यसको वैज्ञानिक नाम Anthurium andraeanum हो। यसलाई फ्लामिङ्गो फ्लावर पनि भनिन्छ । यसले गरम, ओसिलो र छायादार ठाउँ मन पराउँछ । चम्किलो, रङ्गिन र आकर्षक फूलको कारण यो विश्वमा नै लोकप्रिय इन्डोर बिरुवामा पर्दछ । यसलाई कटफ्लावरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
यो बिरुवा विषालु हुने भएकोले यसलाई सकेसम्म छुनुहुँदैन । छालामा यसको
रस वा पराग परेमा चिलाउने वा पोल्ने हुन सक्छ । यसको फूल एकपटक
फूलेपछि २ महिनासम्म फूलिरहन्छ । बिरुवाको उचाई १ देखि १.५ फुटसम्म
हुन्छ । फूलको रङ्ग सेतो, सुन्तले र गुलाबी हुन्छ । यो बिरुवालाई बढीओसिलोपना भएकोले यो लगाएको गमलालाई चिसो गिटीहरु राखिएको ट्रेमाथि राख्नु पर्दछ । यसको पातलाई चम्किलो बनाइराख्न बेलाबेलामा चिसो कपडाले पात पुछिदिनु पर्दछ ।
यसलाई सोझै घाम नलाग्ने तर उज्यालो ठाउँमा राख्नु पर्दछ । बढी अँध्यारो ठाउँमा राखेमा फूल फूल्दैन । तापक्रम १८–२७० से. उपयुक्त हुन्छ । गमलाको माटो सधै चिसो बनाइराख्नु पर्दछ । प्रत्येक वर्ष चैत्र बैशाख महिनामा यसलाई रिपटिङ्ग गर्नु पर्दछ । रिपटिङ्ग गर्दा गानो माटोको सतहमुनि पर्ने गरी छोप्नु पर्दछ । यसको गानो छुट्याएर नयाँ बिरुवा तयार गर्न सकिन्छ ।
रिपटिङ्ग गर्ने बेलामा मूख्य गानोबाट १ इञ्चभन्दा टाढा नयाँ क्राउन बनेको छ भने त्यसलाई छुट्याएर नयाँ गमलामा सार्नु पर्दछ । यसरी तयार गरिएको नयाँ बिरुवामा १ वर्षपछि फूल फुल्दछ । यसलाई फस्फोरसयुक्त मल बढी चाहिने हुनाले ६ हप्तामा एकपटक १९ः१९ः१९ १ ग्राम प्रति लिटर पानीमा मिसाएर हाल्ने र ४ हप्तामा एक पटक डि.ए.पी को १–२ दाना प्रति बोटको दरले हाल्न सकिन्छ ।
Source :