सिस्नु नेपालको ५०० मिटरदेखि २,००० मिटर सम्मको पहाडी भागमा प्राकृतिक वनस्पतिको रूपमा,
बाटो, सडकको छेउछाउमा, गोरेटो, बांझो पाखा, पखेरामा, डील, कान्ला, सिंचाइ कुलेसो दायाँबायाँ पानी पँधेरोको नजिक एवम् खोल्सामा पाइन्छ । तर, यसको खेती हाम्रो देशको चुरे क्षेत्रमा साग, जडीबुटी एवम् तरकारी खेतीमा बाली संरक्षण सामग्री तयार पार्न, गिती मल तयार पार्न, र सुप खाने उद्देश्यको लागि उत्पादन गर्ने गरिन्छ ।
यो जङ्गली अवस्थामा रहेको पहाडको स्थानीय झार वा जडिवुटी भएपनि यसको आर्थिक, सामाजिक एवम् आयुर्वेदिक महत्व सबैले बुझन सकेका छैनन् । छायाँ पर्ने ठाउँको सिस्नुको साग वा सुप तयार गर्दा अलि अलि तितो स्वादको हुन्छ र घामलाग्ने ठाउँको सिस्नु स्वादिष्ट हुन्छ ।
उत्पति
यसको जैविक विविधता सबभन्दा मध्य पहाडी भू– भागमा धेरै पाइने हुनाले यसै ठाउँलाई उपत्पत्ति थलो मान्नुपर्दछ ।
वानस्पतिक विवरण :
यो अर्टिकोसी (urticaceae) परिवारमा पर्ने एक बहुउपयोगी नरम डाँठ, पात, सानो बोट ९ज्भचद० हुने पातमा मसिना तिखा पोल्ने सेता रङ्गका काँडाहरू (प्रति पात ७५–१०० सम्मको संख्यामा) हुने आयुर्वेदिक वनस्पति हो । यसको वैज्ञानिक नाम अर्टिका डिओईका (Urtica Dioica) हो । अंग्रेजीमा यसलाई Stinging nettle भनिन्छ । हिन्दीमा विवच्छु बुटी भनिन्छ । यो दुई दलिया Diocotyledonous हुने वनस्पति हो यसको बीउबाट खानयोग्य तेल निकाल्न सकिन्छ । यसको पातको काँडाहरूमा फर्मिक अम्ल पाईन्छ । यसलाई पारालाईसिषको रोगीलाई उपचार गर्ने काममा प्रयोग गरिन्छ । यसको पातमा हुने तीखा सेता काँडाहरूले पोल्दछ । एक वर्ष भित्रमा बीउबाट बीउ उत्पादन गर्न सकिन्छ । यो Annual वनस्पति भए पनि धेरै वर्षसम्म बाँच्दछ ।
पौष्टिक महत्व :
सिस्नो मानिस र जनवार दुवैलाई पौष्टिक छ । १०० ग्राम ताजा सिस्नोको सागमा निम्न अनुसारको पौष्टिक पदार्थहरू पाईन्छ ।
प्रोटिनः ६.९∞
ख्निजः ४.२∞
कार्बोहाइर्डोटः ५∞
क्यालोरीः ९८१ किलो क्यालोरी
भिटामिन एः १२८५७ आइ.यु.
फर्मिक अम्लः २∞
उपयोगिता :
यो वनस्पती गरीब दःुखीहरूका लागि दैनिक भोजनमा प्रयोग गर्न सकिने पौष्टिक साग हो । सिस्नोलाई हात खुट्टा भांचिदा जोड्नको लागि, ज्वरो निको पार्नका लागि, घाउ, खटिरा निको पार्न, सुके लुतो, पकुवा लुतो निको पार्नका लागि प्रयोग गरिन्छ । यसले आँखाको ज्योती बढाउँछ र छाला पनि नरम बनाउँछ । सिस्नोले उच्च रक्तचापको रोगीलाई पनि फाईदा पु¥याउँछ ।
सुकेको सिस्नोलाई विभिन्न स्थानहरू जस्तैः भाटभटेनी सपरमार्केट, अर्गानिक भिलेज, कालिमाटी एवं घरेलु तथा साना उद्योगद्वारा सञ्चालित कोसेली घरमा समेत किनबेच गरीने चलन छ । बाथको रोगीलाई समेत सिस्नोबाट उपचार गर्न सकिन्छ । सिस्नो जंगली झारपात भए पनि मानव र जनवारको असल मित्र हो । सुंगुर, बंगुर पालनमा पनि सिस्नोको ठूलो देन छ । सिस्नोको प्रयोगले सुंगुर, बंगुर ५–६ महिनामै बेच्ने उमरेमा पुग्दछन् ।
तरकारी खेतीमा बाली संरक्षणको लागि सिस्नोको प्रयोग :
सिस्नो गाईवस्तुको गहँुत र पानीबाट तयार पारिएको झोल मल र गिति मलले कमिला, रातो कमिला, लाही, कत्ले कीरा, लाभ्रे, थ्रिप्स, मिलि बग, फेद कटुवा र अन्य चुसहा किराहरू विरुद्ध विकर्षसका
रूपमा तयार पारी प्रयाग गरेर तरकारी बालीलाई आर्थिक नोक्सानी गर्ने शत्रु जिवहरूको व्यवस्थापन गर्न सकिन्छ ।
तयार पार्ने विधि :
सिस्नु ५०० ग्राम, पानी १ लिटरको रस तयार पारी २५० एम एल गाई वस्तुको गहुँतमा मिसाई फिल्टर
गरेर स्प्रेयरबाट बालीमा स्प्रे गर्न ।
सिस्नुको प्राकृतिक शत्रु :
तराईमा मुन्गा (Drum stick) मा लाग्ने लाभ्रे कीरा सिस्नुमा फागुण चैत्रमा लाग्ने गर्दछ । सिस्नुको बोट लाभ्रेले खाएर त्यति बेला पात विहिन सिन्का बन्दछ । पुनः बैशाख, जेठ महिनाबाट सिस्नुको बोटमा नयाँ पालुवा पलाएर हरियालीमा परिवर्तन हुन्छ । यो हरियाली पौष, माघ महिना सम्म रहन्छ । तर जाडोमा गर्मी महिनाहरूमा जस्तो साग खान लायकको बोटहरू ।
Source : श्रीलाल बराल - कृषि सूचना तथा संचार केन्द्र