यसको वैज्ञानिक नाम Primula spp. हो। यसका ४२५ वटा उपजातिहरु छन्। यसका थुप्रै हाइब्रिड जातहरु पनि विकास गरिएका छन्। यसलाई उज्यालो तर सिधा घाम नपर्ने ठाउँमा हुर्काउनु पर्दछ ।
यो चिसो मन पराउने बिरुवा हो। तापक्रम १०– २१ डि.से. भएमा यसको बृद्धि राम्रो हुन्छ । यो बिरुवा लगाइएको गमलाको माटो सधैं चिसो बनाइराख्नु पर्दछ । यसको प्रसारण बीउबाट गरिन्छ ।