यसको वैज्ञानिक नाम Pilea cadierei हो। यो बिरुवाको उचाई लगभग २ फुटसम्म हुन्छ । यसको हरियो अण्डाकार पातमा ४ वटा केही उठेका सिल्भर कलरका
धब्बा हुन्छन् जुन झट्ट हेर्दा पेन्ट गरेको जस्तो देखिन्छ ।
यसले गर्दा यो बिरुवा निकै आकर्षक देखिन्छ । यसको लागि उपयुक्त तापक्रम १६–२४ डि।से। हो। यसले हल्का उज्यालो मन पराउँछ । यसलाई पानी दिँदा सधै चिसो हुने तर पानी नजम्ने गरी दिनु पर्दछ ।
मलखाद गर्मी मौसममा हप्ताको एक पटक तथा हिउँदमा महिनाको एकपटक दिनु पर्दछ । वर्षको एकपटक वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । हाँगाको टुप्पाको कटिङ्गबाट यसको नयाँ बिरुवा तयार गर्न सकिन्छ ।