वैज्ञानिक नाम : एसिस्टासिया मेक्रोकार्पा
Asystasia macrocarpa Nee
वनस्पति परिवार : आकान्थेसी (Acanthaceae)
नेपाली नाम : वनलरी फूल
वानस्पतिक विवरण
यो सानो झाडीदार वनस्पति प्रजाति हो । पातहरु डाँठमा एक अर्काका विपरित दिशामा लागेका हुन्छन् । पातको किनारा सिधा हुन्छ । सेतो हल्का प्याजी रंगका
फूल(हरु लाग्दछन् । लाम्चा आकृतिका फल भित्र २ देखि ४ वटा सम्म बीउ लागेका हुन्छन् । प्राकृतिक वासस्थान यो झाडीदार वनस्पति प्रजातिहरुको वाहुल्य भएको खुल्ला ठाउँमा पाइन्छ ।
फूल लाग्ने समय माघ – चैत्र
फल लाग्ने समय चैत्र – बैशाख
भौगोलिक वितरण हिमालयको उष्ण क्षेत्रमा पाइन्छ । नेपालमा समुद्री सतहबाट ३०० मिटर देखि २१०० मिटर सम्मको उचाइमा मध्य देखि पूर्वी भू–भाग सम्म पाइन्छ ।
उद्यान क्षेत्रको पावरहाउसको हेडवक्स आसपासका क्षेत्रमा पाइन्छ ।
उपयोगिता :
यो प्रजाति आलङ्कारिक बिरुवाको रुपमा घर आँगन र उद्यानहरुमा रोपण
गरेको पाइन्छ ।
Source : वनस्पति विभाग, विकिपिडिया