बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Philodendron spp हो। यो एराकेसीपरिवारभित्र पर्दछ । एराकेसी परिवारभित्र पर्ने एन्थुरियम प्रजाति पछिको यो सबैभन्दा ठूलो प्रजाति हो। यसको पातहरु प्रायः ठूला र किनारमा चिरिएका हुन्छन्। यसलाई हुर्काउन पनि सजिलो छ । मानिसलाई आराम महसुस हुने वातावरणमा यो सजिलै हुर्कन्छ । ग्रिक भाषामा “फिलो” को अर्थ माया र “डेन्ड्रन” को अर्थ रुख वा बिरुवा भन्ने बुझिन्छ ।

अर्थात फिलोडेन्ड्रन भन्नाले रुख मन पराउने बिरुवा भन्ने बुझिन्छ । यसको मतलब अधिकाँश फिलोडेन्ड्रनहरु रुखमा हुर्कने प्रकृतिका हुन्छन्। त्यसकारण हुर्केका फिलोडेन्ड्रनलाई पोलको सपोर्ट दिनुपर्ने हुन्छ । फिलोडेन्ड्रनको पातको रसले कतिपयलाई एलर्जि गराउन सक्छ त्यसकारण यसको रिपटिङ्ग गर्दा पञ्जा लगाउनु पर्दछ ।

यसलाई बाह्रै महिना महिनाको एकपटक मल दिनु पर्दछ । पानी हाल्दा सतहबाट १ इञ्च भित्रसम्म सुकेपछि मात्र पानी हाल्नु पर्दछ । वर्षको एकपटक रिपटिङ्ग गर्नु पर्दछ । यसको प्रसारण जरा सहित गाँज फुटाएर गर्न सकिन्छ । कतिपयको एयर लेयरिङ्ग तथा कतिपयको डाँठको टुप्पाको कटिङ्गबाट समेत गर्न सकिन्छ ।

Source : पुष्प विकास केन्द्र, पुष्प विकास केन्द्र, गोदावरी

सम्बन्धित विषय

थप समाचार