बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

वैज्ञानिक नाम :  एस्क्लेपियास कुरासाभिका (  Asclepias curassavica L.) 
वनस्पति परिवार : एपोसाइनेसी (Apocynaceae)
नेपाली नाम :  माछा फूल 
संस्कृत नाम :  भारद्वाजी

अंग्रेजी नाम : Tropical milk weed, Blood flower, Cotton bush

वानस्पतिक विवरण : 

यो सदाबहार हरियो रहिरहने करिब एक मिटरसम्म अग्लो हुने सानो  झाडीदार वनस्पति प्रजाति हो । यसको पहेलो खैरो रंगको मसिनो काण्ड हुन्छ । यसका
पातहरु डाँठबाट एक अर्काको विपरित दिशामा लागेका हुन्छन् । पात तथा डाँठ कोट्याउँदा सेतो चोप निस्कन्छ ।

machaha.jfif
undefined

झुप्पा आकृतिमा यसका फूल हरु १० देखि २० सम्म एउटै ठाउँमा  लागेका हुन्छन् । यसको फूल  रातो–पहेँलो  –सुन्तला रंगको हुन्छ । कोसा आकृतिको फल  लाग्दछ र बीउमा कपास जस्तो भुवा लागेको हुन्छ । प्राकृतिक वासस्थान यो प्रजाति खुल्ला ठाउँमा पाइन्छ ।

फूल  लाग्ने समय फाल्गुण – चैत्र
फल लाग्ने समय भाद्र – आश्विन

भौगोलिक वितरण उत्तर अमेरिका देखि दक्षिण अमेरिका सम्म पाइन्छ । नेपालमा समुद्री सतहबाट २०० मिटर देखि १५०० मिटर सम्मको उचाइ सम्म पाइन्छ ।
पाल्पा सिद्धबाबा धामको पछाडिपट्टिको भू–भागमा पाइन्छ ।

उपयोगिता : 

यो प्रजाति आलङ्कारिक बिरुवाको रुपमा घर आँगन र उद्यानहरुमा रोपण
गरेको पाइन्छ । 

Source : वनस्पति विभाग , थापाथलि 

सम्बन्धित विषय

थप समाचार