बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Dypsis  lutescens  हो। यसलाई गोल्डेन पाम, एल्लो पाम, बटरफ्लाई पाम वा बेम्बो पाम पनि भनिन्छ । झट्ट हेर्दा पार्लर पामसँग मिल्दोजुल्दो देखिन्छ । प्रकृतिमा यो ६ देखि १२ मिटरसम्म अग्लो हुन्छ ।

इन्डोरमा भने यसको उचाई २–२.५ मिटर सम्म हुन्छ । यसको एउटैफेदको भागबाट थुप्रै हाँगाहरु पलाएका हुन्छन्। हाँगाको तल्लो भाग पहेंलो वा सुन्तले रङ्गको हुन्छ । यसलाई चहकिलो अप्रत्यक्ष प्रकाश चाहिने हुनाले दक्षिण वा पश्चिमतर्फको झ्यालको नजिक राख्नु राम्रो हुन्छ । दिनको तापक्रम २४ डि.से. र रातको तापक्रम १८ डि.से. भन्दा कम नहुने ठाउँ यसको लागि उपयुक्त हुन्छ ।

यसलाई वसन्त ऋतुमा एन.पि.के.  स्लो रिलिज फर्टिलाइजर, वर्षातको समयमा शुक्ष्म तत्व युक्त मल दिनु पर्दछ र हिउँदमा कुनैपनि मलखाद प्रयोग गर्नु हुँदैन । यसको रिपटिङ्ग कार्य २ देखि ३ वर्षमा १ पटक गर्नु पर्याप्त हुन्छ । यसको प्रसारण बीउबाट गरिन्छ । फेदबाट निस्केका अफसेटहरुलाई माउबोटबाट छुट्याएर पनि यसको प्रसारण गर्न सकिन्छ ।

सम्बन्धित विषय

थप समाचार