यसको वैज्ञानिक नाम Hedera helix हो। यसलाई गमलामा, ह्याङ्गिङ बास्केटमा, बगैंचामा टोपियरीको रुपमा वा ग्राउण्ड कभरको रुपमा तथा भित्तामा क्लाइम्बरको रुपमा समेत लगाउन सकिन्छ । यसका सैयौं किसिमका जातहरु छन्। यसलाई आउटडोरमा लगाइयो भने घरको भित्तामा र रुखमा समेत चढेर दुःख दिन्छ भने इन्डोरको रुपमा लगाउने हो भने यसलाई सपोर्टको खाँचो पर्दछ ।
यसले केही चिसो हावापानी मन पराउँछ । यसको लागि उपयुक्त तापक्रम १०–२१ डि.से. हो। रातको तापक्रम दिनकोभन्दा ६ डि.से कम भएको राम्रो हुन्छ । यसलाई हिउँद महिनामा सिधा घाम नपर्ने तर उज्यालो ठाउँमा राख्नु पर्दछ । बाह्रै महिना महिनाको १ पटक nनाइट्रोजन बढी भएको मल हाल्नु पर्दछ । गमलाको पानी सुख्खा भएपछि मात्रै सिंचाई दिनु पर्दछ । गमलाको पानी निस्कने प्वालबाट जरा बाहिर निस्कन थालेपछि यसलाई रिपटिङ्ग गर्नु पर्दछ । हाँगाको टुप्पाको कटिङ्गबाट यसको नयाँ बिरुवा तयार गर्न सकिन्छ ।
Source :