जेरानियमलाई पेरालगोनियम पनि भन्ने गरिन्छ । यसको वैज्ञानिक नाम Peralgonium spp हो। यसका झण्डै ३०० वटा उपजातिहरु छन्। यसका थुप्रै हाइब्रिड जातहरु पनि विकास गरिएका छन्।
यसको प्रसारण हाँगाको कटिङ्गबाट सजिलै गर्न सकिन्छ । वसन्त ऋतुमा नयाँ हाँगा पलाउन थालेपछि ६–७ से.मी. लामो टुप्पाको कटिङ्ग लिएर रुटिङ्ग मिडियामा राख्नु पर्दछ । बीउबाट पनि यसको प्रसारण गरिन्छ ।
पानीमा घुलिने मल २ हप्तामा १ पटक दिनु पर्दछ । हिउँदमा मल हाल्नु पर्दैन । यसलाई प्रत्येक वर्ष वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । यसलाई दक्षिणतिर झ्याल भएको कोठामा राख्नु पर्दछ ।दिनको ३–४ घण्टा घाम लाग्ने ठाउँमा राख्न सकेमा राम्रो फूल फुलाउन सकिन्छ ।
Source : पुष्प विकास केन्द्र, गोदावरी ललितपुर