बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

सेलार स्टोरेज- फलफुल भण्डारण

बुधबार, असार १३ २०८१
11 views
सेलार स्टोरेज- फलफुल भण्डारण

समाचार शेयर गर्नुहोस्

Share this news

सेलार स्टोर 

सेलार स्टोर भनेको (Semi underground store chamber) भिरालो गह्रा–कान्ला परेको जग्गालाई खारेर अर्ध भूमिगत रुपमा निर्माण गरिएको घरलाई सेलार स्टोर भनिन्छ । यस किसिमको घरमा तापक्रम, आद्रता र हावाको वहाव मिलान गरी बनाईएको हुन्छ । यसका गाह्रोहरु ईट्टा वा ढुंगावाट बनाईएको र छाना माटो ,स्लेट, टायल वा फुसले छाएर बलियो ढोका बनाई भण्डारण भित्र स्वच्छ हावाको संचार तथा भण्डारण कोठाको तातो हावा निस्कने र चिसो हावा भित्र जाने क्रमसंगै चिस्यान अटुट रुपले रहने सिद्धान्तवाट सेलार घर तयार पारिएको हुन्छ ।

सेलार स्टोर निर्माणको उदेश्य

सुन्तला उत्पादन हुने समयमा फल टिपि सेलार घरमा भण्डारण गरी ग्रामिण क्षेत्रका स्थानिय बजारमा बेमौषममा फल उपलब्ध गराउने भरपर्दो सरल प्रबिधि हो । निम्न उद्देश्य पूर्ति गर्न सेलार घर निर्माण गरिन्छ ।

 ग्रामिण स्तरमा बैकल्पिक आय श्रोतको सृजना गर्न ।
 बेमौषममा पनि गांउघरमा सजिलै संग फलफूल उपलब्ध गराउन ।
 सुन्तला खेति गर्ने कृषकहरुलाई थप प्रोत्साहित गर्न ।
 सुन्तलाजात फलफुलको ब्यवसायिक प्रबर्धनमा टेवा पुर्याउन।

सेलार स्टोरको महत्व

सुन्तला फल भण्डारणको लागि उपयुक्त शित भण्डारको ब्यबस्था नभएको र सुन्तला पाक्ने वित्तिकै बेच्नु पर्ने अबस्था भएकोले कृषकले भने जस्तो फाईदा पाउन सकिरहेका छैनन् । यसका साथै उपभोक्ताहरुले बेमौषममा फल खान नपाउने र आबश्यकता भन्दा बढि मूल्य तिर्नुपर्ने अबस्था छ । यसकारण शहरी संजालले नजोडेका ग्रामिण क्षेत्रमा सेलार स्टोरको आफ्नै महत्व छ ।

 लामो समय सम्म बोटमै फल राख्दा बोटलाई असर पर्ने भएकोले समयमै फल टिपी बिरुवालाई ठिक अबस्थामा राख्न ।
 बेमौषममा सुन्तलाजात फलफूल आपुर्ति गरी स्थानिय माग पुरा गर्ने ।
 स्थानीय स्तरमा सजिलै निर्माण गर्न सकिने प्रविधि हस्तान्तरण गर्न ।
 ग्रामिण क्षेत्रमा सुन्तला खेती प्रति कृषकलाई अझ बढी प्रोत्साहित गर्न ।

फल भण्डारण अवधिमा प्रभाव पार्ने पक्ष

(क) तापक्रम

बिद्युत नभएको ग्रामिण क्षेत्रमा फल उत्पादन समाप्त भएको २-३ महिनापछि उपलब्ध हुने गरी फल भण्डारण गर्नको लागि बनाईने भण्डारण घर नै सेलार घर हो । सामान्यतया प्रति सय मिटर उचाईमा १ डिग्रि से.गे्र. तापक्रम फरक पर्छ भन्ने मान्यता छ । सुन्तलाजात फलफुल भण्डारणको लागि ५ देखि ७ डिग्रि सेन्टिगे्रड तापक्रम
उपयुक्त मानिन्छ । त्यसैले यो तापक्रम मिलाउनको लागि ओसिलो, चिसो र केहि उचाई भएको चिसो हावाको सन्चार भएको स्थानमा सेलार घर निर्माण गर्नुपर्छ ।

(ख) हावा

चिसो हावा गह्रुङ्गो हुंदा तल बस्ने र तातो हावा हलुङ्गो भई माथि जाने कारणले गर्दा सेलार घर भित्र चिसो र तातो हावाको संचार मिलाउन अति आबश्यक हुन्छ । भण्डार घर भित्र गुम्सिएको तातो हावा बाहिर जान सकेन भने फल छिटो कुहिन्छ । त्यसैले भण्डारघरमा भेण्टिलेसन सिस्टम मिलाउन अति महत्वपुर्ण हुन्छ ।

(ग) आद्रता

सेलार स्टोरमा सुन्तलाजात फलफुलको भण्डारण अवधि २ देखि ३ महिना हो । कम तापक्रम र हावाको संचार मिलाएपछि कोठा भित्र आद्रताको पनि उत्तिकै आबश्यक पर्छ । कोठा बढि सुःखा भयो भने भण्डार गरेका फलहरु छिटो चाउरी परेर नोक्सान हुन्छ । त्यसैले भण्डार कोठामा चिस्यान र तापक्रम मिलाई राख्न गारोको बिचमा बालुवामा पानी आपुर्ति ब्यवस्था मिलाईन्छ । यसले तापक्रम र आद्रता दुबै नियन्त्रण गर्न सघाउ पुर्याउंछ ।

(घ) फल भण्डारण प्रबिधि

फल भण्डारणको खास प्रबिधि छैन । तर फल टिप्दा फलको गुणस्तर, फल टिप्ने समय र फल भण्डार गर्दा ¥याकमा राख्ने तरिका आदिले भण्डारण क्षमता निर्धारण गर्दछ । रयाकमा फल भण्डारण गर्दा सकभर दुई तहभन्दा बडि राख्नु हुंदैन ।

(ङ) भण्डार ब्यवस्थापन

सामान्यतया फल भण्डारण गर्दा पौष दोश्रो हप्ता भन्दा अघि नै फल टिपि भण्डारण गनुपर्छ । उक्त समय भन्दा जति ढिलो हुन्छ फलमा फोस्रोपन हुनाले लामो समय भण्डारण गर्न सकिदैन । फल भण्डारण गरेको तेश्रो हप्तापछि नियमित निरिक्षण गर्दै जानुपर्छ । भण्डार घर भित्र आद्रता, हावा सन्चार, साफसफाई सबैमिलाउनुपर्छ ।
यसरी नियमित निरिक्षण गर्दै जांदा जब १० प्रतिशत भन्दा बढि फल कुहिन थाल्छ, तुरुन्त भण्डारबाट झिकि खाने वा बिक्रि बितरण गर्नुपर्छ । सेलार घर निर्माणमा ध्यान दिनुपर्ने प्राबिधिक पक्ष सुन्तलाजात फलपूmल भण्डारण गर्न सेलार स्टोरमा ५–७ डि.से.को तापक्रम र ८५–९५ प्रतिशत आद्र्रता बनाउन सके सवभन्दा उपयुक्त हुन्छ । सेलार स्टोरको तापक्रम र आदता मिल्न सकेन भने लामो अवधि फल भण्डारण गर्न सकिंदैन । तसर्थ निम्न पक्षहरुमा ध्यान दिनुपर्छ ।

१. निर्माण स्थलको उचाई

सामान्यतया निर्माण स्थलको उचाई १५०० मिटर भन्दा माथी हुनुराम्रो हुन्छ। तापक्रमको सम्बन्धले गर्दा सेलार घर सकभर जति माथि उचाईमा बनाउन सकियो त्यति राम्रो मानिन्छ । कम उचाई भएको ठांउमा निर्माण गर्दा तापक्रम बढि हुने भएकोले लामो अवधि फल भण्डारण गर्न संभव हुंदैन ।

२. जमिनको मोहोडा

सेलार स्टोर निर्माण स्थल ओसिलो, पूर्व उत्तर मोहडा परेको र नजिकमा बोट बिरुवा भएको छहारी भएको ठांउ उपयुक्त मानिन्छ ।

३. निर्माण प्रबिधिको जानकारी

सेलार स्टोर निर्माण गर्न केहि बिशेष कुराहरुको जानकारीको आबश्यक पर्ने भएकोले सन्बन्धित प्राबिधिक तथा ज्ञान भएका ब्यक्तिसंग सम्पर्क एवं सल्लाह गर्नु पर्दछ । निर्माण प्रबिधिमा खास गरी निर्माण स्थलको उचाई, मोहोडा, हावा संचार, फल भण्डारण र ब्यवस्थापन सम्बन्धि ज्ञान भएमा बनाउन खासै गाह्रो छैन । सेलार स्टोर निर्माण पूर्व ध्यान दिनुपर्ने कुरा

(क) निर्माण स्थल प्राबिधिक दृष्टिकोणले उपयुक्त छ कि छैन बिचार पुर्याउनु पर्छ ।
(ख) कति भण्डारण क्षमताको बनाउने ? निर्माण लागत कति लाग्छ ? लागत अनुमान तथा निर्माण डिजाईन तयार गर्ने ।
(ग) सेलार स्टोरमा राख्ने गरी उत्पादन छ कि छैन ? बिचार गर्ने ।
(घ) निर्माण खर्च कृषक स्वयंले ब्यहोर्न सक्छ कि बाह्य सहयोग पनि चाहिन्छ ? निर्माण खर्च र प्राबिधिक पक्षको समेत ब्यवस्था मिलाउने ।
(ङ) सेलार घर बनाउने कृषकलाई वास्तविक रुपमा यसको आबश्यकता महसुस भएको छ कि लहड र सहयोग प्राप्तिको सदुपयोग हो ? निर्माण पहिले नै यकिन गर्ने ।

फल भण्डारमा लाग्ने रोगहरु

फलफूल भण्डारमा सबभन्दा बढि लाग्ने रोगमा निलो ढुसी (Blue mould) हो । यस बाहेक हरियो ढुसी (Green mould) र भेट्नो कुहिने  (Stem end rot) रोग पनि लाग्छ । भण्डार कोठामा आद्रता र तापक्रम बढि भयो भने यो रोग बढि लाग्दछ । भण्डारम राख्ने फलमा यि रोग लाग्न नदिन फल टिप्दा चोटपटक नलाग्ने गरी टिप्ने बोक्रामा भएका तेल ग्रन्थी नष्ट गर्नु हुंदैन । भण्डारमा फललाई ढुषि रोगबाट बचाउन फल भण्डार गर्नु अगावै ०.९५ प्रतिशत वा बोरेक्स २ ग्राम/लिटर पानीमा मिसाई उपचार गरेमा ढुसिको आक्रमण कम हुन्छ । 

सेलार स्टोर निर्माण बिधि

१. जग्गा ले–आउट

सेलार घर निर्माण गर्न सजिलोको लागि यंहा एउटा सरल रेखाङ्कन चित्र दिईएको छ । सेलार घर निर्माण गर्ने कृषकले आफ्नो आबश्यकता र सुबिधा अनुसार साईज एवं आकार प्रकारमा थपघट गर्न सक्दछन्।

२. जग खन्ने (Cellar store foundation)

सेलार स्टोर निर्माण गर्दा साईज अनुसार छानिएको जग्गाको तिन साईडबाट माटो खारेर निर्माण जग तयार गर्ने । जग्गा ले–आउट गरेपछि जग खन्नु सेलार घर निर्माणको पहिलो खुड्किला हो । यस कामको लागि खास शिप नचाहिने भएकोले साधारण ज्यामीबाट पनि काम लिन सकिन्छ ।

३. डबल वाल सिस्टमको गारो लगाउने

तयार भएको जगमा भित्रपट्टिवाट दुई तहमा (२०ं २५ं ५ से.मि.) ढुंगाको गाह्रो राम्ररी मिलाई उठाउने र पहिलो गाह्रोको भित्र पटिट्टवाट अर्को ढुंगा वा ईट्टृाको गाह्रो उठाउनु पर्दछ । पहिलो र दोश्रो गाह्रोको विचमा करिव ५ से.मि. खाली ठाउँ छोड्नु पर्दछ । उक्त ठाउँमा वालुवा भर्ने र वालुवा माथी ससाना प्वाल पारिएको १ र २ ईन्चको पोलिथिन पाईप विछ्याउनु पर्छ । यसरी राखेको पाईपको एक छेउ बन्द गर्ने । अर्को छेउ खुलै छोडि वाहिर निकालेर पानी दिनको लागी प्रयोग गर्ने ।

४. ढोका र भेन्टीलेशन फिटि

स्वच्छ चिसो हावा संचारको लागि ढोकाको तल्लो भागमा मुसा छिर्न नपाउने गरी तारको जाली राख्नु पर्दछ । स्वच्छ हावाको संचारमा कमी देखिएमा थप हावादार प्वाल (Ventilator) राखिन्छ । चिसो हावा भित्र पस्ने र तातो हावा बाहिर निस्कने गरी भेन्टीलेसनको ब्यबस्था गर्नु पर्छ, यस्ता भेन्टीलेटरहरु खोल्न र बन्द गर्न पल्लाको व्यवस्था पनि गर्नु पर्दछ । तातो हावा निस्कने भ्mयाल वा भेन्टीलेसन भण्डारण घरमा बनाईएको ढोकाको पछाडीको भित्ताको वा छेउको भित्ताको माथिल्लो भागमा भण्डार कोठा
भित्र उत्पन्न हुने तातो हावा निस्कने भ्mयाल वा भेन्टीलेसन राखिनु पर्छ । भण्डार कोठाको अगाडिको भागको ढोका जडान गर्दा हावा संचारको लागि ढोकाको तल्लो भाग खुला राखि मसिनो जाली राखि भेन्टिलेसन मिलाउनु पर्छ । ढोकाको माथिल्लो भागको भित्ताको दुइृ पट्टि माथिल्लो भागमा तातो हावा निस्कने भेन्टिलेसन झ्याल राख्ने ।
यसका साथै कोठाको पछाडी पट्टिबाट पनि तातो हावा निस्कने भेन्टिलेसन पाईप जडान गर्नुपर्छ ।

५. बालुवा भर्ने

सेलार घरलाइ चिसो पारी राख्नु पर्दछ । यसका साथै स्टोर भित्र पानीको मात्रा मिलाई फल चाउरिनवाट जोगाउन सक्नुपर्छ । गाह्रो लगाउंदा भित्रि र बाहिरी गाह्रोको बिचमा राखेको ५ से.मि. खालि ठांउमा वालुवा भर्नुपर्छ । बढि सुखा लागेको बेलामा पानी दिन बालुवा राखेको गारोको वरिपरी माथिबाट ०.५ ईन्चको पोली पाईपमा १०/१० से.मि.
फरकमा स–साना प्वाल बनाई पानी दिने ब्यवस्था मिलाउनु पर्छ ।

६. चिस्यान बनाई राख्न पाईप जडान

७. खापा बुन्ने

अब भण्डार कोठामा बाँसका भाटा काटी ६० से.मि. चौडाईको र्याक बनाई ३० से.मी.को फरकमा तख्ता बनाउंदै लैजाने । गारो तयार भए पछि सांघुरो सेलार घर भित्र र्याक बनाउन असजिलो हुन्छ । तसर्थ सेलार घरको गारो लगाउने काम सकिएपछि छाना बनाउनु भन्दा अगावै र्याक बनाउनु पर्छ । छाना दिने बीमसंग जोडाएर बनाईएका काठका सेप्टिमा बांसका सुकेका भाटाहरु राखी खापा बुन्दै जाने । यसरी निश्चित दुरी मिलाएर तह तह बनाउंदै खापा बुन्नुपर्छ ।

खापा बुन्ने तरिकाः

 खपा बनाउन प्रत्येक बीमलाई ठड्याएर फिटिङ मिलाउने । लामा बांसका कप्टेराले सबै बमिलाई समाउने गरी कांटी ठोकेमा बिमलाई अड्याई राख्न मद्दत गर्छ ।
 बीमलाई ठड्याई सकेपछि पहिलो खापामा बांसका भाटाहरु राख्न सकिन्छ । एक पटकमा २ वा ३ जनाले एउटा खापा बनाउने काम गर्न सकिन्छ । बांसका प्रत्येक भाटालाई प्लाष्टिकको डोरीले एक छेउबाट बुन्न शुरु गर्नुपर्छ । बांसका सबै भाटाहरुलाई बलियो हुनेगरी एक आपसमा कस्नुपर्छ जसले गर्दा बिममा खाली वा बाङ्गोटिङ्गो हुन सक्देन ।
 फल भण्डारण गर्दा सजिलो हुने किसिमले खापाको दुरी र साईज मिलाउनुपर्छ । सबभन्दा तल्लो खापा जमिन देखि करिब १५ से.मि. माथि र एउटा देखि अर्को खापाको दुरी ३० से.मि. जति भए ठिक्क हुन्छ ।
 खापा बुन्दा खापालाई आड दिन हल्का काठका सेप्टिहरु १ ईन्च मोटाई, २ ईन्च च्याप्टा र ६० से.मि. लम्बाई साईजका सेप्टिहरु बनाउनु पर्छ । कोठको सट्टा बांसको भाटा पनि प्रयोग गर्न सकिन्छ तर त्यसमा कांटि ठोक्दा चिरा पर्न सक्छ ।
 खापाको चौडाई ६० से.मि. भए ठिक्क हुन्छ । तर आबश्यक परे यो भन्दा छोंटो वा लामो पनि बनाउन सकिन्छ ।
 र्याक बुन्न बांसका भाटा राख्न भन्दा पहिले काठको बीममा सेप्टिहरु ठोकी बांसका भाटाहरु बांधेर खापा तयार गरिन्छ ।
 प्हिलो खापा तयार गरेपछि क्रमशः अरु खापा पनि बनाउंदै जानुपर्छ ।


८. काठको काम

सेलार घर निर्माण गर्दा ढोका, चौखट, भेन्टिलेसन पद्दति, छाना र खापा निर्माण तरिका बारे मुख्य सिकर्मीलाई नक्शा सहित प्राबिधिक ख्या पनि गर्नुपर्छ । छाना बनाउने क्रममा काठको मात्र प्रयोग भएमा लागत महङ्गो पर्न जान्छ । त्यसैले छाना बनाउने डांडा भाटा र्याकको लागि बांसको प्रयोग सुबिधायुक्त हुनसक्छ ।


९. छाना बनाउने गाह्रो लगाउने काम पुरा भएपछि स्लेट वा माटो वा खपटा वा मिश्रित किसिमका छाना बनाउनु पर्दछ । जसले गर्दा भण्डारणको तापक्रम बढ्न पाउँदैन । हाल सम्म बनाईएका सेलार घरको छानाको डिजाईन उपयुक्त हुन नसक्दा अधिकांश घरहरु काम नलाग्ने भएका छन्। ढलान गरेका सेलार स्टोरमा तापक्रम स्थीर नहुनाले फल भण्डारणमा स्थीर हुन सकेको छैन ।

छानामा ढलान, जस्तापाता, प्लाष्टिक आदि प्रयोग गर्दा कोठा भित्रको तापक्रममा समस्या आउंछ । कतैकतै घर नजिक बनाईएका सेलार घरको तला छाप्दा डांडा–भाटा राखि माटोले छाप्ने र माथिबाट पुनः कोठा निकाली बिभिन्न सामग्री भण्डार गर्ने प्रयोजनले बनाउंदा टिकाउ भएको पाईएको छ ।
सेलार स्टोर घरको छाना बनाउने बिभिन्न तरिकाहरु छन् ।

सेलार घरको छाना बनाउने केहि सरल तरिकाहरुको उदाहरण यंहा दिईएको छ ।
 छाना बनाउने सिलिङमा बांसका भाटा टम्म मिल्ने गरि छाप्ने र माथिबाट टायलको छाना दिने ।
 सिलिङमा बांसका आधा फक्लेटा एकापसमा क्रस गरेर लगाई माथिबाट पोलिथिन सिट राख्ने । त्यस माथि १०–१५ से.मि. बाक्लो हुनेगरी गिलो माटोले छाप्ने । माटो माथिबाट पानी तर्काउने ब्यवस्था मिलाउने । यसमा जस्तापाता वा खरको छाना वा स्लेट ढुङ्गा राख्ने ।
 सिमेन्ट र गिट्टिले ढलान गर्ने र माथिबाट माटोको छापो दिने ।
 गांउघरमा घर गोठ बनाउंदा तला छापे झैं गरी तला छापि माथिबाट अर्को कोठा तयार गर्ने ।

स्रोत: राष्ट्रिय फलफूल विकास केन्द्र, क्रितिपुर,काठमाडौं |

थप समाचार