मानिस तथा जनावरलाई झैँ बोटबिरुवालाई पनि खानाको आवश्यकता पर्दछ । त्यही खानाबाट बोटबिरुवाले बढ्न, हुर्कन,फल्न फुल्नको लागि १६ वटा खाद्यतत्व प्राप्तगर्दछन् । ती १६ वटा तत्वलाई नै बोटबिरुवाको लागि चाहिने खाद्यतत्व भनिन्छ ।
बोटबिरुवाले खाद्यतत्व कहाँबाट प्राप्त गर्दछ ?
बोटबिरुवाले आफूलाई चाहिने खाद्यतत्व मध्ये धेरैजसो माटोबाट र केही हावा पानीबाट प्राप्त गर्दछ ।
(क) माटोबाट प्राप्त हुने खाद्य तत्वहरु – (१) प्राथमिक खाद्य तत्व– धेरै मात्रामा चाहिने तत्वहरु ३ वटा छन् । नाईट्रोजन , फस्फोरस, पोटास
(२) सहायक खाद्य तत्व – धेरै मात्रामा चाहिन सहायक खाद्यतत्व ३ छन् ।
क्याल्सियम , म्याग्नेसियम, सल्फर (गन्धक)
(३) सक्ष्म खाद्य तत्व :
–धेरै मात्रामा चाहिन से क्ष्म खाद्यतत्व ७ वटा छन् –
(ख) हावा पानीबाट प्राप्त हुने खाद्य तत्वः यी खाद्यतत्व बिरुवालाई धेरै मात्रामा आवश्यक पर्दछ र नभई नहुने खाद्यतत्व हुन् । यी ३ वटा छन् । – अक्सिजन – हाईड्रोजन – कार्वन
खाद्यतत्वका स्रोतहरुः
खाद्यतत्वका मुख्य स्रोतहरु निम्न छन् – १) रासायनिक मलः–
यो कारखानामा उत्पादन हुन्छ । रासायनिक मल हाम्रो देशमा उत्पादन हुँदैन । विदेशी मुद्रा खर्च गरी आयात गर्नु पर्दछ । यसमा खाद्यतत्वको मात्रा बढी हुने भएकोले थोरै राखे पनि राम्रो उत्पादन लिन सकिन्छ । विभिन्न वालीको लागि फरक–फरक मात्रा चाहिन्छ ।
रासायनिक मलका प्रकार र यसमा पाइने खाद्य तत्वहरु निम्न अनुसार छन् –
(२) प्राङ्गारिक मलः
यो मल बिरुवा तथा जनावर हरुबाट निस्केको वस्तुहरु कुहिएर बनेको मल हो । यस मलमा खाद्यतत्वको मात्रा कम हुन्छ, थोरै मात्रामा भए पनि सबैतत्व बोट बिरुवालाई उपलब्ध हुन्छ। यस मलको प्रयोगबाट माटोको भौतिक तथा पौष्टिक गुणमा वृद्धि भई मोटो खुकुलो हुन्छ । यो मल बढी मात्रामा प्रयोग गर्नु पर्दछ र विस्तारै २-३ बालीलाई प्राप्त भईरहन्छ ।
(३) जीवाणु मल :
बोटविरुवालाई फाइदा गर्ने जीवाणुहरुलाई वालीनालीको जराबाट वा माटोबाट शुद्धरुपमा छुट्याई प्रयोगशालामा बढाई हुर्काई मलिलो माटोलाई उपचार गरी त्यसमा आफूलाई चाहिने जीवाणु राखी बनाइएको मललाई जीवाणु मल भनिन्छ । यो मल २ प्रकारको हुन्छ । - एजोटोव्याक्टरयुक्त जीवाणु मल - राईजोवियमयुक्त जीवाणु मल ।
(४) हरियो मलः यो मल सिंचाई भएको खेतमा धान रोप्नुभन्दा ६-७ हप्ता पहिले खेतमा उमारी (जस्तैः- हैचा) वा वन जगलका झारपात जम्मा गरी माटोमा मिलाई धान रोपाई गरिन्छ ।
(५) कम्पोष्ट मलः पात पतिङ्गर, पराल, छवाली, ढोड, खेतवारीमा गोडमेल गरेको घाँसपात, घर आँगनको फोहर मैला जम्मा गरी बनाइएको मललाई कम्पोष्ट मल भनिन्छ ।
६) एजोलाः यो एउटा पानीमा तैरिने झार हो। यो झार को तल्लो भागमा रहेको एनाविकाएजोलाई भन्ने एल्गीको सहयोगमा हावाबाट नाईट्रोजनतत्व शोपेर जम्मा गर्दछ ।
(७) पिनाः तोरीको पिना पनि मलको रुपमा प्रयोग गरिन्छ ।
एकीकृत खाद्यतत्व व्यवस्थापनः
एकीकृत खाद्यतत्व व्यवस्थापन भनेको स्थानीय स्तरमा उपलब्ध हुनसक्ने खाद्यतत्वका विभिन्न श्रोतहरुको उचित र एकीकृत रुपमा व्यवस्थापन गर्नु हो । सामाजिक, आर्थिक तथा वातावरणीय सम्भाव्यता भित्र रही स्थानीय स्तरमा उपलब्ध हुनसक्ने प्राङ्गारि एक मलहरु र रासायनिक मलखादको एकीकृत रुपमा उपयोगद्वारा वालीको उत्पादन बढाउनको साथै माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने काम नगर्दछ । वर्तमानमा र भविष्यका सन्ततीका लागि माटोको क्षमता घट्न नदिई वातावरणीय दृष्टिले अनुकूल र प्रभावकारी रुपमा बालीको उत्पादकत्व बढाउनु, सवै प्रकारका खाद्यतत्वका स्रोतहरुको एकीकृत उपयोग गर्नुनै एकीकृत खाद्यतत्व व्यवस्थापन हो । एकीकृत खाद्यतत्व व्यवस्थापनमा माटो, मल, पानी र वालीको उचित व्यवस्था मिलाई जमिनबाट बढी र भरपर्दो तरिकाले उब्जनी लिन सकिन्छ ।
एकीकृत खाद्यतत्व प्रयोग किन गर्ने ?
(क) रासायनिक वा प्राङ्गारिक मलखाद मध्ये कुनै एक मात्रको प्रयोगले हुने कमजोरीबाट छुटकारा पाउन । (ख) रासायनिक मलको अधिक उपयोगबाट पुग्ने वातावरणीय खतरालाई न्यून गर्न तथा प्राङ्गारिक मलको उचित प्रयोगद्वारा रासायनिक मलको उपयोगीता क्षमता बढाउने । (ग) कृषि उत्पादन बढाउनुका साथै भविष्यका सन्ततीका लागि वातावरण संरक्षण गर्ने ।
एकीकृत खाद्यतत्व व्यवस्थापन गर्दा अपनाउनु पर्ने विधिः
- स्थानीय वाली प्रणालीमा उपलब्ध खाद्यतत्व र प्राङ्गारिक मलका स्रोतको लेखाजोखा गर्ने । - ती स्रोतबाट उपलब्धको सरदर खाद्यतत्वको अनुमान गर्ने । - कृषकले खेतवारीको माटोको परीक्षण गरी माटोको उर्वराशक्ति पहिचान गर्ने । - कृषकको स्रोत साधन जोखिमका आधारमा उत्पादकत्व अनुमान गर्ने । - लक्ष्य अनुसारको उत्पादन लिन प्राङ्गारिक मल र रासायनिक मल एकीकृत रुपमा प्रयोग गर्ने । - मलखाद उपयुक्त समयमा ठकि मात्रामा प्रयोग गर्ने ।
Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुर