बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पेपिनोमेलन खेती प्रविधि

सोमबार, साउन ७ २०८१
139 views
पेपिनोमेलन खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 

पेपिनोमेलन नेपालमा बाहिरबाट भित्रिएको नयाँ फल हो । औषधीय गुण भएकाले यसलाई निकै गुणकारी फलको रूपमा चिनिन्छ । व्यावसायिक रूपमा पेरू, चिली, अस्ट्रेलिया आदि देशमा यसको खेती गरेको पाइन्छ । यो फल गमलामा पनि लगाउन सकिने र विशेष गरी घरको बगैचामा सोखको रूपमा धेरै वर्ष अगाडिदेखि फलाउँदै आइएको भए पनि यसको व्यावसायिक सम्भावना र बजारको विषयमा किसानहरूलाई थाहा नभएकाले यो फल फस्टाउन सकेको छैन ।

विगत ३-४ वर्षदेखि काठमाडौँ उपत्यका आसपासका किसानहरूले यसको व्यावसायिक  रूपमा खेती गर्न थालेपछि यो फल व्यावसायिकतातर्फ उन्मुख हुन थालेको छ । यो फल काँचोमा तरकारी बनाउन पनि सकिने र पाकेपछि सुगन्धित, ठिक्क गुलियो, तिर्खा मेटाउने खालको हुन्छ । ऐपिनोमेलन सोलनेसी परिवारअन्तर्गत पर्ने बहुवर्षीय बाली हो । यसको वैज्ञानिक नाम Solanum muricanum हो ।

नेपालमा पेपिनोमेलन धेरै नामले चिनिन्छ । पेपिनो तर्बुजासमेत भनिने यो बहुगुणकारी फल नेपाली किसानको लागि केही नौलो फलको रूपमा परिचित हुन थालेको छ । खेतबारीदेखि गमलामा, अन्तरवालीको रूपमा र कहीं कतै बगैचाहरूको सौन्दर्यका रूपमा पनि केही वर्षदेखि नेपालमा फलाईदै आइएको पाइन्छ ।

स्वास्थ्यका लागि फाइदाजनक यो फलको काठमाडौँलगायतका सहरी क्षेत्रमा कौसीखेतीको रूपमा समेत खेती गरेको पाइन्छ । यो फलको खासै आफ्नो स्वाद पहिचान हुँदैन । विभिन्न ८ फलहरूको स्वाद भित्रभिन्न रूपमा आउने हुँदा यसलाई एट फुट ( आठफल) पनि भनिन्छ । सहरवजारको कौसीकौसीमा अहिले पेपिनोमेलनको खेती सहज फस्टाएको देखिन्छ । हाल काठमाडौं उपत्यकाको कीर्तिपुर तथा टौदहमा किसानहरूले यो फल व्यावसायिक रूपमा फलाउन सुरु गरेको पाइन्छ ।

पेपिनोमेलन फलको विशेषता : 

विरुवा प्रसारण विधि सहज छ । सजिलैसँग एउटा विरुवाबाट अर्को विरुवा उत्पादन गर्न सकिन्छ । वर्षभरि फलिरहने यसको एउटा बोटले एक पटकको टिपाईमा ४ देखि ६ किलोग्रामसम्म उत्पादन दिन्छ । यो फलमा चिनीको मात्रा कम हुने भएकाले मधुमेहका विरामीले पनि खान मिल्छ । यस फलको माग विश्वबजारमा समेत बढ्दो छ ।

यसको फलमा भिटामिन A. B C. प्रोटिन, आइरन आदि प्रशस्त पाउने हुँदा यसलाई सर्वोत्तम फल पनि भनिन्छ । चिनीरोग, मृगौलारोग तथा उच्च रक्तचापको समस्या भएका मानिसहरूलाई यो फल राम्रो मानिन्छ। यो फल हेर्दा राम्रो र खाँदा स्वादिलो मात्र होइन, औषधीय गुणले समेत भरिपूर्ण छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यो फलमा मानवलाई स्वस्थ राहन चाहिने भिटामिन ए भिटामिन बी भिटामिन सी, भिटामिन के प्रशस्त पाइन्छ ।


पेपिनो फलका धेरै प्रकारहरू हुन्छन् । कुनै हरियो, पहेंलो, धर्के हुन्छ भने कुनै पाकेको मेवाजस्तो देखिन्छ । आकारमा पनि गोलो, लाम्चो, अण्डाकार आदि हुन्छन् । बहुगुणकारी यो फल काँचोमा तरकारीको रूपमा उपभोग गर्न सकिन्छ भने पाकेपछि सुगन्धित तथा हल्का गुलियो हुने भएकोले जुसहरू बनाउन देखि सिधै फलको रूपमा पनि खान सकिन्छ ।

हावापानी : 

पेपिनोमेलनका लागि समुद्र सतहवाट करिब ३००० मिटरसम्मको उचाइ, वार्षिक रूपमा ८०० देखि १२०० मिलिमिटर पानी पर्ने, गर्मी मौसम र तुसारो नपर्ने ठाउँ धेरै राम्रो मानिन्छ । हल्का छाया पर्ने ठाउँमा पनि खेती गर्न सकिने भए तापनि व्यावसायिक उत्पादनका लागि भने प्रशस्त घाम लाग्ने र पारिलो ठाउँ उपयुक्त हुन्छ ।

माटो : 

पेपिनोमेलनको खेती सामन्यतया सवैखाले माटोमा गर्न सकिने भए तापनि व्यावसायिक उत्पादनको हिसाबले पानी नजम्ने तथा पानीको राम्रो निकास भएको बलौटे दोमट माटो राम्रो मानिन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको र पि.यच. ५.५ देखि ७.५ सम्मको माटोमा राम्रो उत्पादन लिन सकिन्छ ।

विरुवाको प्रसारण : 

पेपिनोमेलनको प्रसारण बीउ तथा कटिङ हाँगावाट गर्न सकिन्छ । राम्रो बिरुवा तयार गर्न परिपक्क अथवा फल लाग्नेसमय भएको माउबोट छनोट गर्नु पर्दछ जस्ले गर्दा रोपिएका विरुवाबाट फल छिटो प्राप्त गर्न सकिन्छ ।  कटिङ विधि सजिलो हुने भएकाले पनि कटिङ गरी तयार गरिएका विरुवाहरू राम्रा मानिन्छन् ।

१)   कटिङ विधिबाट : 

पेपिनोमेलन विशेष गरी हाँगा काटेर कटिङ विधिबाट प्रसारण गर्ने गरिन्छ । यसका लागि बर्सात् सिजन उपयुक्त हुन्छ ।५ देखि ६ से.मि को हागा लिएर त्यसलाइ १ भाग बालुवा, १ भाग माटो अनि १ भाग पाकेको कम्पोष्ट मलको मिश्रण तयार गर्नुपर्छ । यसरी तयार गरिएका विरुवाहरू २० देखि ३० दिनमा रोप्न लायक हुन्छन् । यसरी तयार भएका बिरुवाहरू १०१ मिटर को दुरिमा राम्रोसँग जमिन तयार गरी सार्नुपर्छ।

२) हाँगालाई माटोमा पुरेर :  
यसका हाँगाहरुलाई माटोमा राम्रोसगँ पुरिदिने हो भने पनि पु्रेका  भागवाट जराहरू निस्कन्छन् । राम्रोसँग जराको विकास भइसकेपछि जरासहितको हाँगालाई काटेर बेर्नाको रूपमा प्रयोग गर्न सकिन्छ ।

३) बीजवाट प्रसारण : 

बीउलाई नर्सरीमा फागुन-चैत महिनामा राम्रोसँग व्याड तयार गरी लाइन मिलाएर रोप्नुपर्दछ । ७-१० दिनसम्ममा पेपिनोमेलनको बीउ उथन सुरु गर्दछ । यसको वृद्धि विकास विस्तारै हुने हुँदा ४० देखि ६० दिनमा बेर्ना सार्न तयार हुन्छन् । वेर्ना तयार भएपछि १०१ मिटरको दूरीमा यसलाई रोपण गर्नुपर्दछ ।

जग्गाको तयारी र बेनों सार्ने तरिका

राम्रोसँग समचर पारिएको जग्गामा प्रतिरोपनी २०० किलोग्राम राम्रोसँग पाकेको कम्पोस्ट मल माटोमा राम्रोसँग मिसाउने र बेर्ना सार्दा बेनदिखि बेर्नाको दूरी १०१ मिटरको फरकमा लगाउन सकिन्छ । एक रोपनीमा करिव ४०० देखि ५०० विरुवाको आवश्यकता पर्दछ।

सिंचाइ

पेपिनोमेलनलाई चिस्यान आवश्यक पर्ने हुँदा राम्रोसँग सिँचाइको प्रवन्ध मिलाउनुपर्दछ । सिंचाइको कमीले फलमा हुने जुस/रसको मात्रामा असर पार्दछ । कम सिंचाइ हुने ठाउँमा फल्ने फलमा जुसको मात्रा कम हुने गर्दछ भने पानी बडी भएमा फलमा पानीको मात्रा बढ्न गई फलको स्वाद र गुणस्तर रम्रो हुन्छ । तसर्थ सिँचाइ गर्दा बेर्ना सारेको दिनमा एकपल्ट र अरू दिनमा माटोको चिस्यान हेरेर हप्ताको २ देखि ३ पल्ट राम्रोसँग जरामा पुग्ने गरी सिंचाइ गर्नुपर्दछ ।

मलखाद  व्यवस्थापन : 

पेपिनोमेलनका लागि भने प्रा‌ङ्गारिक मलको प्रयोग राम्रो मानिन्छ । प्रा‌ङ्गारिक मलको प्रयोग एकपल्ट जग्गा तयार गर्ने बेलामा २०० किलोग्राम प्रति रोपनीका दरले र अकों पटक ठिक्क फूल फुल्ने समय अगाडि र फेरि अर्को पटक फल लाग्न सुरु गरेपछि वा आवश्यकताअनुसार प्रयोग गर्नुपर्दछ । विरुवा सारेको केही समयपछि र फूल फुल्नुभन्दा अगाडि प्रयोग गरिएको मलले विरुवाको वृद्धि र विकासमा सहयोग हुन्छ । फूल तथा फल लागेपछि प्रयोग गरिने प्राङ्गारिक मलले फलको उत्पादन र गुणस्तरमा सहयोग पुग्छ । विरुवाको राम्रो विकास तथा उत्पादनका लागि नाइट्रोजन, फस्फोरस तथा पोटासजस्ता खाद्य तत्त्वहरूको व्यवस्था मिलाउनुपर्दछ ।

बिरुवाको काटछाँट : 

रोगी, एकआपसमा अल्झिएका र धेरै सूर्यको प्रकाश छेक्ने हौसाहरू हटाउनुपर्दछ ।  राम्रो र ठूलो फलका लागि एउटै हाँगामा धेरै फलहरू लागेका भएमा साना फलहरू टिपेर हटाउनुपर्दछ ।

छापो हाल्ने, झारपात व्यवस्थापन र थाँका दिने : 

पेपिनोमेलनको जरा धेरै गहिरोसम्म नजाने भएकाले माटोको माथिल्लो सतहमा नियमित चिस्यान हुन जरुरी हुन्छ । तसर्थ सुकेका पातहरू, पराल तथा गहुँको छबालीलाई छापोको रूपमा प्रयोग गर्नुपर्दछ । छापोले माटोमा चिस्यान कायम गर्न र झारपातको नियन्त्रणलाई समेत प्रभावकारी हुन्छ।

झारपातको नियन्त्रणका गर्न सिफारिस गरिएको दूरीमा विरुवा लगाउने र बिरुवा लगाएको केही समयमा हातैले झार निकालेर उकेरा लगाउँदा राम्रो हुन्छ । बिरुवाको वृद्धि विकास तथा फलको गुणस्तरलाई राम्रो बनाउन बेर्ना सारेको २ महिनामा थाँक्रोको व्यवस्था गर्नुपर्दछ ।

रोग तथा कीराहरू :

पेपिनोमेलोन गोलभेंडा बालीको वर्गमा पर्ने हुँदा यसमा समान प्रकृतिका रोग तथा कीराहरूले नोक्सान गर्ने गर्दछ । पेपिनोमेलोनको रोगहरूमा पछौटे डढुवारोग, थोप्ले डढुवारोग, जरा सड्ने रोग, कागेरोग, पात दोब्रिने तथा ओइलाउने रोगहरू मुख्य हुन् । त्यसै गरी कीराहरूमा पात र डाँठबाट रस चुस्ने कीराहरू जस्तै लाइ, फड्के, मिलिवग, माइट्स र विभिन्न झिंगाहरू, सेतो पुतली र राता कमिलाले पनि यो फललाई दुख दिने गरेको पाइन्छ ।

उत्पादन र फलको टिपाइ : 

फल टिप्न योग्य भएपछि बैजनी रङको हुन्छ र फलको वरिपरि धर्साहरू देखिन्छन् । यो फल पूरा पाकेपछि भने हल्का पहेंलो रङको हुछ । पेपिनोमेलनको फल एकै पटक नपाक्ने भएकाले, पाकेका फलहरू टिप्दै जानुपर्दछ । एउटा बोटबाट कम्तीमा पनि ४ केजीदेखि ६ केजीसम्म उत्पादन लिन सकिन्छ ।

सरोजकान्त अधिकारी : वरिष्ठ कृषि प्रसार अधिकृत कृषि सूचना तथा प्रशिक्षण केन्द्र : 

Source  : Prohens, J., Ruiz, J.J. and Nuez, F. 2000. Growing cycles for a new crop, the pepino, in the Spanish Mediterranean. http://ashipunov.info/ shipunov/school/biol_310/2015_spring/ presentations/pepino_melon.pdf https://www.plantfoodathome.com/pepino-melon-how-to-grow- and-eat/ अर्याल, सञ्जय/कुँवर, राजेश, पेपिनोमेलन खेतीप्रविधि र यसका फाइदाहरू केके छन् ? फोकस मल्टिएग्रो कन्सर्न एन्ड रिसर्च प्रा. लि., https://halokhabar. com/news-details/5562123

सम्बन्धित विषय

थप समाचार