बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

PREMIUM NEWS

विशेष समाचार तथा विश्लेषण

Premium

मेकाडेमियानटको खेती

सोमबार, साउन १४ २०८१
10 views
मेकाडेमियानटको खेती

समाचार सारांश

मुख्य समाचार एक नजरमा

मेकाडेमियानटको गुदि आइसक्रिम, बिस्कुट र चकलेटमा प्रयोग गरी खान सकिन्छ । त्यसै गरी यसलाई ड्राइफुडको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कफी खेती गरेको ठाउँमा मेकाडेमियानटलाई छाँया दिने विरुवाको रुपमा रोपेमा कफीको उत्पादन बढ्नुको साथै मेकाडेमियानटको पनि उत्पादन लिन सकिन्छ र दोहोरो फाइदा हुन्छ । यो फल ड्राइफुट भएकोले केही महिना स्टोर गर्न सकिने र ढुवानी गर्दा नफुट्ने हुन्छ ।

प्रिमियम समाचार

विस्तृत समाचार र विशेष सामग्री पढ्नुहोस्।

पूरा समाचार पढ्नुहोस्

समाचार शेयर गर्नुहोस्

Share this news

विस्तृत समाचार

पूरा समाचार र थप विवरण

परिचय : 

मेकाडेमियानट विरुवाको वानस्पतिक नाम मेकाडेमिया स्पेसिस हो र यो प्रोटियैसी परिवारमा पर्छ । यसको उत्पत्ति पूर्वी अष्ट्रेलियामा भएको भनि वैज्ञानिकको भनाई छ। यो सदावहार विरुवा हो। हेवांखेरी बोटको आकार गोलाकार झ्याम्म परेको साथै राम्रो देखिने भएकाले यसले वातावरणलाई सुन्दर बनाउने गर्छ । यसको भाले पोथी फूल एकै बोटमा हुने कारणले भाले बोट अलग्गै रोप्न आवश्यक पर्दैन । तर अन्य जात रोपेमा परागसेचन प्रक्रिया व्यवस्थित हुन सक्छ । मेकाडेमियानटको गुदि आइसक्रिम, बिस्कुट र चकलेटमा प्रयोग गरी खान सकिन्छ । त्यसै गरी यसलाई ड्राइफुडको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कफी खेती गरेको ठाउँमा मेकाडेमियानटलाई छाँया दिने विरुवाको रुपमा रोपेमा कफीको उत्पादन बढ्नुको साथै मेकाडेमियानटको पनि उत्पादन लिन सकिन्छ र दोहोरो फाइदा हुन्छ । यो फल ड्राइफुट भएकोले केही महिना स्टोर गर्न सकिने र ढुवानी गर्दा नफुट्ने हुन्छ ।

हावापानी : 

यसको खेती समुद्र सतहबाट ७०० देखि १७०० मिटर उचाईसम्म गर्न सकिन्छ । यो विरुवाले तुषारो र सुख्खा सहन नसक्ने भएको यो भन्दा माथिको उचाईमा यसको खेती हुँदैन ।

माटो : 

मेकाडेमियानट विरुवाको लागि पि.एच. ४-५ देखि ६.० सम्म भएको पानी नजम्ने राम्रो निकासको व्यवस्था भएको मलिलो माटो राम्रो हुन्छ ।

जातहरू : 

मेकाडेमियानटको जातहरुमा केउहाल, काकी र कीउ विरुवा उत्पादन गर्ने तरिका यसको विरुवा उत्पादन गर्नको लागि माटो, मल र वालुवा मिसिएको माटोलाई १०-१२ से.मी. चौडाई १५-१६ से.मी. लम्वाई भएको पोलिथीन व्यागमा भर्नुपर्छ । मेकाडेमियानटको बीउलाई ५ से.मी. माटो मुनि घुसाएर माटोले छोपि दिनुपर्छ । हजारीले हल्का किसिमबाट पानी दिनु पर्छ। रोपेको १ महिना पछि बीउ उम्रन शुरु गर्छ। यसको कलमीबाट पनि विरुवा उत्पादन गर्न सकिने भए पनि बीउबाट नै विरुवा तयार गरी वितरण भै आएको छ । 

बगैंचा रेखांकन गर्ने र विरुवा रोप्ने तरिका : 

जुनसुकै विरुवा रोप्नु भन्दा पहिले विरुवा लगाउने बगैंचाको रेखांकन गर्नु आवश्यक हुन्छ । यसले विरुवाहरुलाई चाहिने दूरीमा रोप्न र आर्थिक फाइदा लिनलाई मद्दत गर्दछ । एक विरुवादेखि अर्को विरुवासम्मको दूरी ८ मिटर एक र एक लाइनबाट अर्को लाइनको दूरी १० मिटर फरक हुने गरी विरुवा रोप्ने खाडल तयार गर्नु पर्छ । १-१ मिटर लम्बाई, चौडाई र गहिरो भएको खाडल खन्नु पर्छ। खनिएका खाडलहरुमा पाकेको गोवर मल १ डोको र जमिनको माथिल्लो सतहको माटो मिलाई खाल्डो पुर्न पर्छ । यसरी तयार गरेको खाल्डोमा जेठ असारमा विरुवा रोप्नु पर्छ ।

मल हाल्ने तरिका : 

फल उत्पादन हुने विरुवालाई प्रत्येक वर्ष चारै तर्फ खनजोत गरी नाग्लोको आकार बनाई पाकेको कम्पोष्ट मल ५० के.जी. नाइट्रोजन २०० ग्राम, फस्फोरस १०० ग्राम, पोटास २०० ग्राम राखी माघ महिनामा मल दिनु पर्छ ।

फल पाक्ने समय : 

मेकाडेमियानट फल असोजको तेश्रो हप्तासम्ममा पाक्न शुरु हुन्छ । जब बोक्रा अलि अलि फुट्छ, त्यसपछि फल टिप्ने बेला भयो भनि जान्नु पर्छ । बोटबाट सबै फल टिपीसकेपछि बोक्रा निकाल्नु पर्छ । यसलाई १-२ दिन मधुरो घाममा सुकाएर मात्र भण्डारण गर्नु उपयुक्त देखिन्छ । यदि विरुवा उत्पादन गर्ने हो भने घाममा नसुकाई रोपेमा राम्रो हुन्छ । यो फलको स्वाद काजु जस्तै मिठो हुन्छ। हाल बजारमा यसको प्रति के.जी. मूल्य रु. १००/- ले विक्री वितरण भै आएको छ । पूर्ण रुपमा फल दिने बोटबाट प्रति वर्ष २५-३० के.जी. सम्म उत्पादन हुन्छ ।

रोग र कीरा : 

फलको बोक्रामा थोप्ले रोग लागेर फल नपाक्दै झरेर नोक्सानी हुने भएकोले वर्षको २ पटक इन्डोफिल धूलो १ लिटर पानीमा २-३ ग्राम राखी स्प्रे गर्नु पर्छ । गवारोले हाँगाहरुमा प्वाल पारी नोक्सानी गर्ने भएकोले बोटमा सुकेको हाँगाहरु काटेर बाल्ने वा कीराले हाँगामा पारेको प्वालमा तारले घोचेर कीराको लाभर्भालाई मारेर यो कीराको नियन्त्रण गर्न सकिन्छ ।

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन 

सम्बन्धित विषय

थप समाचार