बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको बैज्ञानिक नाम Calathea spp.  हो । यसलाई प्रेयर प्लान्ट, जेब्रा  प्लान्ट वा क्यालाथिया पनि भनिन्छ । हेर्दा यो झण्डै प्रेयर प्लान्ट जस्तै  देखिन्छ । यसका सैयौं प्रकारहरु छन् ।

यसका पातहरु ठूला र हरियो, रातो, बैजनी र सिल्भर गरी विभिन्न रङ्गमा पाइन्छन्। यसले बढी आद्रता मन पराउने भएकोले आद्रता बढाउने उपाय गर्नु पर्दछ । यसलाई उज्यालो तर सीधा घाम नलाग्ने ठाउँमा राख्नु पर्दछ । सीधा घाम प¥यो भने यसको पातको सुन्दरता बिग्रन्छ । सुख्खा बढी भयो भने सुलसुलेको प्रकोप बढ्छ । यसले अलि बढी न्यानो मन पराउँछ । यसको लागि उपयुक्त तापक्रम २१–२९ डि.से. हो ।

यसले १० डि.से. सम्मको तापक्रम पनि सहन सक्छ । तर जाडोमा पानी भने दिनु हुँदैन ।  गर्मी मौसममा ३ हप्ताको १ पटक नाइट्रोजन तत्व बढी भएको मल हाल्नु पर्दछ । जाडोमा भने मल हाल्नु पर्दैन । गमलालाई सधैं चिसो बनाइराख्नु पर्दछ र बढी आद्रता कायम राख्नु पर्दछ । यसमा प्रयोग गर्ने पानी सकभर आकाशको पानी भएमा राम्रो हुन्छ । बर्षको एकपटक वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । यसको प्रसारण गाँज फुटाएर गर्न सकिन्छ ।

Source : पुष्प विकास केन्द्र,गोदावरी 

सम्बन्धित विषय

थप समाचार