बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यो गुराँस परिवारभित्रै पर्ने वनस्पति हो तर यसलाई इन्डोरमा हुर्काइन्छ । आउटडोरमा लगाउने हो भने छहारीको व्यवस्था गर्नु पर्दछ । फूल एकपटक फूलेपछि ३–४ हप्तासम्म फुलिरहन्छ ।

गमला सहितको एजेलियालाई ज्यूँदो बुकेको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।एजेलियाको उपयुक्त तापक्रम १६–२४ डि.से. हो। तापक्रम ४ हप्तासम्म १० डि.से. भन्दा कम भएमा प्रशस्त फूल फुल्ने कोपिला लाग्दछ । एजेलियालाई वर्षको दुई पटक माटो अम्लीय बनाउने खालको मलखाद हाल्नु पर्दछ ।

एजेलिया लगाएको गमलाको मिश्रणलाई सधै चिसो बनाइराख्नु पर्दछ । यसलाई हुकाउने पटिङ्ग मिश्रणमा माटो रहित ढङ्गले पिटमस, पतकर, सल्लाको बोक्राको धुलो आदि मिसाएर बनाउन सकिन्छ । माटो अम्लीय बनाउन नाइट्रोजनको लागि एमोनियम सल्फेट प्रयोग गर्नु पर्दछ । यसको प्रसारण हाँगाको टुप्पाको कटिङ्गबाट गर्न सकिन्छ ।

Source : पुष्प विकास केन्द्र, गोदावरी , ललितपुर 

सम्बन्धित विषय

थप समाचार