राख्नु पर्दछ । मलखाद बर्षमा २ पटक
गरेर दिँदा राम्रो हुन्छ । एक पटक जेठ–असार र अर्को पटक माघ–फागनमा दिनु पर्दछ । 

८. सिंचाई

बेललाई त्यति धेरै पानीको आवश्यकता पर्दैन । तर राम्रो वृद्धि र विकासको लागि र राम्रो उत्पादनको लागि समय समयमा सिंचाई गर्नु पर्छ । तर पानी जम्न चाँहि दिनु हुदैन ।

९. झारपात र रोगकिरा नियन्त्रण

राम्रो वाली र उत्पादनको लागि जराबाट निस्कने सकर र नचहिने हाँगालाई हटाउनु पर्दछ । झारपात बर्षको अन्तिमा २ पटक उखेल्नु पर्दछ । यो वालीमा रोग र किराको आक्रमण निकै कम हुन्छ । तर लेमन वटर फ्लाई, लिफ मईनर तना सड्न (गामोसिस) को अबक्रमण हुन्छ ।

१०. फल टिप्ने समय र उत्पादन

फूल लागेको ८ महिनापछि बेलको फल परिपक्व अवस्थामा पुग्दछ । यो अवस्थामा फल गाढा हरियोबाट फिक्का
हरियो हुन्छ र गुद्धी हल्का पहेंलो बाट गाढा पहेंलोमा परिवर्तन हुन्छ । तर रुखमा नै राम्ररी पाक्न फूल लागेको
११–१२ महिनासम्म लाग्दछ । यसको उत्पादन हावापानी, जात, माटो र वोटको उमेरमा भर पर्दछ । तर १० बर्षको वोटबाट २०–२५ टन÷हे. (१५० देखि २००÷वोट) उत्पादन लिन सकिन्छ ।

११. वित्तीय विश्लेषण र बजार

नेपालमाबेलका उत्पादनहरु हालसम्म खासै बजारमा आउन सकेका छैनन । ठुलो परिमाणमा उत्पादन भइ नसकेको हुनाले यसको बजार भाउ निश्चित छैन । छिमेकी देशमा यसबाट विभिन्न किसिमका पेयपदार्थ र औषधी बजाउन मिसाइने कच्चा पदार्थमा उपयोग गरिएको छ । हामीले पनि बेलको ब्यवसायिकरण र औद्योगिकरण गर्न सक्नु पर्छ ।

 

 

 

थप समाचार