बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

ओखर

आइतबार, साउन १३ २०८१
13 views
ओखर

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
ओखर ठूलो पतझर वृक्ष हो । यसको उचाई झण्डै ३० मिटर सम्म हुन्छ । यसका भाल र पोथी फूलहरु भिन्दा भिन्दै हुन्छन् र एउटै रुखमा पाइन्छन् । बोक्रा खैरो रंगको हुन्छ । पातहरु एकपछि अर्को पालैपालो दुइतिरबाट निस्केका हुन्छन् भने उप–पत्रहरु ५–१३ वटा हुन्छन् । फूलहरु मसिना हल्का पहेंलो सहितको खैरो रंगका हुन्छन् । फल हरियो बोक्रा भएको र भित्री भाग कडा हुन्छ भने यसको वीज फलको भित्री भागमा मस्तिष्कको जस्तो आकार देखिने हुन्छ ।

फूल  फुल्ने समयः चैत्र–वैशाख

प्राकृतिक बासस्थानः
ओखर नेपालको पूर्व, मध्य तथा पश्चिमी भेगमा १२०० देखि २१०० मिटर सम्मको उचाईमा पाईन्छ । पश्चिम नेपालमा यो प्राकृतिक जंगलको रुपमा भेटिएको छ । ओखरका रुखहरु प्राकृतिक वन जंगलमा मिसिएर वा अलग समूहमा समेत पाइएको छ । यो केही चट्टान भएको सामान्य भिरालो, गहिरो तर खुकुलो माटो भएको ठाउँमा हुर्किएको पाइएको छ । यो घाम रुचाउने खालको रुख हो । यसको आयु बढीमा ३०० वर्ष सम्म भएको उल्लेख छ । ओखर हुर्कनको लागि हिउँदमा हिउँले नढाक्ने र वर्षा याममा कडा गर्मी नहुने वातावरण आवश्यक\ पर्दछ । १७५० मि.मि. भन्दा बढी पानी पर्ने ठाउँमा यो राम्रो हुर्कन्छ तर अन्य कुराहरु ठीक भएमा पानीको कमीलाई सिंचाईद्वारा पनि पूर्ति गर्न सकिन्छ । बलौटे माटो यसका लागि राम्रो मानिन्छ ।  

उपयोगिताः
ओखरको काठः

यसको काठको रंग हरियो मिश्रित खैरो हुन्छ । यसको काठ कडा र बलियो हुनुको साथै मसिनो (Smooth)  हुन्छ । यो चिरान गर्नको लागि सजिलो काठमा गनिन्छ । काष्ठकलाका वस्तुहरु बनाउन यो राम्रो मानिन्छ ।  Carving   का लागि पनि उपयुक्त छ । यसलाई चिल्लो र मिहिन ढंगमा तयारी गर्न सकिन्छ र राम्रो उयष्किज गर्न सकिन्छ । फर्निचरका लागि पनि यसको काठ उत्तम मानिन्छ । खासगरी बन्दुक  (Rifle ) को कुन्दा र अन्य भागमा यसको प्रयोग गरिन्छ । यसको चिरानको धुलोबाट राम्रो  बन्दछ । संगीतका सामग्री\ तथा हवाईजहाजको Propeller blade बनाउन पनि यसको उपयोग गरिन्छ ।

ओखरको तेलः

यसको तेल खानमा प्रयोग हुन्छ । अल्प मात्रामा लेख्ने मसी, वार्निस तथा साबुनमा प्रयोग हुन्छ । Oil cake मा  Protein  धेरै हुने हुनाले Cattle feed मा प्रयोग हुन्छ । यसको  तेल छालाको रोगमा पनि प्रयोग  गर्ने गरिन्छ ।

पातः

पातमा ascorbic acid पाइन्छ । ओखरको हाँगा र पात fodder   को रुपमा प्रयोग हुन्छ । पात र बोक्रा dyeing/tanning   मा पनि प्रयोग हुन्छ । पातहरुमा कृमिनाशक गुण हुन्छ । पातहरु Herpes, Eczema,
Syphilis आदिमा प्रयोग हुन्छ ।

जराको बोक्राः

दन्तमञ्जन बनाउन तथा दाँतको दुखाईमा ओखरको जराको बोक्रा प्रयोग हुन्छ । यसैले यो रुख काट्नमा प्रतिबन्ध लगाइएको छ । मलेसियामा फलको बोक्रा माछा मार्ने काममा पनि प्रयोग गर्ने गरेको पाइएको छ ।

संकलन समय र विधिः
ओखर असोज–कार्तिकमा पाक्दछ । फल पाकेपछि आफैं झर्न शुरु गर्दछन् । अथवा पाक्ने बेला भएका फललाई
हाँगाहरु हल्लाएर झार्ने पनि गरिन्छ । बाहिरको बोक्रालाई रसायनिक पदार्थमा राखेर हटाउने र बाँकी दानालाई  रंग र आकारका आधारमा छुट्याई ग्रेडिङ् गर्ने गरिन्छ । ओखर लगाएको ८–१० वर्षमा फल दिन थाल्दछ । एउटा बोटले बढीमा ४–५ मन फल दिन्छ । प्रत्येक वर्ष उत्तिकै फल नदिने हुँदा औसतमा प्रति बोट एक मनको हिसाब राख्न सकिन्छ । यसको बोटले करीव १०० वर्ष सम्म फल दिन सक्छ । ओखरका दानालाई जुटको बोरामा प्याक गरिन्छ र नगुम्सिने गरी हावा खेल्ने ठाउँमा भण्डारण गरिन्छ । फल टिप्ने देखि विभिन्न प्याकिङ्ग गर्ने अवस्थासम्म विभिन्न रोग लाग्ने भएकाले यिनीहरुलाई methyl bromide बाट fumigation  गर्ने गरिन्छ ।

बजारः

खेती गरिने विभिन्न प्रकारमा कागजी अखरोट (दाँते ओखर) सबैभन्दा राम्रो मानिन्छ । यसमा फल ठूलो हुनका साथै सजिलै बोक्रा फुटाउन सकिने र सफा सेतो गुदी भएको हुन्छ ।

प्रसारण विधिः
प्राकृतिक वन क्षेत्रमा पाइने रुखहरुमा फलहरु पाकेपछि भुईंमा खस्दछन् र फल फूटि  दरार उत्पन्न भै अंकुरित
हुन थाल्दछन् । खासगरी काठ उत्पादनको दृष्टिले लगाइने विरुवाहरुका लागि नर्सरीमा विरुवा उत्पादन गरी स्थान्तरण गरेर (Transplantation)  यसको रोपण गर्न सकिन्छ । दानाबाट विरुवा उत्पादन गर्न फल राम्रो र उन्नत किसिमको फल दिने स्वस्थ रुखहरुबाट संकलन गर्नु पर्दछ । दानाहरु डिसेम्बर देखि फेब्रुवरी सम्म ४” को फरकमा रोप्नु पर्दछ तर हुर्केपछि स्थान्तरण गर्दा भने को फरकमा लगाउनु पर्दछ ।

नर्सरीमा अंकुरण भने मार्च महिना तिर हुन थाल्दछ र दोश्रो वर्षमा मात्रै स्थानान्तरण गर्नु पर्दछ । अन्य देशहरुमा विभिन्न प्रकारका कलमी  (Whip grafting, cleft grafting, inclay bark grafting)   गरिन्छ । ओखरको बोटमा मलखाद राख्ने चलन छैन तथापी नाइट्रोजन र Phosphatic fertilizer  राख्नु राम्रो मानिएको छ । ओखरको बोटलाई प्रायः छटनी गरिदैन तर ३–४ फिट अग्लो भइसकेपछि निस्केका अतिरिक्त हाँगाहरु र रोग लागेका भागहरुलाई भने काटेर फाल्ने गरिन्छ । यसको राम्रो coppice  आउँछ । ओखरको बोटमा उही वृक्षबाट परागसेचन भइ फल लाग्दछन् तर २००–३०० फिट सम्मको दूरीमा पनि पराग फैलेर फल लाग्ने गरेका देखिएको छ । कहिले काहीँ  भाले र पोथी फूलहरु एकै समयमा परिपक्व नहुँदा नजिकैका परिपक्व वृक्षहरुबाट परागसेचन हुने गरेको पाइएको छ ।

प्रमुख रसायनिक तत्वः
यसको फल, रुख तथा जराको बोक्रामा नेप्टोक्यूनोन ग्रुप (Nephtoquinone group) का रसायन पाइन्छ ।

Source : वनस्पति विभाग , थापाथली काठमाडौँँ 

सम्बन्धित विषय

थप समाचार