-कौसीमा खेती गर्न सकिने फलफूल बालीहरूलाई मुख्य ४ प्रकारमा विभाजन गर्न सकिन्छ । -पतझड फलफूल जस्तै आरू, आरूबखडा, नास्पाती, अंगुर, किवि आदि । -सदाबहार फलफूल जस्तै अम्बा, आम्रपाली आँप आदि । -सुन्तलाजात फलफूल जस्तै कागती, मुन्तला, सुन्तला, जुनार आदि । -कमलो फलफूल जस्तै स्ट्रबेरी ।
कौसी खेती गर्दा ध्यान दिनपर्ने कुराहरू
-छनोट गरिएको बालीको जरा कम फैलने, कम गहिराईमै सीमित रहने, छिटै ताजा तरकारी दिने तथा लामो समयसम्म बाली प्राप्त हुने खालको हुनुपर्छ । -बोट पनि धेरै नझाङ्गिने बाली हुनुपर्छ । -छायाँ भएको ठाउँमा सागबाली लगाउनुपर्छ । -लहरे तरकारीहरूलाई थाँक्राको व्यवस्था गर्नुपर्छ । -खुल्ला छतमा माटो वा अन्य खेती गरिने माध्यमको व्यवस्थापन गर्नुपर्छ । -बालीको छनौट, सिचाई वा पानीको व्यवस्थापन, पानीको निकासाको प्रबन्ध, सूर्यको प्रकाशको ध्यान तथा उपयुक्त आकारका भाँडा, गमला आदिको प्रयोग गर्नुपर्छ । -३० से.मी. गोलाइ र ३०–४५ से.मी. गहिराईको संरचना भाँडाहरूको प्रयोग गर्नुपर्छ । -खेती गरिने ठाउँ, छत, कौसी, बरण्डा वा अन्य निर्माण स्थलले के कति तौल थाम्न सक्दछ सो कुराको विचार गरेर मात्र खेती योजना बनाउनु पर्दछ । -खेती गरिने ठाउँ, उपलब्ध भाँडा वा संरचना आदिको आधारमा तरकारी बालीको छनोट गर्नु पर्दछ । -घरको बरण्डामा भन्दा छतमा हावाहुरीको चाप बढी हुने हुँदा, बाली लगाउँदा छतको पर्खाल (गर्ड–रेल्स) भन्दा भित्र लगाई, टेका दिई बिरूवा बाँध्नु पर्दछ । -घरको सतह वा बरण्डाको भन्दा छतको तापक्रम बढी हुने हुँदा निरन्तर बाली लिनका लागि खेती स्थानमा चिस्यान कायम राख्नु पर्दछ । -आकासे पानीबाट छतमा लगाइएका तरकारी बालीहरूलाई बचाउनको लागि खोल्न र बन्द गर्न मिल्ने खालको प्लास्टिकको गुमोज बनाउनु राम्रो हुन्छ । -कौसी, छत वा बरण्डाको भार वहन क्षमता विचार गेर मात्र कौसी खेती गर्नुपर्दछ । -कौसी खेतीको लागि प्रयोग गरिने बाकस, गमला वा बोराहरुले ढलानमा सर्दी सार्न सक्ने भएकोले यी भाँडाहरुमा खेती गर्दा भुईबाट केही उठाएर वा प्लाष्टिक जस्ता ओस नसर्ने सतह लगाउनु पर्छ ।
माटो तथा मलखाद
-घरको छत, कौसी, बरण्डामा खेती गर्दा प्रयोग हुने माटो हलुका र खुकुलो हुनुपर्दछ । -खेतीको लागि माटो दुई भाग, बालुवा एक भाग, र कम्पोष्ट मल एक भागको मिश्रण बनाई राम्रोसँग धुलो र मसिनो बनाई प्रयोग गर्नुपर्दछ । -साधारणतया माटोको पी.एच. मान ५.५–६.५ सबै तरकारी बालीका लागि उपयुक्त हुन्छ तथा यस पी.एच. मानमा माटोमा उपस्थित प्रायः सबै प्रकारका खाद्य तङ्खव बिरूवालाई उपलव्ध हुन्छन् । -गड्यौले मल (Vermicompost), नरिवलको जटा (Coconut hair), झ्याउ (Moss), डडाएको धानको भूस आदिको प्रयोग गरी सजिलैसँग कौसीमा तरकारी खेती गर्न सकिन्छ । -भान्सा घरबाट निस्किएको फोहोरबाट गुणस्तरीय मल बनाई कौसीमा प्रयोग गर्नुपर्छ । -मिश्रण तयार गरिसके पछि प्रति १० किलोग्राम मिश्रणमा १५–२० ग्राम डि.ए.पी. र १०–१५ ग्राम म्यूरेट अफ पोटास राम्ररी मिसाउनु पर्दछ । प्राङ्गारिक उत्पादन गर्ने हो भने रासायनिक मलखाद तथा विषादीको प्रयोग गर्नु हुँदैन | -प्राङ्गारिक उत्पादन मात्र गर्ने हो भने बजारमा पाईने कम्पोष्ट मल, गमला मल, भर्मी कम्पोष्ट, हाडको धूलो, पिना, आदि आवश्यकतानुसार प्रयोग गर्नुपर्छ । -कीराबाट विरूवालाई जोगाउन प्रति १० के.जी. मिश्रणमा बकैनो वा नीमको बीउ पिधेर ५–१० ग्राम पनि मिसाई दिनुपर्दछ । -एक भाग पिसाबमा तीन भाग पानी मिलाई पिसाबलाई सिधै बिरूवामा नहाली बिरूवा वरिपरि हाल्नुपर्दछ ।
पिसबलाई विरुवामा नहाली वोरिपरी हाल्नुपर्छ
माटो तयार पार्ने
-स्वस्थ्य र सफा ठाउँको राम्रो मलिलो माटो ल्याई डल्ला फोरेर सफा गरी झ्यास, छेस्काछेस्की, ठुटा, गिर्खा केलाई सफा गर्नुपर्दछ र चाल्नु पनि पर्दछ । -त्यसपछि गेगर नमिसिएको राम्रो बालुवा र राम्रोसँग पाकेको कम्पोष्ट मल वा गोबर मल वा जंगलमा पतिङ्र कुहिएर बनेको मल धुलो पारेर केलाई जालीले चाल्नुपर्दछ । माटो, कम्पोष्ट मल र बालुवा तयार भएपछि समान आयतनमा एक भाग माटो, एक भाग गोबरमल वा कम्पोष्ट मल र एक भाग चालेको मसिनो बालुवा मिसाई राम्रोसँग चलाएर मिश्रण तयार पार्नुपर्दछ । बलोटे माटो छ भने बालुवा नमिसाए पनि हुन्छ । लगातार खेती गरिरहँदा प्रयोगमा ल्याएको माटोमा रहेको प्राङ्गारिक पदार्थको मात्रा घट्न जाने हुनाले प्रत्येक -बाली लगाउँदा प्राङ्गारिक पदार्थ तथा नयाँ माटो थप्ने गर्नुपर्दछ । -भाँडो वा संरचनामा समिश्रण भर्नुभन्दा पहिले साना साना ईंटाका टुक्रा वा गेगरले भाडोका प्वाल वरपर पाँच सेन्टिमिटर जति राख्नु पर्छ र मात्र मिश्रण भर्नु पर्दछ तथा समिश्रण भर्दा गमला वा काठको बाकसमा पुरा नभरेर केहि ठाउँ खाली राख्नुपर्दछ । -भरेको समिश्रणलाई एक पटक हजारीले राम्ररी भिज्ने गरी पानी दिई केही ओभाएपछि विरूवा सार्नु पर्दछ र तुरन्तै हजारीले हल्का सिंचाई गरिदिनु पर्दछ तथा बढी सुख्खा र बढी पानी हुन दिनु भने हुँदैन । -गमला, प्लाष्टिक जस्ता संरचनामा सारेको बिरूवालाई बराबर हेरचाह र हल्का गोडाईको आवश्यकता पर्दछ तथा झार उम्रन दिनु हँुदैन । -प्रत्येक बोटलाई साना साना करिब १ मिटर लामो बाँसको कप्टेरा वा लठ्ठी गाडी सहारा दिनु पर्दछ तथा लहरे बालीलाई डोरीको सहायताले थाँक्रा दिनुपर्दछ । -बिरूवा राम्ररी सरेपछि १०—१५ दिनको फरक पारी ३ पटक १ लिटर पानीमा ३, ४ ग्राम युरीया घोलेर प्रत्येक बोटमा आधा लिटरको दरले सिंचाई गरी दिनुपर्दछ । -कहिलेकाहीँ चर्को घाम लाग्दा प्लाष्टिक तथा भाँडा तातेर बिरूवा ओइलाउन थाल्दछ यस्तो अवस्थामा छहारी तिर सार्नुपर्दछ ।
घरमा मल बनाउने तरीका
-घरको भान्साबाट दैनिक निस्कने सडेर जाने फोहर जस्तै आलुको बोक्रा, प्रयोग गरिसकेको चियापत्ति, तरकारी केलाएको बोक्रा, बाँकी रहेको खाना, आँगन गोडमेल गरेको झारपात, आदिलाई जम्मा गरी स–सानो टुक्रा पारी खाडल वा ड्रममा राखी कुहाएर मल बनाउन सकिन्छ । -चाँडै गलाउन, मललाई पुरा पकाउन, मलको तङ्खवको मात्रा बढाउन तथा चाँडो मल तयार पार्न जीवातु झोलको प्रयोग गर्न सकिन्छ । यसरी तयार भएको मललाई गमला वा छतमा लगाइएका तरकारी बालीहरूमा राम्रो खाद्यतङ्खवको रूपमा प्रयोग गर्नु पर्दछ । मल बनाउँदा साधारणतया ३० देखि ४० प्रतिशत् चिस्यान हुनु पर्छ यसको लागि हातले मुठी पार्दा डल्लो पर्ने तर पानी नचुहिने भएमा राम्ररी मल बन्छ ।
टेका वा थाँक्रो लगाउने
-गमला, प्लास्टिक आदिमा सारेको बिरूवाको नियमित हेरचाह गर्नुपर्छ । -लहरा जाने तथा फल थाम्न नसकी पुरै बोट तथा हाँगा निहुरिने बालीहरूमा टेका लगाउनु पर्दछ र बिरूवा र टेका बाँध्दा हलुका गरी बाँध्नुपर्दछ । -काण्ड कमजोर हुने, लहरा जाने जस्ता फल धान्ने बालीहरूलाई थाँक्रो दिनुपर्छ । -थाँक्रो दिनाले बोटबिरूवाहरूको प्रत्येक भागमा राम्ररी हावा र सूर्यको प्रकाश पुग्छ । -थाँक्रो दिंदा रूखका हाँगाविंगा, बाँस, डोरी आदि प्रयोग गर्न सकिन्छ । -प्रत्येक बोटलाई बोटको उचाई अनुसार ३–६ फिट लामो बाँसको कप्टेरा वा कुनै लठ्ठीको टेका भाँडाको छेउबाट राखी बिरूवाको मूल काण्ड बाँध्दै जानुपर्छ । -फर्सी समूहका सबै बालीहरू, गोलभेंडा, सिमी, बोडी, केराउ जस्ता लहरे बालीलाई थाँक्रो दिनुपर्छ । -थाँक्रो दिनाले फलको गुणस्तरमा विकास हुन्छ, रोग र कीराबाट हुने नोक्सानीबाट बचाउन सकिन्छ तथा जमीन छुने अथवा लत्रेर फल कुहिने र नोक्सान हुनेबाट बचाउँछ ।
माटो चढाउने
-गमला वा बिरूवा रोप्ने संरचनामा माटो कति भर्ने भन्ने कुरा त्यसमा रोप्ने वा लगाउने बिरूवाको जराको लम्बाईले निर्धारण गर्दछ । त्यसैले आवश्यकता अनुसार मात्र गमलामा माटो भर्ने गर्नु पर्दछ । गोडमेल गर्दा बालीमा माटो उकेर लगाउने अथवा माटो चढाउने काम गर्न सकिने हुनाले पानी जम्ने अवस्था आउँदैन । -बिरूवाको राम्रो विकासका लागि समय समयमा सानो कुटोको सहायताले जरा नखल्बलिने गरी माटो हलुका बनाउनु पर्दछ । -हलुका माटोमा उपलब्ध खाना तथा अन्य पदार्थ बिरूवाको जराले सजिलै लिनुकासाथै माटोमा हावाको सञ्चार राम्रो हुन्छ । -गमला वा बिरूवा रोप्ने संरचनामा एकै पटक पुरै माटो नभरी, बिरूवा सरेर केहि बढे पछि मात्र आवश्वकता अनुसार माटो भर्ने गर्नुपर्दछ । -गमलाको माटो वर्षमा एक पटक फेर्नु पर्दछ, त्यसो गरेमा रोग, कीराका फूल तथा जिवाणु निर्मुल पार्न सकिन्छ । -माटोलाई यसरी फेरिएमा केहि हदसम्म बालीका रोग, कीरा, जुका, लगायत विभिन्न शत्रुहरूको नियन्त्रण गर्न सकिनका साथै बिरूवाले खाद्य तङ्खव समेत पाउँछ । -हरेक १, २ दिनमा कौसीका प्रत्येक बिरूवा तथा संरचनाहरूको अवलोकन तथा रेखदेख गर्नुपर्दछ ।
गोडमेल (झारपात हटाउने)
-तरकारी बालीमा बिरूवासँगसँगै अन्य झारपात पनि बढ्दै जान्छ र झार पातहरूले पानी, घाम, खाद्य तङ्खव र स्थानका लागि तरकारी बालीसँग प्रतिस्पर्धा गर्दछ । -बिरूवाको वरिपरी उम्रने झारपात रोग कीराका आश्रयस्थल हुने हुदा बिरूवामा रोग कीराको आक्रमण हुने संभावना बढी हुन्छ । -गोडमेल गरी जग्गा सफा राख्नाले उच्चस्तरको तरकारी उत्पादन गर्न सकिन्छ । -गोडमेल गर्ने समयमा युरिया मलले बालीलाई टपड्रेस गरिनुपर्छ । -गोडमेल गर्नाले माटोको अवस्था राम्रो र खुकुलो हुनाले जरे बाली राम्रो हुने र जराले राम्रोसँग खाद्य तङ्खव पाउने हुनाले अन्य बालीको उत्पादन पनि बढी हुन्छ । -चुच्चे कुटोले हल्का गोडाई गर्नु पर्दछ र झार हटाई रहनुपर्दछ ।
सिंचाई तथा निकास
-कौसीबारीमा खेती गरिएका तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ । -बढी सुख्खा र बढी पानी हुन दिनु हुँदैन । -कहिलेकाहीं चर्काे घाम लाग्दा प्लास्टिक तथा भाँडा तातेर बिरूवा ओइलाउन थाल्दछ । यस्तो अवस्थामा बिरूवालाई छहारीतिर सार्नु पर्दछ । -कुनैपनि हालतमा पानी जम्न भने दिनु हुँदैन ।
छापो (Mulching)
-बिरूवालाई चाहिने चिस्यान गमला तथा संरचनाहरूमा कायम राख्न बिरूवाको वरिपरी छापो दिनु पर्दछ । जसले झारपातको प्रकोप रोकी रोग कीराको आक्रमण पनि रोक्दछ । -झ्याउ, बालुवा, टुक्रा पारेको पराल, छबाली, मसीनो गिटी, मसीनो ढुङ्गा आदि छापोको रूपमा प्रयोग गर्न सकिन्छ ।
टपड्रेस/मल दिने
-बिरूवा रोपेको २०, २५ दिनमा प्रथम र ४०, ४५ दिनमा दोस्रो यूरियाले टपड्रेस गर्नु पर्दछ टपड्रेस/मल दिने मात्रा बिरूवाको अवस्था, आवश्यकता आदिमा भर पर्दछ । -जरा तथा काण्डलाई असर नपर्ने गरी २–४ से.मी. माटो खोस्रेर मल राख्नुपर्छ । -मल सोझै जरा तथा काण्डमा पर्नु हँुदैन । -मल राखि माटो मिलाई सकेपछि फोहराले सिंचाई दिनुपर्दछ ।
काँट–छाँट
-बिरूवाको आवश्यकता अनुसारको आकार÷प्रकार दिन काँट–छाँट गर्नु पर्दछ । -बिरूवालाई स्वस्थ तथा तन्दुरूस्त राख्न सुकेका, भाँचिएका, रोग तथा कीराले ग्रस्त पारेका तथा अनावश्यक जरा, हाँगा, आँख्ला, पात आदि हटाउनु पर्दछ ।
बाली टिपाई
-फल ठूलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुँदैन यसले नयाँ आउने फललाई असर पार्दछ तथा ताजा तरकारी धेरै छिपिएमा पौष्टिक तङ्खव नाश हुन्छ । -फल धेरै छिपिएर टिपेमा स्वाद र बजार भाउ पनि घट्छ । -कलिला फल खाइने तरकारीमा जति जति फल टिपिन्छ उतिनै नयाँ चिचिला लाग्दै जान्छ त्यसैले ठीक अवस्थामै टिपेर उपभोग गर्नुपर्दछ । -फल टिप्दा बोट, हाँगा तथा पात कतै पनि घाउ तथा चोट पुग्नु हुँदैन । -फल टिप्दा सिकेचर वा कैंची प्रयोग गर्नुपर्दछ । -तरकारी खाने अवस्थामा टिप्नुपर्छ, जस्तै गोलभेंडा पाकेको अवस्थामा र सिमी, बोडि रामतोरिया, भन्टा जस्ता फल तरकारी नछिप्पिदै कलिलो अवस्थामा टिप्नु पर्छ । -सागपातहरू जस्तै रायो, पालुंगो, स्विसचार्ड पनि पात छिपिनु अगाडि नै टिप्नु पर्छ । -लौका, करेला, काँक्रो, झिंगनी, घिरौला आदि पनि कलिलै अवस्थामा टिप्नु पर्छ । -मूला, गाजर, सलगम जस्ता जरे तरकारी बाली पनि छिप्पिनु अगाडि नै टिप्नु पर्छ । -तरकारी विहानै अथवा बेलुकी टिप्ने गर्नुपर्छ । -गोलभेडा पाक्न थालेपछि २ दिन बिराएर टिप्नु पर्दछ । -भण्टा, भेडेखुर्सानी ४/४ दिनको फरकमा टिप्नु पर्दछ ।
स्रोत: डा. भरत कुमार पौड्याल, वरिष्ठ वागवानी विज्ञ , कौसी खेती तालिम निर्देशिका पुस्तिका |