परिचय :
यो फूल संसारभरी नै पाउन सकिन्छ । हाल यसका २०० प्रजातीहरु विकसित भएका छन् । यस फूल को बोटको उचाइ ३० देखि ६० से.मी. सम्मको हुन्छ र हाँगाको फैलावट २२ देखि ३८ से.मी रहेको हुन्छ । पातहरु जमीनको सतहमा फैलिएर रहेको हुन्छ । पातहरु खण्ड खण्ड परेका र किनारामा मैन दलेको जस्तो देखिने हुन्छ । फूलको रंग Orange, Yellow, Blue, Violet, White, pink आदि रहेका छन् । फूलको बनोट हेर्दा कागजको जस्तो देखिने खालको हुन्छ र भालेको सिउर जस्तो झुप्पा झुप्पा परेको हुन्छ । फूल सोली आकारका साना साना हुन्छन् । यो फूलको खेती green house भित्र र खुला जग्गामा पनि गर्न सकिन्छ ।
Botanical family : Plumbaginaceae
Genus : Limonium
Species : Sinuatum
Common name : Statice
उत्पति : भूमध्यसागरीय क्षेत्र ।
प्रयोग :
कट प्लावर :
बन्च तथा ब्यांकेटहरु बनाउने क्रममा फिलरको रुपमा प्रयोग गरिन्छ । यसको प्रयोग बाट बन्च तथा ब्यांकेटहरुको शोभा बढाउनुका साथै अति नै आकर्षक र मूल्यबान बनाइ दिन्छ ।
ड्राइ प्लावर :
यो फूललाई काटेर सुकाएर राख्न पनि सकिने हुँदा हिउँद र अभावको समयमा प्रयोग गर्न सकिन्छ । साथै कमतौल र उच्च मूल्यवान बालीको रुपमा लामो दुरी सम्म पनि ब्यापार गर्न सकिन्छ ।
बगैंचा सजावट:
बगैंचाका क्यारीहरुमा यो फूलका बिभिन्न रंगका बोटहरु मिलाएर रोप्दा बगैंचा अति सुन्दर देखिन्छ । आवश्यकता अनुसार गमलामा वा पोलीपटमा रोपेर पनि फूलाउन सकिन्छ ।
बिरुवा प्रसारण :
क) बीउबाट :
यो खेती ग्रिनहाउस भित्र र बाहिर खुल्ला जग्गामा पनि गर्न सकिन्छ । खुल्ला
जग्गामा सिधै बीउ रोपेर पनि खेती गर्न सकिन्छ भने नर्सरी व्याडमा बेर्ना तयार
गरेर पनि सार्न सकिन्छ ।
ख) टिस्युकल्चर प्रविधिबाट :
यो प्रविधिबाट एकै पटकमा धेरै संख्यामा बिरुवा उत्पादन गर्न सकिन्छ । यसरी टिस्युकल्चर प्रविधिबाट तयार गरि एका बिरुवाहरु ग्रिनहाउस भित्र लगाउनु पर्दछ । किनकि यो बिरुवा धेरै मूल्यवान हुने हुँदा यस्ता बिरुवा खुल्ला जमीनमा रोप्दा केही गरी बिरुवा मर्न गएमा व्यवसायीले ठुलो घाटा व्यहोर्नु पर्ने हुन्छ ।
ग) सकर : छाउरा वा बोटको फेदबाट पलाएर आएका साना बेर्ना सारेर : यस प्रविधिबाट धेरै बिरुवा तयार गर्न सकिंदैन । केबल लाइनमा रोपेका बिरुवाहरु कहिलेकाहिं मरेर खाली हुने गएको ठाउँमा ग्याप फिलिङ्ग गर्ने कार्य यस तरिकाबाट गर्न सकिन्छ ।
बिरुवा रोप्ने तरिकाः
- खुला जमीनमा सिधै बीउ छर्ने अथवा नर्सरी व्याठमा बेर्ना तयार गरेर रोप्ने ।
- ग्रिनहाउसमा बिरुवा सार्ने ।
तापक्रम :
- यो फूलको खेती गर्नको लागि १२ देखि २५ डिग्री से. सम्मको तापक्रम उपयुक्त मानिन्छ ।
- दिनको औषत तापक्रम २२ देखि २५ डिग्री से र रातको तापक्रम १२ देखि १६ डिग्री से. गुणस्तरीय फूल उत्पादनका लागि उपयुक्त तापक्रम मानिन्छ ।
ग्रिनहाउस भित्र खेती गर्नका लागि
- अति उत्तम तापक्रम १५—२० डिग्री से.
- न्युनतम ८—१० डिग्री से.
- अधिकतम २५ डिग्री से.
- फूल फुल्ने समयमा ४—५ हप्ता जतीको तापक्रम ८—१० डिग्री से. भएमा फूलको उत्पादनमा बृद्धिहुन्छ ।
- तापक्रमको घटी वा बढीका कारणबाट Vernalization tyf Devernalization ल भन्ने प्रक्रिया शुरु हुन थाल्दछ ।
- फूलको बोटका सबै भागहरु नियमित रुपमा विकास भइ फूल फुल्ने प्रकृयालाइ Vernalization ल भनिन्छ भनेफूललको बोटको अन्य भागको विकास नभइ केबल पातको संख्यामा मात्र वृद्धि हुने प्रकृयालाई Devernalizatio भनिन्छ ।
devernalization कस्तो अवस्थामा हुन्छ ?
- जब दिनको तापक्रम २५ डिग्री से. भन्दामाथि जान्छ त्यो बेलामा ।
- जब दिन र रातको तापक्रमको फरक २—३ हप्ता सम्म १० डिग्री से भन्दा कम हुन जान्छ त्यो बेलामा पनि devernalization हुन्छ । तर कुनै बोटमा १५ वटा भन्दा बढि पात बिकसित भइसकेको अवस्था छ भने त्यस समयमा उच्च तापक्रमले खासै असर गदैर्न ।
devernalized बिरुवा फेरी vernalize हुन्छ :
- जब दिन र रातको तापक्रम को फरक बढ्दै जान्छ, र १० डिग्री से भन्दा बढि फरक हुन थाल्दछ त्यो अवस्थामा devernalize भएको बिरुवामा पुनः नियमित प्रक्रिया शुरु भई फूल फुल्न थाल्दछ । त्यसले गर्दा यो फूलमा तापक्रमको अति नै ठुलो महत्व रहेको छ ।
आद्र्रता :
- बोट बढ्ने बेलामा ८० देखि ८५% र फुल्ने समयमा ५० देखि ६० % उपयुक्त मानिन्छ । यसलाई सुख्खा मन पराउने बाली भनेर चिनिन्छ ।
- त्यसले गर्दा पानी निकासको लागि अति नै राम्रो व्यवस्था मिलाउनु पर्दछ ।
माटो :
हल्का बलौटे दोमट यस बालीको लागि राम्रो मानिन्छ । कडा चिम्टिलो माटो बाहेकका अन्य माटोमा खेती गर्न सकिन्छ । यसको जरा धेरै गहिरो ६०—१०० सेमी सम्म जान्छ । त्यसैले गर्दा सम्भव भएसम्म दो मट माटो भएको जग्गा छान्नु पर्दछ । माटोको पिएच ५.५ देखि ६.५ भएको जग्गा उपयुक्त हुन्छ ।
जातहरु :
- यस फूलको जातका ३ वटा series रहेका छन् । जस्तैः Pastel, Sunday, Wing
रोप्ने समय :
- मंसिर / पौष
- फागुन / चैत्र
- जेष्ठ / आषाढ
जग्गा तयारी :
- राम्रोसंग खनजोत गरी माटो उपचार गर्ने ।
- नानो सिल्भर हाइड्रोजन पेरोअक्साइड (सिल्भोक्स) ३५ मिली प्रति लिटर पानीका दरले घोल बनाई १ लिटर प्रति बर्ग मिटरका दरले माटोमा मिसाइ माटोलाई राम्रोसंग चलाउनु पर्दछ ।
- फर्मालिन झोल १० मिलि प्रति लिटर पानीका दरले मिसाएर बनाएको घोल १ लि.प्रति बर्ग मिटरका दरले माटो भिजाउने र प्वाल नपरेको सेतो प्लाष्टिकले राम्रोसंग २—३ दिन ढाकेर राख्ने र प्लाष्टिक निकालेपछि माटोलाई राम्रोसंग खनजोत गरी केहि
दिन पछि मात्र बिरुवा रोप्नु पर्दछ ।
रोप्ने दुरी :
- डयाङ्गको चौडाइ : १ मी र प्रति डयाङ्ग २ लाईन बनाउने ।
- लम्बाइ : आवश्यकतानुसार
- उचाइ : ३०—४५ से मी
- दुइ डयाङ्गको बिचमा : ४०—५० से मीको कुलेसो बनाउनु पर्दछ ।
- एक बोट देखि अर्काे बोटको दुरी ३० सेमी
- एक लाइन देखिअर्काे लाइन बिचको दुरी ६० सेमी
रोप्ने तरिका :
टिस्युकल्चर प्रविधिबाट तयार गरिएको बिरुवा रोप्दा एगिनक (कोकोपिट सहितको बिरुवा भएको सानो डल्ला) को ४ भाग मध्ये ३ भाग माटोले पुर्ने १ भाग माटो बाहिरै राख्ने । किनकि बिरुवाको नयाँ मुना पलाउने आँखा घाममा देखिनु पर्दछ । अन्यथा बिरुवामा गाँज हाल्न समस्या हुने वा बिरुवा नै मर्न पनि सक्दछ ।
मलखाद :
- यो अरु फूलको तुलनामा कम मल चाहिने बाली हो ।
- गोबर कम्पोष्ट : १५० — २०० केजी प्रति १०० बर्ग मिटर
- टीएसपी : ३—५ केजीप्रति १०० बर्ग मिटर
- म्याग्नेसियम सल्फेट : ३—५ केजी प्रति १०० बर्ग मिटर
- सल्फेट अफ पोटास म्याग्नेसियम ३—५ केजीप्रति १०० बर्ग मिटर
टपड्रेसिङ्ग गर्ने मलखाद :
- पहिलो लटको फूल काटीसके पछि : ल्उप झोल मल १५—१५—१५
- १० दिन पछि १५—१५—१०
- फेरी १० दिन पछि १५—१५—१० को अनुपातमा तयार गरिएको मल झोल मल भएमा १.५ मिलि वा दाना भएमा १.५ ग्राम प्रति लिटर पानीका दरले मिलाएर दिनु पर्दछ ।
सिंचाइ :
सफल बाली लिनका लागि सिंचाइ व्यवस्थापन अति नै महत्वपूर्ण छ । सुरुमा sprinkal वा हजारीका माध्यमबाट हल्का सिंचाइ गर्नु पर्दछ । बोटको विकास भइसके पछि drip irrigation गर्नु पर्दछ । जब कोपिला लाग्न सुरु गर्छ त्यस पछि कोपिलामा पानी पार्न हुँदैन । यदि पानी परेमा बोटाइटिस भन्ने रोग लाग्दछ ।
फूल टिपाइ :
जब बाहिर तर्फका रंगिन पत्रदलहरु राम्रोसंग खुलि सकेका हुन्छन् वा ९० प्रतिशत फूल फक्रिसकेपछि मात्र फूल काट्नु पर्दछ । रोपेको ३—४ महिना भित्र पहिलो कटाइ गर्न सकिन्छ । फूल बिहान वा साँझपख मात्र काट्ने गर्नु पर्दछ ।
उत्पादन :
जात र सिजन अनुसार १२—२५ स्टिक प्रति बोट प्रति सिजन
प्याकेजिङ :
फूलको तातोपन हटिसकेपछि मात्र ५÷५ वटा वा १०÷१० वटा स्टिकका मुठा बनाइ कार्टुन वा बाकसमा प्याकिङ्ग गर्नु पर्दछ ।
Source : PBK , Godawari